देशभर सरदर भन्दा कम वर्षा, मधेश सबैभन्दा बढी प्रभावित


काठमाडौं

नेपालमा मनसुन भित्रिएको दुई महिना भएको छ । दुई महिनाको अविधमा देशभर नै सरदरभन्दा कम वर्षा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तराईं–मधेशमा अझै कम वर्षा भएको छ । वर्षा कम हुँदा तराईं झनै प्रभावित भएको हो ।

गत जेठ १५ गते (मे २८) मा पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो । जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो । त्यसपछि सक्रिय रहेको मनसुन नेपालभर फैलिए लगत्तै केही समय निष्क्रिय रह्यो ।

असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताइन् । कमै वर्षा भए पनि केही ठाउँमा भने ठूलो क्षति भएको छ । असार २४ गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीले ठूलो धनजनको क्षति गरेको थियो ।

मनसुनमा पानी कम परेका कारण मधेश सबैभन्दा बढी प्रभावित भएको छ । पानी नपरेपछि मधेशमा पूरै रोपाइँ हुन सकेको छैन । पिउने पानी र सिँचाइका स्रोत समेत सुकेपछि मधेश सरकारले प्रदेशलाई असार २६ गते सुक्खाग्रस्त घोषणा गरेको थियो भने संघीय सरकारले यही साउन ७ गते विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...