समाचार

वीरगञ्जमा हट्यो निषेधाज्ञा

वीरगञ्जमा हट्यो निषेधाज्ञा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँजिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओं) भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो । उनले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदङ्गा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए । सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेसँगै केही दिनदेखि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घसंस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।आन्दोलन स्थगित भएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात सेवा पुनः नियमित बन्दै गएको छ । ...
नगदी कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान, करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा

नगदी कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान, करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो।विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन्।“हामीले प्राइज डट आइआरडी डट जीओभी डट एनपि (prize.ird.gov.np) नामक नयाँ वेबसाइट शनिबारदेखि सञ्चालनमा ल्याएका छौँ,” उपमहानिर्देशक शर्माले भने, “नगद भुक्तानी गरी स्व-प्रयोजनका लागि नेपालभित्र एक पटकमा रु. १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने बीजक लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्नुहुन्छ।” क्यूआरमार्फत गरिने कारोबार प्रणाल...
फर्निचर ब्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा पुन: सुरेन्द्र ज्ञवाली

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा पुन: सुरेन्द्र ज्ञवाली

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय समिति, लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनबाट सुरेन्द्र ज्ञवालीको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएका छन। शनिबार बुटवलमा भएको अधिवेसनबाट महासंघको उपाध्यक्ष भुन बहादुर कुवर मगर, सचिव काशीराम पोखरेल, कोषाध्यक्ष अग्नी कुमार अग्रहरी तथा सदस्यहरुमा मदन कृष्ण आचार्य, सन्दिप ढुगाना सर्वसम्मत निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत ओम बहादुर बस्नेत छन।कार्यक्रमको एक समारोहका बिच नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेश कुमार अग्रवालले उद्घाटन गर्दै सागठनिक रुपमा सबल बनाउने र प्रदेश संरचनालाई स्वयक्त बनाउने गरि विधान संसोधनको प्रक्रियामा रहेको बताए। संघको आवश्यकता किन छ भन्ने बुझाउदै बढिभन्दा बढि जिल्लालाई समेट्न उनले आग्रह गरे।कार्यक्रममा केन्द्रिय महासचिव सुबेन्द्र जोशी...
ग्यासको आपूर्ति नियमित छ, अभाव छैन- निगम

ग्यासको आपूर्ति नियमित छ, अभाव छैन- निगम

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ । निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान ११ः०० देखि अपराह्न ५ः०० बजेसम्म १४ दशमलव दुई केजीका ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन् । गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ । उद्योगीले यही साउन १ गतेदेखि १५ गतेसम्म २६ दशमलव पाँच मेट्रिकटन ग्यास आयात गरेका छन् ।“ग्यासको अभाव होइन, मागअनुसारको ग्यास आपूर्ति भइरहेको छ, सात दशमलव एक किलो ग्यास भएको सिलिण्डरबाट १४ दशमलव दुई किलोमा ‘स्वीच’ हुँदा तत्काल समस्...
युरोपको सपना एकै रातमा टुट्यो -समुद्र तरेर स्पेन पुगेका हजारौं फर्किए

युरोपको सपना एकै रातमा टुट्यो -समुद्र तरेर स्पेन पुगेका हजारौं फर्किए

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँयुरोप‘साँच्चै भन्नुपर्दा, म किन आएँ भन्ने पनि अहिले थाहा छैन। अब म फर्किरहेको छु। हिजो दिउँसोदेखि केही खाएको छैन। पैसा ल्याएको थिएँ, तर पनि खान पाइएन।हामीले जे गरिरहेका छौं, त्यो न राम्रो छ, न रमाइलो।’ मोरक्कोको ट्याङ्जियरका एक युवाले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग भनेका यी शब्दहरूले अहिलेको सेउटा संकटको सबैभन्दा ठूलो विडम्बना बयान गर्छन्। केही घण्टाअघि मात्रै युरोप पुग्ने आशामा समुद्रमा हाम फालेर स्पेनको स्वायत्त सहर सेउटा पुगेका हजारौं मानिस अहिले त्यही बाटो हुँदै निराश भएर मोरक्को फर्किरहेका छन्।बिहीबार बिहानदेखि सुरु भएको यो अभूतपूर्व आप्रवासी लहरमा स्पेनको गृह मन्त्रालयका अनुसार करिब ५० हजार मानिस सेउटा प्रवेश गरेका थिए। तर शुक्रबार साँझसम्म तीमध्ये ४८ हजार ३ सयभन्दा बढी स्वेच्छाले मोरक्को फर्किएको मन्त्रालयले जनाएको छ ।अहिले सेउटामा दुई हजारभन्दा कम मानिस मा...
सर्वपक्षीय सक्रियतापछि तराई–मधेशको तनाव साम्य हुँदै

