समाचार

देशभर सरदर भन्दा कम वर्षा, मधेश सबैभन्दा बढी प्रभावित

देशभर सरदर भन्दा कम वर्षा, मधेश सबैभन्दा बढी प्रभावित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं नेपालमा मनसुन भित्रिएको दुई महिना भएको छ । दुई महिनाको अविधमा देशभर नै सरदरभन्दा कम वर्षा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तराईं–मधेशमा अझै कम वर्षा भएको छ । वर्षा कम हुँदा तराईं झनै प्रभावित भएको हो । गत जेठ १५ गते (मे २८) मा पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो । जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो । त्यसपछि सक्रिय रहेको मनसुन नेपालभर फैलिए लगत्तै केही समय निष्क्रिय रह्यो । असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताइन् । कमै वर्षा भए पनि केही ठाउँमा भने ठूलो क्षति भएको छ । असार २४ गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीले ठूलो धनजनको क्षति गरेको थियो । मनसुनमा पानी कम परेका कारण मधेश सबैभन्दा बढी प्रभावित भ...
रूपन्देही–३ मा उम्मेदवारका लागि तीन जनाको नाम पठाउन एमालेको निर्देशन

रूपन्देही–३ मा उम्मेदवारका लागि तीन जनाको नाम पठाउन एमालेको निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं सत्तारुढ नेकपा एमाले रुपन्देही–३ को उपचुनावको तयारीमा जुटेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचनको तयारीका लागि एक महिला सहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शंकर पोखरेलले पत्र पठाएका छन् । महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ । पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।केन्द्रीय कार्यालय प्रमुख डा. भिष्म अधिकारीका अनुसार हिजो दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिनभित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ । मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एक जनाको नाममा निर्णय गर्ने डा. अधिकारी...
बुटवल मालपोतमा नक्कली लालपुर्जाको चलखेल, ५ कर्मचारीविरुद्ध मुद्दा दायर

बुटवल मालपोतमा नक्कली लालपुर्जाको चलखेल, ५ कर्मचारीविरुद्ध मुद्दा दायर

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
विश्वास ढकालबुटवल रुपन्देहीको तिलोत्तमा र बुटवल उपमहानगरपालिकाका विभिन्न जग्गाको नक्कली लालपुर्जा बनाएको आरोपमा मालपोतका पाँच जना कर्मचारी विरुद्ध प्रहरीले मुद्दा चलाएको छ । त्यसरी मुद्दा चल्नेहरूमा मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत घनश्याम अर्याल, नासुहरू जिवलाल भुसाल, पुनाराम पन्थी, विष्णु पुरी र कम्प्युटर अपरेटर सिद्धार्थ श्रेष्ठ रहेका छन् । त्यसमध्ये अर्याल, भुसाल र श्रेष्ठ पक्राउ परेका हुन भने पन्थी आफै आत्मसमर्पण गरेका हुन् । विष्णु पुरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तिलोत्तमाको आनन्दवन गाउँ ब्लकको १७ कट्ठा १० धुर जग्गा काशीराम घिमिरेको नाममा, बुटवल उपमहानगरपालिका मोतीपुरको १ (ग) को सरकारी जग्गा होम बहादुर पुनको नाममा, तिलोत्तमा आनन्दवन ७ (ख) को कित्ता नम्बर १ सय ५२ को इन्द्रकला उपाध्यायको नाममा रहेको तर नक्कली जग्गाधनी देब बहादुर आले र तु...
आज कहाँ–कहाँ छ वर्षाको सम्भावना

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले हाल बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू साथै मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज (बिहीबार) दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा साधरणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भा...
खिर खाएर साउन १५ मनाइँदै

