उद्योग वाणिज्य संघको ७३औं स्थापना दिवस सम्पन्न: मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको ठहर
बुटवलबुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवसको अवसरमा आईतबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै वक्ताहरुले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको वताएका छन्।कार्यक्रममा वोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेपनि राज्य औद्योगिक विकासमा गम्भिर नभएको र दीर्घकालिन सोंच बिचार समेत नगरेका कारण मुलुकभर घोषणा भएका औद्योगिक क्षेत्र घोषणमै सिमित रहेको वताएका छन्। रुपन्देही औद्योगिक विकासका लागि राम्रो सम्भावना रहेको क्षेत्र भएपनि कानुनी उल्झन, राज्य सञ्चालकमा देखिएको गैरजिम्मेवारीपना, विकासको दीर्घकालिन रणनीति नहुँदा अंगाडि सारिएका आयोजना समेत अन्यौलमा रहेको उनले बताए । बुटवलको मोतिपुर औद्योगिक क्षेत्र र भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) त्यसैका ज्वलन्त उदाहरण भएको उनको ...








