रूपन्देही-३ उपनिर्वाचन : मनोनयन दर्ता असोज २१ गते


रूपन्देही

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।

त्यसपछि सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा मनोनयन दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ। उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ।

उजुरीको जाँचबुझ तथा मनोनयन पत्रको निर्णय असोज २२ गते ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म गरिनेछ। त्यसपछि उम्मेदवारहरूको नामावली पुनः बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशित गरिनेछ।
उम्मेदवारले नाम फिर्ता लिन असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ। त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ भने बेलुका ३ बजेदेखि ६ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिनेछ।

निर्वाचन कार्यक्रमअनुसार मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ।

यस उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको जानकारी समेत निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

प्रचार प्रसार निषेध अवधि मतदान शुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् २०८२ कार्तिक १४ गते राति १२।०० बजेदेखि लागू हुनेछ । सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भए पश्चात मतगणना कार्य सुरू गरिनेछ ।

press_release_2082_04_04-2_e7Lro5tj0o

छुटाउनुभयो कि ?

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

बुटवललुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्न...
एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

बुटवलमोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको ...
तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल

तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल

बुटवलरुपन्देहीको बुटवल उपमहानगरपालिकाले आउँदै गरेका नेपालीहरूको महान् पर्वहरू शुभ दीपावली (तिहार) तथा छठ पर्व २०८३ को अवसरमा ...
एनपिएलः काठमाडौंले  जनकपुरलाई दियो ११६ रनको लक्ष्य

एनपिएलः काठमाडौंले जनकपुरलाई दियो ११६ रनको लक्ष्य

बुटवलतेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाज आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ११५ रनमै समेटिए...