सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ : मुख्यमन्त्री आचार्य


बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ ।

राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नव निर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शनिबार रुपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको बताउनु भएको हाे ।

‘हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति छ । तर, हामीले सकारात्मक सन्देश दिनेगरी काम गर्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयाे, ‘सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि पछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन । त्यसैले याे बिषयमा संवेदनशील बन्न जरुरी छ।’

लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उउहाँले जोड दिनुभयाे । ‘मुलुक बनाउन बाहिरबाट कोही आउँदैन । हामी आफैंले बनाउनु पर्छ,’ उहाँले भन्नुभयाे ।

मुख्यमन्त्री आचार्यले सरकार समस्याको समाधानका लागि सुन्न र कार्यान्वयनमा जान तयार रहेको स्पष्ट पार्नु भयाे ।

उहाँले मिडिया संस्थाको संख्या वृद्धि भएकाे सरकारले बजेटको आकार बढाउन भूमिका खेलिरहेकाे बताउनु भयाे। ‘राजस्वमा डेढ अर्बले वृद्धि गर्न सकेका छौं । सुरुमा योजना कम थिए, अहिले ती योजना विस्तार भएका छन्,’ उहाँले भन्नुभयाे ।

मुख्यमन्त्री आचार्यकाअनुसार, प्रदेश सरकारद्वारा सञ्चार क्षेत्रमा विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको छ । १२ वटै जिल्लालाई समान दृष्टिकोणका साथ महत्त्व दिइएको र मिडियाको हकहितका लागि वकालत गरिरहेको उहाँले उल्लेख गर्नुभयाे ।

‘सञ्चार समन्वय परिषद्को भूमिका थप प्रभावकारी बनाउन कानुनी सुधारको प्रक्रिया अघि बढाइएको छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयाे, ‘अहिले अर्थ मन्त्रालयमा पुगेको ऐन मन्त्रिपरिषद् हुँदै यही वर्षे अधिवेशनमा सदनमा प्रस्तुत हुन्छ । सञ्चार ऐनमा आवश्यक सुधार यही वर्ष हुन्छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा ‘मिलन’ ले सञ्चार क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयाे । राष्ट्रिय टेलिभिजन प्रशारक संघका केन्द्रीय उपाध्यक्ष विष्णु भुसालले प्रदेशमा समानुपातिक विज्ञापन वितरणको नीति आवश्यक रहेको बताउनु भयाे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराजप्रसाद पोखरेलले आशा जगाउने खालका कार्यमा सञ्चार क्षेत्र लाग्नुपर्नेमा जोड दिँदै सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनु भयाे ।

लुम्बिनी उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेशको आर्थिक विकास र सञ्चारको दिगो सञ्चालनका लागि वातावरण निर्माण राज्यको जिम्मेवारी रहेको बताउनु भयाे । उहाँले तथ्य र प्रमाणमा आधारित पत्रकारिता आजको आवश्यकता रहेकाेमा जाेड दिनुभयाे ।

उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले मिडियाले निजी क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने गरी काम गर्नुपर्ने बताउनु भयाे ।

चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले ‘एकीकृत आवाज र आशावादी दृष्टिकोणसहित निजी क्षेत्रको समृद्धिका लागि सञ्चारको सहयोग अपरिहार्य’ रहेको बताउनु भयाे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले आ-आफ्नाे धारणा राख्नु भएको थियाे । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीका निवर्तमान अध्यक्ष नरेश केसीकाे नेतृत्वमा रहेकाे कार्यसमितिले नवनिर्वाचित गोपाल ज्ञवालीको अध्यक्षतामा रहेकाे कार्यसमितिलाई पद हस्तान्तरण गरेकाे थियाे ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...