सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा पहिरो: दुईतर्फी सडक अवरुद्ध


बुटवल

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा निरन्तर वर्षाका कारण आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग दुबैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार २०८२ साउन २० गते बिहानदेखि अविरल वर्षा भइरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको ठूलो पहिरो खसेको हो, जसले गर्दा राजमार्ग अवरुद्ध भएको पुष्टि गरिएको छ।

सडकको दुबै लेन बन्द हुँदा बुटवल–तानसेन खण्डमा सवारी साधनहरू आवागमन गर्न नसक्ने अवस्था सिर्जना भएको छ।
हाल पहिरो पन्छाउने प्रयासका लागि सुरक्षाकर्मी, स्थानीय प्रशासन र सडक डिभिजनको टोली घटनास्थलमा खटिएको जनाइएको छ।

प्रहरीका अनुसार, लगातार झरी भइरहेकाले तत्काल ढुङ्गा हटाउन जोखिम भएकाले वर्षा रोकिएपछि मात्र जेसीबी प्रयोग गरेर सडक खुलाउने प्रयास अघि बढाइनेछ।

यस क्षेत्र पहिरोको दृष्टिले अति जोखिमयुक्त मानिने भएकाले प्रहरी प्रशासनले अत्यावश्यक बाहेक अन्य यात्रामा ननिस्कन आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...