समाचार

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
बुटवल – यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सकिएको छ । गएको वर्षको यही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो ।देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।देशभर करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सकिएको छ ।मन्त्रालयका अनुसार मनसुनले साथ दिएमा साउनको अन्तिम हप्तासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । यो क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्क छ । मौसमको प्रतिकूलता, दैवी प्रक...
‘डार्क फाइल’ लाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ

‘डार्क फाइल’ लाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ सिधाकुरा डटकमको ‘डार्क फाइल’ कार्यक्रमलाई फेक अडियो उपलब्ध गराएको अभियोगमा सजाय तोकिएका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । उनी इटहरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारलाई लाञ्छना लगाउने गरी तयार गरिएको सो अडियो ‘फेक’ भएको पुष्टि भएको थियो । उनलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै गत असोजमा ६ महिना सजाय तोकेको थियो । उनी त्यसयता फरार रहेका थिए । अदालतले दुई पत्रकारलाई सर्तसहित ३ महिनाको कैद सजाय सुनाएको थियो भने तिमल्सिनालाई सर्त विना ६ महिना सुनाइएको थियो। ...
आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : ओली

आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी (२०८४) सालको निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।  पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।  ‘पार्टीमा एकताबद्ध र एक ढिक्का भएर अघि बढ्ने हो । एकताबद्ध भएर अघि बढ्दा २०८४ मा हामीलाई बहुमत ल्याउन कसैले रोक्दैन, छेक्न सक्दैन’, बैठकमा ओलीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीले देखेकै हो सुनेकै हो केपी ओली बिनाको एमाले, एमाले विनाको नेपाल बनाउँछौ भनेकै थिए तर अहिले पनि सरकारको नेतृत्व गरेका छौ । १३ महिना भइसक्यो सरकारको नेतृत्व गरेको ।’ ...
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन १४ का जोनहरुमा प्रि-जोन मिटिङ सम्पन्न

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन १४ का जोनहरुमा प्रि-जोन मिटिङ सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन१४ का सबै जोन ३०, ३१ र ३२का डिस्ट्रिक्ट गभर्नरको एडभाइजरी कमिटी मिटिङ प्रि-जोन मिटिङ सम्पन्न गरेको छ। जोन ३० का लागि ८२ असार ३० गते, जोन ३० को प्रि-जोन मिटिङ जोन चेयरपर्सन लायन रितु गुरुङको अध्यक्षतामा दियालो फुड ल्याण्ड, कलिका नगरमा सम्पन्न गरेकाे छ। मिटिङमा एरिया ४ चिफ कोर्डिनेटर लायन प्रबिना घिमिरे तथा रिजन चेयरपर्सन लायन ओम थापाको उपस्थितिमा जोन अन्तर्गतका क्लबहरू एलसीबी मणिउजेश, एलसीबी सिद्धार्थ, एलसी रुपन्देही, एलसी रुपन्देही तुल्सी का अध्यक्ष, उपाध्यक्ष, सचिव ,कोषाध्यक्ष सहभागी भएका थिए। डिस्ट्रिक्टबाट उपलब्ध गराइएका विविध एजेन्डामा छलफल गरी बैठक सम्पन्न गरेकाे छ। जोन ३१ का लागि ८२ श्रावण ३ गते, जोन ३१ को प्रि-जोन मिटिङ जोन चेयरपर्सन लायन नारायण तिवारीको अध्यक्षतामा अल्फा क्याफे, होराइजन चोकमा ...
देशभर मौसम बदली : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मौसम बदली : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ आज पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने भएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार केही ठाउँमा ठूलो वर्षाको सम्भावना पनि छ। यस्तो छ, मौसम महाशाखाले जारी गरेको बुलेटिन: आज दिनमा : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। आज रातमा : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी प...
आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजनहरूको भीड

आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजनहरूको भीड

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व बाेकेकाे  दिन। आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको भिड लागेको छ।  श्रावण महिना भगवान् शिवको विशेष महिना समेत भएकाले हिन्दु धर्ममा आस्था राख्नेहरू सोमबार निराहार बसेर शिव लिंगमा जलार्पण गरी भगवान् शिवको विशेष पूजा  अर्चना गर्ने गर्दछन् ।  श्रावण महिना भगवान् शिवको विशेष महिना पनि  हो भने सोमबार शिवजीको प्रिय वार हो । त्यसैले श्रद्धालुहरू व्रत बसेर शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, शिव स्तोत्र जप गर्ने गर्दछन्। खास गरी महिलाहरू हरियो लुगा, चुरा र मेहन्दी लगाएर शिवको व्रत बसी पूजामा सहभागी हुने गर्दछन्।शिव पूजाको धार्मिक र ज्योतिषीय महत्त्वहिन्दु शास्त्रअनुसार साउन महिनामा शिवको आराधना गर्नाले पाप नाश हुनुका साथ...
रूपन्देही-३ उपनिर्वाचन : मनोनयन दर्ता असोज २१ गते

रूपन्देही-३ उपनिर्वाचन : मनोनयन दर्ता असोज २१ गते

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
रूपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। त्यसपछि सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा मनोनयन दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ। उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ। उजुरीको जाँचबुझ तथा मनोनयन पत्रको निर्णय असोज २२ गते ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म गरिनेछ। त्यसपछि उम्मेदवारहरूको नामावली पुनः बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशित गरिनेछ।उम्मेदवारले नाम फिर्ता लिन असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ। त्यही दिन ...
ट्राफिक प्रहरी कार्यालय बुटवलको वार्षिक कार्यप्रगति प्रशंसनीय

ट्राफिक प्रहरी कार्यालय बुटवलको वार्षिक कार्यप्रगति प्रशंसनीय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आइतबार आर्थिक वर्ष २०८१/०८२ को कार्यप्रगति राम्रो रहेको तथ्याङ्क पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। ट्राफिक कार्यालय बुटवलका कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले आफु बुटवलमा आएकाे २ महिनामात्र भएकोले पूर्व कार्यालय प्रमुख श्यामबहादुर खत्रीलाई स्मरण गर्दै कार्यालयले आफ्नो कार्यालयलाई प्रभावकारी बनाई गत आर्थिक वर्षमा १ लाख७० हजार८० सवारी र सवारीचालकलाई कारबाही गरेको बताए । साथै विभिन्न ट्राफिक नियम उल्लङ्घन गरी चलाइएका सवारीबाट १७ करोड ८३ लाख ८३ हजार ४ सय १९ जरिवाना बापत वार्षिक रकम संकलन गरेको जानकारी गराए। उनका अनुसार कार्यालयले १५हजार५ सय १७ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम गरी ८ लाख३५ हजार ७सय८९ जनालाई प्रशिक्षित गरेको छ। ट्राफिक कार्यालय बुटबलले सवारी साधनको निःशुल्क मेक...
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा...
२० वर्षसम्म कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

२० वर्षसम्म कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए । गल्फ न्युजका अनुसार सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो । उपचारका लागि अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी कहिल्यै पूर्णरूपमा होसमा फर्कन सकेनन् । दुई दशकसम्म उनको अवस्थाले सहानुभूति र ध्यान खिचेको थियो । ...