बुटवल मालपोतमा नक्कली लालपुर्जाको चलखेल, ५ कर्मचारीविरुद्ध मुद्दा दायर


विश्वास ढकाल
बुटवल

रुपन्देहीको तिलोत्तमा र बुटवल उपमहानगरपालिकाका विभिन्न जग्गाको नक्कली लालपुर्जा बनाएको आरोपमा मालपोतका पाँच जना कर्मचारी विरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

त्यसरी मुद्दा चल्नेहरूमा मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत घनश्याम अर्याल, नासुहरू जिवलाल भुसाल, पुनाराम पन्थी, विष्णु पुरी र कम्प्युटर अपरेटर सिद्धार्थ श्रेष्ठ रहेका छन् । त्यसमध्ये अर्याल, भुसाल र श्रेष्ठ पक्राउ परेका हुन भने पन्थी आफै आत्मसमर्पण गरेका हुन् ।

विष्णु पुरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तिलोत्तमाको आनन्दवन गाउँ ब्लकको १७ कट्ठा १० धुर जग्गा काशीराम घिमिरेको नाममा, बुटवल उपमहानगरपालिका मोतीपुरको १ (ग) को सरकारी जग्गा होम बहादुर पुनको नाममा, तिलोत्तमा आनन्दवन ७ (ख) को कित्ता नम्बर १ सय ५२ को इन्द्रकला उपाध्यायको नाममा रहेको तर नक्कली जग्गाधनी देब बहादुर आले र तुल्सीराम भण्डारीको नाममा, बुटवल ९ (ग) को प्रेमदेवी थापा क्षेत्रीको जग्गा शान्ता कुमार कार्कीको नाममा, तिलोत्तमा आनन्दवन ७ (ख) को जग्गा धनीको नाम नखुलेको तर नक्कली जग्गा धनी रन्जन थापा क्षेत्री र कुमार कार्कीको नाममा लालपुर्जा जारी गरिएको प्रहरीले फेला पारेको छ ।

जग्गा माफिया र केही कर्मचारी मिलेर व्यक्तिको जग्गाको नक्कली लालपुर्जा बनाएर सहकाली बचत तथा ऋण सहकारी, मनोहराबाट २ करोड ७० लाख ऋण निकालेको भन्ने सूचना बाहिरिएपछि मालपोत कार्यालय बुटवलका तत्कालीन प्रमुख उपेन्द्र पौडेलले जिल्ला प्रहरी कार्यालय, रुपन्देही र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवललाई २०८० असार २७ मा पत्रमार्फत गुहारेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले नक्कली लालपुर्जा निकाल्नमा सहयोग गर्ने पाँचमध्ये मालपोत कार्यालय बुटवलका शाखा अधिकृत घनश्याम अर्याल सहित चार जना प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...