सर्वपक्षीय सक्रियतापछि तराई–मधेशको तनाव साम्य हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघसंस्था र जिल्लास्थित स्थानीय समुदायबीच सद्‍भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई/मधेशमा देखिएको तनाव साम्य हुँदै गएको छ । सुनसरी, सिरहा, सप्तरी र धनुषामा कर्फ्यु र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढाएको छ । प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेशमा उच्च अधिकृतहरूलाई नै खटाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सबै पक्षको अपिल र सद्‍भावको पहलपछि मधेशको परिस्थिति साम्य हुँदै गएको छ । ‘शान्ति र सद्‍भावमा असर पुर्‍याउन खोज्ने ३८ जनालाई कोशी र मधेशबाट नियन्त्रणमा लिएका छौं,’ हाल सप्तरीमा खटिएका काफ्लेले भने, ‘निगरानीका लागि सादा पोसाकमा टोली खटाएका छौं, ड्रोनबाट समेत निगरानी भइरहेको छ ।’गृहमन्त्...
कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा कडा निन्दा

कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा कडा निन्दा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँनेपाल सरकारले उत्तरी कुवेतमा भएको आक्रमणमा एक निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सर्वसाधारण नागरिकलाई लक्षित गरी गरिएको यस्तो अन्धाधुन्ध आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको हो । मन्त्रालयले सम्बन्धित सबै पक्षलाई संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न, उच्चतम संयमता अपनाउन तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, मन्त्रालयले सबै परिस्थितिमा जेनेभा महासन्धि तथा अन्तर्राष्ट्रिय मानवीय कानुनका प्रचलित व्यवस्थाको पूर्ण सम्मान र कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, मृतकको शव यथाशीघ्र स्वदेश...
रुपन्देहीबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

रुपन्देहीबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ बाट प्रहरीले ठूलो परिमाणको नक्कली भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। नक्कली भारतीय नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले साउन १४ गते राति ९ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर सोहरतगढ बस्ने २१ वर्षीय अभिषेक कसौधन र भारतको महाराष्ट्र बस्ने २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ५०० दरका १४० थान (७० हजार) नक्कली भारतीय रुपैयाँ, विभिन्न कम्पनीका २ थान मोबाइल र २ थान भारतीय आधार कार्ड बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रु...
भ्रम फैलाउने फेसबुक पेजमाथि कडाइ, नागरिक कति सचेत र मिडिया कति जिम्मेवार ?

भ्रम फैलाउने फेसबुक पेजमाथि कडाइ, नागरिक कति सचेत र मिडिया कति जिम्मेवार ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसामाजिक सञ्जाल र केही डिजिटल सञ्चारमाध्यमले धार्मिक-सामाजिक सद्भाव भड्काउने तथा त्रास फैलाउने भ्रामक सामग्री सम्प्रेषण गरेपछि प्रेस काउन्सिल नेपालले कारबाही थालेको छ । अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढाउँदै काउन्सिलले अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचारसमेत गरेको छ । काउन्सिलले हालै सार्वजनिक गरेको मिडिया अनुगमन विवरणअनुसार सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने ११ वटा मिडियाका १४ वटा आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिइएको थियो । काउन्सिलको कडा निर्देशनपछि तीमध्ये १० वटा सञ्चारमाध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन् । तर, ‘एचटीपी खबर’ नामक अनलाइनले भने नियामक निकायको निर्देशनलाई अटेर गर्दै सामग्री नहटाएपछि थप कारबाहीको प्रक्रिया अघि बढाइएको काउन्...
सामाजिक सद्‌भाव खलबल्याएको आरोपमा मधेशका पाँच जिल्लामा ३६ जना पक्राउ

सामाजिक सद्‌भाव खलबल्याएको आरोपमा मधेशका पाँच जिल्लामा ३६ जना पक्राउ

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल प्रहरीले मधेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३६ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषामा १९ जना छन् । यस्तै, सर्लाहीमा ९, सिरहामा ५, महोत्तरीमा २ र पर्सामा एक जना पक्राउ परेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । ...