६९ जिल्लामा बाढीको उच्च जोखिम, ५ जिल्लामा ‘रेड अलर्ट’ जारी
काठमाडौं
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ६९ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।
महाशखाले दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरमा रेड अलर्ट र काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ६९ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।
आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम अति उच्च रहने भएकाले रेड अलर्ट जारी गरिएको हो ।
यस्तै काभ्रेपलान्चोक, मकवानपुरमा बाढीको सम्भावना उच्च रहने महाशाखाले जनाएको छ । यि दुइ जिल्लालाई ओरेन्ज अलर्ट जारी गरिएको छ ।
यस्तै संखुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी पुर्व, नवलपरासी पश्चिम, कपिलबस्तु, म्याग्दी, प्युठान, अर्घाखाँची,...







