समाचार

गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व

गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नम्वर ४ ,साविकको बलेटसार गाउँविकास समितिमा स्थायी बसोबास रहेर विभिन्न पेशा व्यवसाय जस्ता कारण रूपन्देहीमा आइ बसोबास गरेका बलेटक्सारेलीहरूको सम्पर्क समाज गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ।समाजको नवौं साधारण सभा तथा पाँचौं अधिवेशनले बुद्धिप्रसाद ज्ञवालीको अध्यक्षतामा १४ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर ४ का वडा अध्यक्ष माेतिप्रसाद श्रेष्ठले समाजले बलेटक्सारबाट रूपन्देहीमा आई यहाँको बलेटक्सारेरिहरूको सँगै आफ्नो जन्मस्थानमा विभिन्न सामाजिक कामहरु शिक्षा ,स्वास्थ्य ,पीडामा मलम लगाउने काम गरेकोमा धन्यवाद दिँदै थप रचनात्मक बनोस् भन्ने शुभकामना दिए।श्रेष्ठले रुरुक्षेत्र ४ मा आफू निर्वाचित भएर आइसकेपछि पहिलाका अपुरा योजनाहरू पूरा गर्ने...
मधेसमा वर्षा, किसानलाई राहत

मधेसमा वर्षा, किसानलाई राहत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
लामो समयदेखिको खडेरीले आहत भएका किसानमा रोपो जाग्ने आशा पलाएको छ । परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् । पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ । प्रचण्ड रापले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बताउँछन् । ‘खेत हिल्याउने गरी त पानी पर्न सकेन, तर लगालगी जस्तो तीन दिनको वर्षाले निकै राहत दियो,’ महतो भन्छन्, ‘खासमा यसअघि रोपिएको धान, खडेरीले सुक्दै गएको उखु, कोदो, मकै र तरकारी बालीलाई अमृत बर्सेजस्तै भयो ।’ लामो खडेरीले आहत भएका बेला यो क्षणिक वर्षा पनि केकेन भेटाएजस्तो भएको किसान बताउँछन् । पछिल्लो वर्षाले धानको रोपोसँगै उखु, सागसब्जी, मकै र कोदोसहितका बालीलाई चिस्यान मिलेको छ । ‘लामो रौ...
सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ : मुख्यमन्त्री आचार्य

सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ । राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नव निर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शनिबार रुपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको बताउनु भएको हाे । ‘हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति छ । तर, हामीले सकारात्मक सन्देश दिनेगरी काम गर्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयाे, ‘सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि पछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन । त्यसैले याे बिषयमा संवेदनशील बन्न जरुरी छ।’ लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उउहाँले ज...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाले आज (साउन १७, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ।महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडका धेरै स्थान तथा तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पनि सम्भावना छ। आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि सम्भावना छ। मौसम महाशाखाले यहाँ ‘दिउँसो’ दिनभर अर्थात् साँझ ६ ब...
माओवादी स्थायी समितिको बैठक आजदेखि

माओवादी स्थायी समितिको बैठक आजदेखि

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्नेछन् । आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु हुनेछ । एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्नेछ ।  ‘स्थायी समिति बैठक यति दिनमा सक्ने भनेर कुनै सीमा तोकिएको छैन । अध्यक्षले एजेन्डा पेस गरेपछि छलफलका लागि प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा कति जनाले बहस गर्छन्, त्यसले समय निर्धारण गर्छ । अहिले नै कसैलाई स्पष्टीकरण सोध्ने वा अन्तरविरोधको हल निकाल्ने भन्दा पनि सबैको विचार र मत सुनिसकेपछि मात्र के गर्ने भनेर एउटा निष्कर्षमा पुग्न सकिन्छ’, उनले भने । पछिल्लो...
गुल्मीका शिक्षा प्रेमी पन्थीको नाममा हुलाक टिकट जारी

गुल्मीका शिक्षा प्रेमी पन्थीको नाममा हुलाक टिकट जारी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
गुल्मी गुल्मीका एक शिक्षा प्रेमी ब्यक्तिको आज देखि हुलाक टिकट जारी भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५ रजस्थलका स्वर्गिय पण्डित ऋषिराम पन्थीकाे नामबाट १० रुपैयाँको हुलाक टिकट जारी भएको हो । काठमाडौं बबरमहलस्थित हुलाक सेवा विभागको सभाहलमा आयोजित बिशेष समारोहमा उनी सहित तीन जना शिक्षा विद र विभिन्न स्थान गरि कुल १४ वटा टिकटमा सुचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाई आज देखि जारी गरिएको हो।नेपाल हुलाक सेवा विभागद्वारा शिक्षा-प्रेमी स्वर्गिय पं. ऋषिराम पन्थीको सम्मानमा हुलाक टिकट जारी गरेकाे छ।नेपाल हुलाक सेवा विभाग, केन्द्रीय कार्यालय बबरमहल काठमाडौंद्वारा गुल्मीका एक शिक्षाप्रेमी व्यक्तित्व स्वर्गीय पण्डित ऋषिराम पन्थीको सम्मानमा हुलाक टिकट प्रकाशित गरिएको छ।यो सम्मान पाउने उनी नेपालको हुलाक टिकटमा पहिलोपटक अङ्कित हुने व्यक्ति बन्न सफल भएका छन्...
रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
बुटवल  निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।  आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ । आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ...
विद्यालय शिक्षा ऐन सुधारको १६ विद्यार्थी संगठनद्वारा माग

विद्यालय शिक्षा ऐन सुधारको १६ विद्यार्थी संगठनद्वारा माग

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं १६ वटा विद्यार्थी संगठनले विद्यालय शिक्षकको नियुक्ति प्रक्रिया समावेशितामा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेका छन्। शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले विद्यालय शिक्षा ऐनमा यस्तो स्पष्ट व्यवस्था समेट्न सरकारसँग माग गरेका हुन्। पटक–पटक विद्यालय शिक्षा ऐन ल्याउने प्रतिवद्धता जनाइए पनि अहिलेसम्म ऐन जारी हुन नसक्नु सरकारको गम्भीर उपेक्षा भएको विद्यार्थी संगठनहरूको भनाइ छ । उनीहरूले शिक्षा ऐन पारित गर्नमा ढिलाइ हुनु नीतिगत गैरजिम्मेवारी भएको ठहर गरेका छन्। संयुक्त विद्यार्थी संगठनले विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन यथाशीघ्र चाँडो पारित गर्न माग गर्दै संविधानको धारा ३१ अनुसार माध्यमिक तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क रूपमा प्राप्त गर्ने संवैधानिक हकको कार्यान्वयनको माग पनि गरेका छन्। शिक्षा ऐन, २०२८ मा उल्लेख गरिएअनुसार स...
सिरकभित्र बसेर फेसबुक पोष्ट मार्फत विरोध गर्नेहरुबाट नेपालको भविष्य सुरक्षित छैन : प्रधानमन्त्री

सिरकभित्र बसेर फेसबुक पोष्ट मार्फत विरोध गर्नेहरुबाट नेपालको भविष्य सुरक्षित छैन : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल प्रधानमन्त्री केपीशर्मा ओलीले सिरकभित्र बसेर फेसबुक पोस्ट मार्फत विरोध गर्नेहरूबाट नेपालको भविष्य सुरक्षित नरहेको बताएका छन्। उनीहरुको धन्दा एग्रेसन बढाउने र स्वार्थको रोटी सेक्ने मात्र भएको उनको टिप्पणी छ । सरकारसँग स्टार्टअप लोन लिएर उद्यममा प्रगति गरिरहेका युवाहरूलाई भेटेर उनीहरुको उत्पादन हेरेपछिको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले नेपालको भविष्य यस्ता स्टार्टअप स्टलहरूमा रहेको बताएका छन्।   ‘कोठामा सिरकभित्र बसेर फेसबुक पोस्ट मार्फत विरोध गर्नेहरूबाट नेपालको भविष्य सुरक्षित छैन। उनीहरूको धन्दा एग्रेसन बढाउने र स्वार्थको रोटी सेक्ने मात्र हो,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको भविष्य यस्ता स्टार्टअप स्टलहरूमा छ, जसले उद्यम गरिरहेको छ र अरूलाई पनि प्रेरणा दिइरहेको छ। जुन काम उहाँहरूले गर्नु भएको छ।’   ...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं  मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ । त्यस्तै हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुपश्चिम प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेशमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको जानकारी दिएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाश...