गुल्मीका शिक्षा प्रेमी पन्थीको नाममा हुलाक टिकट जारी


गुल्मी

गुल्मीका एक शिक्षा प्रेमी ब्यक्तिको आज देखि हुलाक टिकट जारी भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५ रजस्थलका स्वर्गिय पण्डित ऋषिराम पन्थीकाे नामबाट १० रुपैयाँको हुलाक टिकट जारी भएको हो ।

काठमाडौं बबरमहलस्थित हुलाक सेवा विभागको सभाहलमा आयोजित बिशेष समारोहमा उनी सहित तीन जना शिक्षा विद र विभिन्न स्थान गरि कुल १४ वटा टिकटमा सुचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाई आज देखि जारी गरिएको हो।
नेपाल हुलाक सेवा विभागद्वारा शिक्षा-प्रेमी स्वर्गिय पं. ऋषिराम पन्थीको सम्मानमा हुलाक टिकट जारी गरेकाे छ।
नेपाल हुलाक सेवा विभाग, केन्द्रीय कार्यालय बबरमहल काठमाडौंद्वारा गुल्मीका एक शिक्षाप्रेमी व्यक्तित्व स्वर्गीय पण्डित ऋषिराम पन्थीको सम्मानमा हुलाक टिकट प्रकाशित गरिएको छ।
यो सम्मान पाउने उनी नेपालको हुलाक टिकटमा पहिलोपटक अङ्कित हुने व्यक्ति बन्न सफल भएका छन्न।

गुल्मी जिल्लावासी एवं सम्पूर्ण नेपाली समाजका लागि गर्वको विषय वनेकाे छ। धुर्काेट वस्तुमा रहेकाे हिमालय माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्ण प्रसाद भण्डारीका अनुसार उनले बिक्रम सम्बत १९७० साल देखि सरकारी शिक्षक रुपमा बाग्लुङ जिल्लामा शिक्षाको ज्योति छरेका थिए। पछि १९८१ सालमा गुल्मी संस्कृत शिक्षा पाठशाला संचालनमा ल्याएका थिए। उक्त पाठशाला पश्चिम गुल्मीको पहिलो पाठशाला थियो ।

स्वर्गिय पं. ऋषिराम पन्थीको जन्म वि.सं. १९५२ असार शुक्ल पञ्चमीका दिन भएको थियाे।
उहाँको जन्म गुल्मी जिल्ला धुर्कोट गाउँपालिका–५, रजस्थल भएको थियाे।
उहाँका बुबा स्व. पं. किशन उपाध्याय पन्थी,
आमा स्व. यदूकुमारी पन्थी,श्रीमती स्व. वाग्मती देवी पन्थी थिए ।
प्रारम्भिक शिक्षा तीनधारा संस्कृत प्रधान पाठशाला, रानीपोखरी, काठमाडौंबाट भएको थियाे।
वि.सं. २०२९ साल, कार्तिक कृष्ण अमावस्या मृत्युु भयाे।
स्वर्गिय पण्डित ऋषिराम पन्थी शिक्षाको क्षेत्रमा समर्पित एक जिवन्त प्रेरणा थिए। उनले जीवनभर शिक्षा र संस्कृतिको प्रवर्धनमा योगदान पुर्‍याए। संस्कृत शिक्षाको माध्यमबाट राष्ट्रिय चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेलेका उनी सरल जीवन, उच्च विचारका धनी थिए।
उहाँको योगदानलाई सम्मान गर्दै नेपाल सरकारद्वारा प्रकाशित हुलाक टिकट अब सम्पूर्ण देशभर वितरणमा रहेको छ। यो टिकट शिक्षामा समर्पित व्यक्तित्वप्रति कृतज्ञता प्रकट गर्ने एउटा ऐतिहासिक प्रमाण पनि हो।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...