युरोपको सपना एकै रातमा टुट्यो -समुद्र तरेर स्पेन पुगेका हजारौं फर्किए



काठमाडौँ
युरोप‘साँच्चै भन्नुपर्दा, म किन आएँ भन्ने पनि अहिले थाहा छैन। अब म फर्किरहेको छु। हिजो दिउँसोदेखि केही खाएको छैन। पैसा ल्याएको थिएँ, तर पनि खान पाइएन।हामीले जे गरिरहेका छौं, त्यो न राम्रो छ, न रमाइलो।’

मोरक्कोको ट्याङ्जियरका एक युवाले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग भनेका यी शब्दहरूले अहिलेको सेउटा संकटको सबैभन्दा ठूलो विडम्बना बयान गर्छन्। केही घण्टाअघि मात्रै युरोप पुग्ने आशामा समुद्रमा हाम फालेर स्पेनको स्वायत्त सहर सेउटा पुगेका हजारौं मानिस अहिले त्यही बाटो हुँदै निराश भएर मोरक्को फर्किरहेका छन्।
बिहीबार बिहानदेखि सुरु भएको यो अभूतपूर्व आप्रवासी लहरमा स्पेनको गृह मन्त्रालयका अनुसार करिब ५० हजार मानिस सेउटा प्रवेश गरेका थिए। तर शुक्रबार साँझसम्म तीमध्ये ४८ हजार ३ सयभन्दा बढी स्वेच्छाले मोरक्को फर्किएको मन्त्रालयले जनाएको छ ।
अहिले सेउटामा दुई हजारभन्दा कम मानिस मात्र बाँकी रहेको स्पेन सरकारको दाबी छ।तर प्रश्न यहींबाट सुरु हुन्छ-युरोप पुग्ने सपना बोकेर समुद्र तरेका हजारौं मानिस केही घण्टामै फर्किए ।

छुटाउनुभयो कि ?

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

बुटवललुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले विद्युतीय व्यवसायीको संस्था र दृष्टिकोण सुन्दा र देख्दा खुसी लाग...
आज संविधान दिवस मनाइँदै

आज संविधान दिवस मनाइँदै

काठमाडौंआज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्द...
१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

काठमाडौंसरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको...
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

काठमाडौंभदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षणका लागि सरकारले राज...