सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा पहिरो: दुईतर्फी सडक अवरुद्ध


बुटवल

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा निरन्तर वर्षाका कारण आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग दुबैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार २०८२ साउन २० गते बिहानदेखि अविरल वर्षा भइरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको ठूलो पहिरो खसेको हो, जसले गर्दा राजमार्ग अवरुद्ध भएको पुष्टि गरिएको छ।

सडकको दुबै लेन बन्द हुँदा बुटवल–तानसेन खण्डमा सवारी साधनहरू आवागमन गर्न नसक्ने अवस्था सिर्जना भएको छ।
हाल पहिरो पन्छाउने प्रयासका लागि सुरक्षाकर्मी, स्थानीय प्रशासन र सडक डिभिजनको टोली घटनास्थलमा खटिएको जनाइएको छ।

प्रहरीका अनुसार, लगातार झरी भइरहेकाले तत्काल ढुङ्गा हटाउन जोखिम भएकाले वर्षा रोकिएपछि मात्र जेसीबी प्रयोग गरेर सडक खुलाउने प्रयास अघि बढाइनेछ।

यस क्षेत्र पहिरोको दृष्टिले अति जोखिमयुक्त मानिने भएकाले प्रहरी प्रशासनले अत्यावश्यक बाहेक अन्य यात्रामा ननिस्कन आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...