लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

काठमाडौं

लागूऔषधको अवैध कारोबार र ओसार पसार नियन्त्रणमा संचालन गरिएको विशेष अभियानबाट अहिलेसम्म ८ हजार भन्दा बढी पक्राउ परेका छन् । काठमाडौं उपत्यकामा लागूऔषध विरुद्धको प्रहरी मार्फत महाअभियान नै सञ्चालनमा छ, भने गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि मातहतका प्रहरी मात्रै होइन आम नागरिक, स्वयम् अभिभावकले लागूऔषध विरुद्धको महाअभियान साथ दिनुपर्नेमा जोड दिएका छन् ।

मुलुकभर विभिन्न कार्यक्रम मार्फत लागूऔषध सम्वन्धी सचेतनासंगै कारबाहीलाई पनि द्रुत गतिमा अघि बढाएका मन्त्री लेखकले गति दिए अनुसारको सफलता प्राप्त हुँदै गएको छ । मन्त्री लेखकले नेतृत्व सम्हाले यता बितेको एक वर्षमा नेपाल प्रहरीले मात्रै लागूऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ संख्या अघिल्लो आर्थिक वर्ष भन्दा १ हजार २ सय १ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६ हजार ७ सय ४२ जना पक्राउ परेका थिए । गत आर्थिक वर्ष २०८१/८२ मा पक्राउ पर्नेमा ७ हजार १९७ पुरुष, ४ सय २१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेको प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

सो अवधिमा लागू औषधका ५ हजार ११० मुद्दा दर्ता भएका छन् । यो अवधिमा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरोहोरोइन, ८२९ किलोग्राम चरेश र ५१४३९ ग्राम गाँजा बरामद भएको छ । त्यसैगरी एक बर्षको अवधिमा एम्पुल २२०,४१०, नाइट्राजेपाम ९३,४२४, कोडिन सिरप (कोरेक्स) ८९४० लगायत ठुलो मात्रामा अन्य लागूऔषध प्रहरीले बरामद गरेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा मन्त्री लेखकको कार्यकालको पहिलो वर्षमा कोकिन मात्रै ७ किलोग्राम बिगत भन्दा बढी बरामद भएको ब्युरोको तथ्याङ्कबाट देखिन्छ । ब्युरोको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा लागूऔषध सम्वन्धी ४ हजार १ सय मुद्दा दर्ता भई ६ हजार १८६ जना पक्राउ परेका थिए । भने आर्थिक बर्ष २०८०/८१ मा ४४ सय २४ मुद्दा दर्ता भई ६ हजार ७४२ जना पक्राउ गरिएको थियो ।

मन्त्री लेखकले लागूऔषध नियन्त्रण तथा अवैध ओसार पसारलाई नियन्त्रण उच्च प्राथमिकता मै रहेका कारण सफलता हासिल हुँदै गएको छ । सवारी दुर्घटना बढ्नुका साथै आत्महत्या, साइबरक्राइम लगायत अपराधिक घटनाका पछाडि पनि लागूऔषध प्रयोग एउटा कारकका रुपमा देखिएको ब्युरोको भनाई छ । खैरोहिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोल लगायतका अन्य औषधि मुलुकभित्र प्रयोग बढ्दो रहेको छ । भने कोकिन, अफिम, चरेश र गाँजा भारत तस्करी हुने गरेको छ । प्रहरीले देशभरका जिल्ला प्रहरी कार्यालयमा अभियुक्तहरु विरुद्ध मुद्दा चलाउँदै आएको छ भने लागू औषध नियन्त्रण ब्युरो र ब्युरो मातहतका दश वडा कार्यालय यसको नियन्त्रणमा सक्रिय छन् । 

ब्युरोको विवरण अनुसार पनि गत आर्थिक वर्षमा मात्रै १६ सय ७५ जनालाई मुद्दा चलाइएको छ । अघिल्लो आर्थिक वर्षमा ब्युरोले ११ सय ९३ जना विरुद्ध मुद्दा चलाएको थियो । भने आर्थिक वर्ष २०७९/८० मा ब्युरोले ९ सय ३७ जना विरुद्ध मुद्दा चलाएको थियो । विवरण अनुसार ब्युरोको सक्रियता बढेकै कारण अभियुक्तहरु पक्राउ पर्ने क्रम बढेको छ । त्यसैगरी सशस्त्र प्रहरी बलले लागूऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ । बितेको एक वर्षमा सशस्त्र प्रहरी बलले लागूऔषध कारोबार तथा ओसार पसारमा संलग्न ४ सय ६० जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले  ‘नशा रहित युवा-हाम्रो देशका कर्णधार, सीमानाको रक्षा-राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागूऔषध नियन्त्रणमा जुटेको छ । सशस्त्र प्रहरी बलले यो अवधिमा ठुलो मात्रामा लागूऔषध समेत सीमानाका क्षेत्रबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले जानकारी दिए।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...