आज कहाँ–कहाँ छ वर्षाको सम्भावना


काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

जसको प्रभावले हाल बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू साथै मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज (बिहीबार) दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा साधरणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ ।

मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

नागरिकता परित्याग गरेका १७ चिकित्सकको लाइसेन्स खारेज

नागरिकता परित्याग गरेका १७ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौँनेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली ना...
सुकुमबासी नेता परियार पक्राउ

सुकुमबासी नेता परियार पक्राउ

काठमाडौँथापाथलीस्थित सुकुमबासी बस्तीबाट सुकुमबासी नेता पक्राउ परेका छन् । सरकारले सुकुमबासीहरुलाई हटाउने तयारी गरेसँगै सो क्ष...
आज २०औँ लोकतन्त्र दिवस : जनआन्दोलनको उपलब्धिको सम्झना गरि मनाईदै

आज २०औँ लोकतन्त्र दिवस : जनआन्दोलनको उपलब्धिको सम्झना गरि मनाईदै

काठमाडौँआज २०औ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार...
मौसम : लुम्बिनी प्रदेशसहितका तराई भेगमा तातो हावाको लहर चल्ने

मौसम : लुम्बिनी प्रदेशसहितका तराई भेगमा तातो हावाको लहर चल्ने

काठमाडौंजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशका हिमाली र पहा...