देशभर सरदर भन्दा कम वर्षा, मधेश सबैभन्दा बढी प्रभावित


काठमाडौं

नेपालमा मनसुन भित्रिएको दुई महिना भएको छ । दुई महिनाको अविधमा देशभर नै सरदरभन्दा कम वर्षा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तराईं–मधेशमा अझै कम वर्षा भएको छ । वर्षा कम हुँदा तराईं झनै प्रभावित भएको हो ।

गत जेठ १५ गते (मे २८) मा पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो । जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो । त्यसपछि सक्रिय रहेको मनसुन नेपालभर फैलिए लगत्तै केही समय निष्क्रिय रह्यो ।

असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताइन् । कमै वर्षा भए पनि केही ठाउँमा भने ठूलो क्षति भएको छ । असार २४ गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीले ठूलो धनजनको क्षति गरेको थियो ।

मनसुनमा पानी कम परेका कारण मधेश सबैभन्दा बढी प्रभावित भएको छ । पानी नपरेपछि मधेशमा पूरै रोपाइँ हुन सकेको छैन । पिउने पानी र सिँचाइका स्रोत समेत सुकेपछि मधेश सरकारले प्रदेशलाई असार २६ गते सुक्खाग्रस्त घोषणा गरेको थियो भने संघीय सरकारले यही साउन ७ गते विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...