सर्वपक्षीय सक्रियतापछि तराई–मधेशको तनाव साम्य हुँदै



काठमाडौँ
सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघसंस्था र जिल्लास्थित स्थानीय समुदायबीच सद्‍भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई/मधेशमा देखिएको तनाव साम्य हुँदै गएको छ । सुनसरी, सिरहा, सप्तरी र धनुषामा कर्फ्यु र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढाएको छ ।

प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेशमा उच्च अधिकृतहरूलाई नै खटाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सबै पक्षको अपिल र सद्‍भावको पहलपछि मधेशको परिस्थिति साम्य हुँदै गएको छ । ‘शान्ति र सद्‍भावमा असर पुर्‍याउन खोज्ने ३८ जनालाई कोशी र मधेशबाट नियन्त्रणमा लिएका छौं,’ हाल सप्तरीमा खटिएका काफ्लेले भने, ‘निगरानीका लागि सादा पोसाकमा टोली खटाएका छौं, ड्रोनबाट समेत निगरानी भइरहेको छ ।’
गृहमन्त्री सुधन गुरुङले सुनसरी र सिरहामा पीडित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहोल शान्त बन्दै गएको उनले बताए । गृहमन्त्री गुरुङले बिहीबार राति नै पीडित परिवारलाई भेटेर सहमति गरेका थिए । तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री वालेन्द्र शाहले पनि शुक्रबार तराई–मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले तराईमा देखिएको संवेदनशीलतालाई समाधान गर्दै सामाजिक सद्‍भाव बढाउन सरकार निरन्तर लागिपरेको जानकारी गराएका छन् ।

छुटाउनुभयो कि ?

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

बुटवललुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले विद्युतीय व्यवसायीको संस्था र दृष्टिकोण सुन्दा र देख्दा खुसी लाग...
आज संविधान दिवस मनाइँदै

आज संविधान दिवस मनाइँदै

काठमाडौंआज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्द...
१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

काठमाडौंसरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको...
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

काठमाडौंभदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षणका लागि सरकारले राज...