विद्यालय शिक्षा ऐन सुधारको १६ विद्यार्थी संगठनद्वारा माग


काठमाडौं

१६ वटा विद्यार्थी संगठनले विद्यालय शिक्षकको नियुक्ति प्रक्रिया समावेशितामा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेका छन्।

शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले विद्यालय शिक्षा ऐनमा यस्तो स्पष्ट व्यवस्था समेट्न सरकारसँग माग गरेका हुन्।

पटक–पटक विद्यालय शिक्षा ऐन ल्याउने प्रतिवद्धता जनाइए पनि अहिलेसम्म ऐन जारी हुन नसक्नु सरकारको गम्भीर उपेक्षा भएको विद्यार्थी संगठनहरूको भनाइ छ । उनीहरूले शिक्षा ऐन पारित गर्नमा ढिलाइ हुनु नीतिगत गैरजिम्मेवारी भएको ठहर गरेका छन्।

संयुक्त विद्यार्थी संगठनले विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन यथाशीघ्र चाँडो पारित गर्न माग गर्दै संविधानको धारा ३१ अनुसार माध्यमिक तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क रूपमा प्राप्त गर्ने संवैधानिक हकको कार्यान्वयनको माग पनि गरेका छन्।

शिक्षा ऐन, २०२८ मा उल्लेख गरिएअनुसार सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीहरूको व्यवस्थापन गर्ने जिम्मेवारी राज्यको हुनुपर्ने उनीहरूको धारणा छ।

त्यस्तै, विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा विद्यार्थी संगठनहरूको समेत समावेशी सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

संगठनले त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयहरूको ऐन अनुसार स्ववियु स्वतन्त्र विद्यार्थी युनियन वा विद्यार्थी कल्याण परिषद्को निर्वाचन गराउन पनि सरकारलाई आग्रह गरेका छन्।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...