बुटवल मालपोतमा नक्कली लालपुर्जाको चलखेल, ५ कर्मचारीविरुद्ध मुद्दा दायर


विश्वास ढकाल
बुटवल

रुपन्देहीको तिलोत्तमा र बुटवल उपमहानगरपालिकाका विभिन्न जग्गाको नक्कली लालपुर्जा बनाएको आरोपमा मालपोतका पाँच जना कर्मचारी विरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

त्यसरी मुद्दा चल्नेहरूमा मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत घनश्याम अर्याल, नासुहरू जिवलाल भुसाल, पुनाराम पन्थी, विष्णु पुरी र कम्प्युटर अपरेटर सिद्धार्थ श्रेष्ठ रहेका छन् । त्यसमध्ये अर्याल, भुसाल र श्रेष्ठ पक्राउ परेका हुन भने पन्थी आफै आत्मसमर्पण गरेका हुन् ।

विष्णु पुरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तिलोत्तमाको आनन्दवन गाउँ ब्लकको १७ कट्ठा १० धुर जग्गा काशीराम घिमिरेको नाममा, बुटवल उपमहानगरपालिका मोतीपुरको १ (ग) को सरकारी जग्गा होम बहादुर पुनको नाममा, तिलोत्तमा आनन्दवन ७ (ख) को कित्ता नम्बर १ सय ५२ को इन्द्रकला उपाध्यायको नाममा रहेको तर नक्कली जग्गाधनी देब बहादुर आले र तुल्सीराम भण्डारीको नाममा, बुटवल ९ (ग) को प्रेमदेवी थापा क्षेत्रीको जग्गा शान्ता कुमार कार्कीको नाममा, तिलोत्तमा आनन्दवन ७ (ख) को जग्गा धनीको नाम नखुलेको तर नक्कली जग्गा धनी रन्जन थापा क्षेत्री र कुमार कार्कीको नाममा लालपुर्जा जारी गरिएको प्रहरीले फेला पारेको छ ।

जग्गा माफिया र केही कर्मचारी मिलेर व्यक्तिको जग्गाको नक्कली लालपुर्जा बनाएर सहकाली बचत तथा ऋण सहकारी, मनोहराबाट २ करोड ७० लाख ऋण निकालेको भन्ने सूचना बाहिरिएपछि मालपोत कार्यालय बुटवलका तत्कालीन प्रमुख उपेन्द्र पौडेलले जिल्ला प्रहरी कार्यालय, रुपन्देही र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवललाई २०८० असार २७ मा पत्रमार्फत गुहारेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले नक्कली लालपुर्जा निकाल्नमा सहयोग गर्ने पाँचमध्ये मालपोत कार्यालय बुटवलका शाखा अधिकृत घनश्याम अर्याल सहित चार जना प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...