समाचार

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले फूलपाती भित्र्याउने तथा श्री तुलजाभवानी यात्रासहितका धार्मिक विधि हुनेछन् । सो दिन श्री तुलजाभवानी यात्राका लागि बिहान ७: ३० बजे र स्थिरासनका लागि बिहान १०: ३२ बजेको समय निर्धारण गरिएको समितिले जानकारी दिएको छ ...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन । बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यसपर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुद बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए । बडादसैँले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्धत पु¥याएको उनको भनाइ छ । राष्ट्रपति पौडेलले विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराउँदै दसैँ अन्याय...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई उनीहरुले राजीनामा बुझाएका हुन् । एमालेबाट सरकारमा सहभागी भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले मुख्यमन्त्री यादवसमक्ष आ–आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।योसँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । ...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा गर्ने वैदिक सनातन परम्परा छ। यस अवसरमा देशभरका दसैँघर, पूजाकोठा तथा देवी मन्दिरमा बिहानैदेखि विशेष पूजा–आराधना गरिँदै छ।पौराणिक मान्यताअनुसार कात्यायन ऋषिको तपस्याबाट प्रसन्न भई देवीले उनकी पुत्रीका रूपमा जन्म लिएकाले कात्यायनी नाम रहन गएको हो। देवीलाई शक्ति, साहस र दुष्ट शक्तिमाथि विजयको प्रतीकका रूपमा पूजा गर्ने गरिन्छ।कात्यायनी देवीलाई सिंहवाहिनी तथा चार हात भएकी देवीका रूपमा चित्रण गरिन्छ। उनका हातमा खड्ग र कमल रहने तथा अन्य दुई हात अभय र वरद मुद्रामा रहने धार्मिक वर्णन पाइन्छ। यस वर्ष असोज २५ गते आइतबार घटस्थापनासँगै सुरु भएको नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी,...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, एआईबाटै नक्कली आवाज र भिडियो बनाएर भ्रम फैलाउने घटना पनि सार्वजनिक भइरहेका छन् । यस्तोमा कुनै अडियो सक्कली हो कि एआईबाट बनाइएको हो भनेर कसरी छुट्याउने ? नेपाली भाषामा एआईले कति विश्वसनीय रूपमा आवाजको नक्कल गर्न सक्छ ? पछिल्ला दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले एक महिलालाई प्रयोग गरेको भनिएको अपशब्द र अपमानजनक धम्कीको अडियो केही सञ्चारमाध्यममा सार्वजनिक गरिएसँगै एआई भ्वाइस क्लोनिङको बहस फेरि सतहमा आएको छ । बोलिएको आवाज सक्कली हो कि एआईबाट निर्मित हो भनेर पहिचान गर्न सकिन्छ कि सकिँदैन ? के एआई प्लाटफर्महरू नेपाली भाषाका अपशब्द, अपमानजनक वाक्य, लवजसहित हुबहु उतार्न सक्ने गरी परिष्कृत भइसकेका हुन् भन्ने जिज्ञासा पनि चुलिएको छ । यसबारे हामीले ...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, समाचार, समाज
बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिमा मुद्रास्फीति ६.३४ प्रतिशतमा पुगेको उल्लेख गरेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत रहेको थियो ।यो अवधिमा सबैभन्दा धेरै महँगी खाद्य तथा पेय पदार्थमा देखिएको छ । यो समूहको मुद्रास्फीति ७.५४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको थियो ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत, चिनी तथा चि...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने स्पष्ट पारेको छ। संविधानको अनुसूची ५ देखि ९ सम्म तीनै तहको एकल र साझा अधिकार सूचीहरू तोकिएका छन्। तर, संघीय सरकारले समयमै आवश्यक छाता कानुनहरू निर्माण नगर्दा र पुराना केही एकात्मक प्रकृतिका ऐनहरू संशोधन नगर्दा तीनै तहका सरकारबीच अधिकार क्षेत्रलाई लिएर व्यापक नीतिगत र कानुनी द्वन्द्व (बाझिने अवस्था) सिर्जना भएको छ।तीनै तहका सरकारबीच मुख्य रूपमा बाझिएका र विवादित बनेका महत्वपूर्ण ऐन तथा कानुनहरू निम्नानुसार छन्:१. शिक्षा ऐन, २०२८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४-बाझिएको विषय: संविधानको अनुसूची ८ ले माध्यमिक शिक्षा (कक्षा १२ सम्म) को व्यवस्थापन पूर्ण रूपमा स्थानीय तहको एकल अधिकारभित्र राखेको छ। सोही अनुरूप स्थानीय सर...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् । तर उनको विगत पटक पटक यस्ता विवादमा पर्दै आएका छन् । एक महिलामाथि हिंसा गरेको, ज्यान मार्नेसम्मको धम्की दिएको, अपशब्द बोलेको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् । सांसद सुनारको बालेको दाबी गर्दै जनआस्था साप्ताहिकको अनलाइन संस्करणले सार्वजनिक गरेको उक्त अडियोले सुनारमाथि नैतिक प्रश्न उठाएको छ ।सार्वजनिक अडियो र त्यहाँ संवाद गरिएकी महिलासँगको सम्बन्ध तथा हिंसाको विषय पुरानो रहेको देखिन्छ । अडियो सार्वजनिक भएपछि यसबारे बुझ्दै जाँदा सांसद सुनार केही पहिले प्रहरी हिरासत पुगेको समेत भेटिएको छ ।स्रोतका अनुसार सार्वजनिक अडियोमा बोलेकी महिला विवादमा तानिएका सुनारलाई भेट्न त्यतिबेला प्रहरी वृत्त स्वम्भूको हिरासत पुगेकी थिइन् ।२०७८ ताका ती महिला सीतापाइला क्...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् । शिव (कल्याण) तत्व युक्त, आनन्दमय, सदैव शान्त यी देवी इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिकी समागम हुन् । जब इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको मिलन शिव तत्वसँग हुन्छ भने त्यहाँ स्कन्दको जन्म हुन्छ । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्न सकिन्छ । उनलाई हामी क्रियात्मक ज्ञान अथवा सही ज्ञानबाट प्रेरित क्रिया, कर्म समेत भन्न सक्दछौं ।ध...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरिएको खुलासा भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानका क्रममा परीक्षाको नतिजामा केरमेट तथा थपघट गरी झुट्टा विवरण तयार पारेर लाइसेन्स जारी गरिएको पाइएको हो।आयोगका अनुसार २०७८ साल असार ११ गते सञ्चालन भएको लिखित परीक्षा र असार १४ गते लिइएको प्रयोगात्मक परीक्षा (ट्रायल) को नतिजामा अनधिकृत रूपमा हेरफेर गरिएको थियो। परीक्षासम्बन्धी अभिलेखमा केरमेट गर्ने, विवरण थपघट गर्ने तथा नतिजा सच्याउने काम गरी अनुत्तीर्ण व्यक्तिलाई समेत उत्तीर्ण देखाएर लाइसेन्स जारी गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। यसरी परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई ‘जे–१’ र ‘जे–२’ वर्गका सवारी चालक अनुमतिपत्र जारी गरिएको पाइएको हो। गैरक...