समाचार

उत्तराखण्ड बाढी : कम्तीमा १७ नेपाली बेपत्ता, जाजरकोटका १३ जना परेको आशंका

उत्तराखण्ड बाढी : कम्तीमा १७ नेपाली बेपत्ता, जाजरकोटका १३ जना परेको आशंका

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तीमा १७ नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका चार र जाजरकोटका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासनलाई खोजीका लागि गुहारेका छन् । आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाएका छन् । ‘थप तीन जना घाइते भएको समेत पुष्टि भएको छ,’ उनले सुनाए, ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको छ । दूतावासमार्फत समन्वय भइरहेको छ भन्ने बुझेको छु ।’ यस्तै जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जना बढी बेपत्ता भएको जनाएका छन् । ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जना बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने...
सुनौली नाका हुँदै भारतबाट खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार

सुनौली नाका हुँदै भारतबाट खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं नेपालबाट भारतहुँदै विभिन्न खडी मुलुकमा लैजान लागिएका महिलालाई उद्धार गरिएको छ । सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको हो । विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा उनीहरुलाई त्यहाँ पुर्‍याइएको थियो ।   उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ । उनीहरूलाई नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो । उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ । ...
रविले थुनामुक्त गर्न माग गर्दै दिए रुपन्देही जिल्ला अदालतमा निवेदन

रविले थुनामुक्त गर्न माग गर्दै दिए रुपन्देही जिल्ला अदालतमा निवेदन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा  रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन्  । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् । लामिछानेको सचिवालयले  १९ साउनमा अदालतमा निवेदन दिएको भएपनि यो विषय  तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकोबारे चार दिनपछि बिहीबार (आज) मात्रै ...
विद्यालय शिक्षा विधेयकमा सहमति खोजिँदै, परामर्श उपसमितिको प्रस्ताव प्रस्तुत

विद्यालय शिक्षा विधेयकमा सहमति खोजिँदै, परामर्श उपसमितिको प्रस्ताव प्रस्तुत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ। बैठकमा परामर्श उपसमितिले तयार पारेको सहमतिको प्रस्ताव समितिका सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेका छन् । उपसमितिले शिक्षक बढुवा प्रक्रिया तीनवटा आधारमा गर्ने प्रस्ताव अघि सारेको छ। साथै, शिक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि आवश्यक न्यूनतम अंक घटाएर ८० बनाउने सुझाव पनि सोही प्रस्तावमा समावेश गरिएको छ । शिक्षक महासंघसँग सम्बन्धित व्यवस्थामा पनि परामर्श उपसमितिले स्पष्ट सन्देश दिएको छ । महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा तिनीहरूको सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने प्रस्ताव गरिएको छ। यस्तै, महासंघको सदस्यताका आधारमा कुनै अतिरिक्त सेवा-सुविधा वा जिम्मेवारीबाट छुट नपाउने व्यवस्था पनि प्रस्तावमा उल्लेख छ । न...
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन सचिव नेपाल आउँदै

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन सचिव नेपाल आउँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, समाचार
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । सचिव मिस्री भदौ १ गते नेपाल आउने भएका हुन् ।  परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सचिव मिस्री नेपाल आउन लागेका तर कहिले आउने त्यसको बारेमा पछि जानकारी गराइने बताए ।   प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भइसकेको छ । त्यसको मिति घोषणा गर्न मात्र बाँकी छ । सोही सिलसिलामा उनको यो भ्रमण हुन लागेको प्रवक्ता क्षेत्रीले बताए ।  सचिव मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  सचिवमा नियुक्त भएपछि ठिक एक वर्षअघि मिस्री नेपाल भ्रमणमा आएका थिए । सचिव मिस्रीले सो भ्रमणलाई परिचयात्मक भ्रमण भनेका थिए । त्यतिबेला पनि प्रधानमन्त्री अ‍ोलीलाई भारत भ्रमणको निम्तो द...
लुम्बिनी बिकास कोषलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रह

लुम्बिनी बिकास कोषलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रह

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीलाई राजनीतिक पूर्वाग्रह नराखीकन मिलेर परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भएको ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’ विषयक छलफलमा उनले लुम्बिनी विकास कोषले केही कामहरु गरे पनि अपेक्षाअनुसार काम गर्न नसकेको बताए । उनले भने, “कोषले काम गरेको छ, तर अपेक्षाअनुुसार भएको छैन, आगामी दिनमा लुम्बिनी क्षेत्रलाई थप व्यवस्थित गरेर अगाडि बढ्ने योजना छ ।” लुम्बिनी क्षेत्रको समग्र विकासको निम्ति सबैभन्दा पहिला सङ्घीयतापछि स्थानीय तह र प्रदेशलाई पनि समावेश गरेर ऐन नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै कानुन परिवर्तन गर्ने विषयमा काम भइरहेको मन्त्री पाण्डेले बताए । उनले भने, “लुम्बि...
विद्यालय शिक्षा विधेयकमा छलफल गर्न समितिको बैठक बस्दै

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न समितिको बैठक बस्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आजका लागि बोलाइएको छ । दिउसो २ बजे बस्ने बैठकले बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । यस अघि पटक पटक बसेको बैठक अनिर्णित हुदा समिति निष्कर्षमा पुग्न सकेको थिएन । यस अघि गत असर २२ गतेनै समितिबाट विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो । सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन । ...
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना...
विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न नहुनेमा प्रधानमन्त्री ओलीको जोड

विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न नहुनेमा प्रधानमन्त्री ओलीको जोड

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
आवाजा (तुर्कमेनिस्तान) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड दिएका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत आज ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’सम्बन्धी ‘राउन्ड टेबल’को सहअध्यक्षता गर्दै उनले निष्पक्ष व्यापार सर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाब दिनुपर्नेमा जोड दिए । 'यसै वर्ष जुनमा हामीले पारित गरेको सेभिया प्रतिबद्धताको कार्ययोजनाले पनि पूर्वाधार निर्माण, स्मार्ट व्यापार, कोरिडोरमा लगानी, यातायात र रसद उद्योगको विकास, व्यापार र भन्सार प्रक्रियालाई डिजिटलाइज गर्ने विषयलाई महत्त्व दिएको छ । यसको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि बलियो प्रतिबद्धता आवश्यक पर्दछ', प्रधानमन्त्री ओलीले भने, 'यी उपायको इ...
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते प्रदर्शन गर्ने

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते प्रदर्शन गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोध गर्ने भएको छ ।  अमेरिकन सहयोग एमसिसी परियोजनाविरुद्ध देशभर नेकपाले विरोध प्रदर्शन गर्ने भएको हो । नेकपाको एमसिसी सरोकार समितिका संयोजक भरत सीले साउन ३० गते देशका मुख्य सहरमा एमसिसी विरुद्ध जनप्रदर्शन गर्न लागेको जनाएका छन्।   ‘एमसिसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन् । परिमार्जनबिना जबरजस्ती पुनः एमसिसी लाद्नु घातक छ । एमसिसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसङ्घर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ। ...