खिर खाएर साउन १५ मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । ‘साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । यो स्वास्थ्...
लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90 काठमाडौं लागूऔषधको अवैध कारोबार र ओसार पसार नियन्त्रणमा संचालन गरिएको विशेष अभियानबाट अहिलेसम्म ८ हजार भन्दा बढी पक्राउ परेका छन् । काठमाडौं उपत्यकामा लागूऔषध विरुद्धको प्रहरी मार्फत महाअभियान नै सञ्चालनमा छ, भने गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि मातहतका प्रहरी मात्रै होइन आम नागरिक, स्वयम् अभिभावकले लागूऔषध विरुद्धको महाअभियान साथ दिनुपर्नेमा जोड दिएका छन् । मुलुकभर विभिन्न कार्यक्रम मार्फत लागूऔषध सम्वन्धी सचेतनासंगै कारबाहीलाई पनि द्रुत गतिमा अघि बढाएका मन्त्री लेखकले गति दिए अनुसारको सफलता प्राप्त हुँदै गएको छ । मन्त्री लेखकले नेतृत्व सम्हाले यता बितेको एक वर्षमा नेपाल प्रहरीले मात्रै लागूऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ संख्या अघिल्लो आर्थिक वर्ष भन्दा १ ...
भ्रष्टाचार गर्ने कसैलाई छाडिदैन :  प्रधानमन्त्री

भ्रष्टाचार गर्ने कसैलाई छाडिदैन :  प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई पनि नछोडिने बताएका छन् ।  बुधबार राष्ट्रियसभामा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धि अध्ययन प्रतिवेदनमाथिको छलफलको जवाफ दिने क्रममा उनले नसोची सरकार भ्रष्टाचारको पर्याय भएको आरोप लगाउने गरिएको बताए ।   “फ्याट झुक्किएर मान्छेले के भन्छ भने सरकार भ्रष्टाचारको पर्याय भएको छ । एक दुई भ्रष्टाचारीलाई कारबाही गरिदिएपछि देख्यौ त भ्रष्टाचार गरेको रहेछ नि ऊ ? कारबाही गरेपछि भ्रष्टाचार भएको छलंगै देखियो त । कारबाही नगरेको राम्रो ?,” उनले भने ।  सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको जिकिर गरे ।  “कसैले गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिन्न,” उनले भने । ...
रास्वपा संसदीय दलको बैठक भैरहवामा सुरु

रास्वपा संसदीय दलको बैठक भैरहवामा सुरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ। भैरहवास्थित होटल रमादामा बैठक चलेको रास्वपाले जनाएको छ। रास्वपा सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा हाल भैरहवा कारागारमै छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै रास्वपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेको छ। ...
तराई क्षेत्रमा सिँचाइको लागि डिप बोरिङ खन्ने काम सुरु

तराई क्षेत्रमा सिँचाइको लागि डिप बोरिङ खन्ने काम सुरु

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं तराई क्षेत्रमा सिँचाइको लागि ५ सय वटा डिप बोरिङ खन्ने काम सुरु गरिएको छ । पानी नपरेर सिँचाइमा समस्या भएपछि सरकारले यो निर्णय लिएकाले हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत किसानका लागि सिँचाइ सुविधामा सुधार ल्याउने उद्देश्यले सरकारले उक्त योजना कार्यान्वयनमा ल्याएको उल्लेख गरेका हुन् । ‘तराईमा ५०० वटा डिप बोरिङ खन्ने काम सुरु भएको छ, सिँचाइका लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्नेछ’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् । प्रधानमन्त्री ओलीका अनुसार यो योजना सिँचाइको पहुँच नपुगेका तराई क्षेत्रका किसानलाई लक्षित गरेर सुरु गरिएको हो। यसबाट भूमिगत पानीको प्रयोग गरेर वर्षभरि खेती सम्भव हुने वातावरण निर्माण हुने छ। सस्तो दरमा बिजुली उपलब्ध गराइँदा सिँचाइको लागत घट्ने र किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने विश्वास लिइएको छ। ...
भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
रसुवा भोटेकोशी नदीमा फेरी बाढी आएको छ ।  भोटेकोशीमा बाढी आएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार विहान २ बजेबाट नै सूचना दिएर नदी आसपास रहने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । रसुवा जिल्ला भई बहने भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी खोला आसपासका क्षेत्रमा जोखिम बढेको छ । यस अघि असर २४ गते आएको बाढीले मितेरी पुल बगाएको थियो भने ठुलो मानवीय भौतिक क्षति भएको थियो ।  ...