सिरकभित्र बसेर फेसबुक पोष्ट मार्फत विरोध गर्नेहरुबाट नेपालको भविष्य सुरक्षित छैन : प्रधानमन्त्री


बुटवल

प्रधानमन्त्री केपीशर्मा ओलीले सिरकभित्र बसेर फेसबुक पोस्ट मार्फत विरोध गर्नेहरूबाट नेपालको भविष्य सुरक्षित नरहेको बताएका छन्। उनीहरुको धन्दा एग्रेसन बढाउने र स्वार्थको रोटी सेक्ने मात्र भएको उनको टिप्पणी छ ।

सरकारसँग स्टार्टअप लोन लिएर उद्यममा प्रगति गरिरहेका युवाहरूलाई भेटेर उनीहरुको उत्पादन हेरेपछिको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले नेपालको भविष्य यस्ता स्टार्टअप स्टलहरूमा रहेको बताएका छन्।  

‘कोठामा सिरकभित्र बसेर फेसबुक पोस्ट मार्फत विरोध गर्नेहरूबाट नेपालको भविष्य सुरक्षित छैन। उनीहरूको धन्दा एग्रेसन बढाउने र स्वार्थको रोटी सेक्ने मात्र हो,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको भविष्य यस्ता स्टार्टअप स्टलहरूमा छ, जसले उद्यम गरिरहेको छ र अरूलाई पनि प्रेरणा दिइरहेको छ। जुन काम उहाँहरूले गर्नु भएको छ।’  

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...