समाचार

प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री ओली चीन प्रस्थान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् ।  तियानजिनमा हुने सांघाई सहयोग संगठन ९एससीओ०को शिखर सम्मेलनमा सहभागी हुन आज  बिहान ७ बजे उनी चीन प्रस्थान गरेका हुन् ।  भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ । ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ ।  भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभ...
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नाघ्यो

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नाघ्यो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ६ सयमा कारोबार भइरहेको छ ।यसअघि विहिबार सुनको मुल्य तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भएको थियो । सुनको मुल्य पहिलो पटक दुई लाख नाधेको हो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २३५५ मा कारोबार भएको थियो । ...
प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणबारे सदनलाई गराए जानकारी

प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणबारे सदनलाई गराए जानकारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँप्रधानमन्त्री केपी शर्माओलीले आफू भदौ १४ गतेदेखि १८ गतेसम्म चीनका राष्ट्रपति सी जिन पिङको निमन्त्रणा चीनमा जान लागेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै आफू चीन जाने कार्यक्रमबारे जानकारी गराएका छन् ।तियानमेनमा आयोजना हुने शाङ्घाइ शिखर सम्मेलनमा सहभागी हुन लागेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति पिङसँग भेट गर्ने जानकारी दिए । सम्मेलनमा सहभागी भएर तियानमिनबाट रेलमार्फत भदौ १७ गते बेइजिङ जानेछन् ।बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवका कार्यक्रमको परेडमा समेत प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।चीन भ्रमणका क्रममा आफूले चीन र रुसका साथै भियतनाम, माल्दिभ्स, लाओ पिपुल्स, कम्बोडियाका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग साइडलाइन वार्ता गर्ने तय भएको जानकारी दिए । ...
रुस युक्रेन युद्ध : हमलामा युक्रेनमा २३ जनाको मृत्यु, ईयूको मुख्यालयमा पनि क्षति

रुस युक्रेन युद्ध : हमलामा युक्रेनमा २३ जनाको मृत्यु, ईयूको मुख्यालयमा पनि क्षति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, समाज
काठमाडौंयुरोपेली संघको कार्यकारी आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले जुलाईपछि कीभमा भएको रूसको सबैभन्दा घातक हमलाप्रति आफ्नो आक्रोश व्यक्त गरेकी छन् । उनले रूसले युक्रेनी नागरिकहरूको अन्धाधुन्ध हत्या गरिरहेको बताएकी छन् ।उक्त हमलाले युक्रेनको राजधानीमा रहेको ईयूको प्रतिनिधिमण्डलको कार्यालयमा समेत क्षति पुर्याएको छ ।युक्रेनी अधिकारीहरूका अनुसार सो बमबारीमा चार बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ । थुप्रै व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ । एउटा पाँचतले आवासीय भवन पूर्णरूपमा ध्वस्त भएको छ । ईयू मिसन तथा नजिकैको ब्रिटिस काउन्सिलमा क्षति पुगेको छ । कडा शब्दको वक्तव्यमा भोन डेर लेयनले दुईवटा क्षेप्यास्त्र प्रतिनिधिमण्डलको कार्यालयबाट ५० मिटरको दुरीमा प्रहार गरिएका थिए । रूसले लगभग ६०० ड्रोन र ३० भन्दा बढी ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनाल...
क्षतिपूर्तिबिना उद्योग सार्न नसकिने उद्योगीहरुको अडान

क्षतिपूर्तिबिना उद्योग सार्न नसकिने उद्योगीहरुको अडान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, समाचार
रुपन्देही भैरहवा–लुम्बिनी औद्योगिक करिडोरका उद्योगहरूलाई दुई वर्षभित्र स्थानान्तरण गर्न सर्वोच्च अदालतले दिएको आदेशले उद्योगीहरूमा ठूलो अन्योल सिर्जना भएको छ । उद्योगीहरूले क्षतिपूर्तिको ग्यारेन्टीबिना उद्योग सार्न नसक्ने अडान राख्दै आदेश कार्यान्वयन कठिन हुने तर्क गरेका छन् । अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा सर्वोच्चले लुम्बिनी क्षेत्रको प्रदूषणले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र मानव स्वास्थ्यमा गम्भीर असर पारेको ठहर गर्दै उद्योग बुधबार स्थानान्तरणको आदेश दिएको हो । यसअघि पनि २०७६ असारमा सर्वोच्चले लुम्बिनी विकास क्षेत्र वरपर १५ किलोमिटरभित्र उद्योग सञ्चालन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, अन्तरिम आदेश समेत कार्यान्वयन नगरेका उद्योगीहरु सर्वोच्चको पछिल्लो आदेशपछि थप दबाबमा परेका छन् । ७० अर्ब लगानी, हजारौं श्रमिक प्रभावित भैरहवा–लुम्बिनी करिडोरमा करिब...
बुटवलबाट तीन कम्युनिस्ट नेताकाे गर्जन : कम्युनिस्ट पुनर्गठनकाे आवस्यकता

बुटवलबाट तीन कम्युनिस्ट नेताकाे गर्जन : कम्युनिस्ट पुनर्गठनकाे आवस्यकता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवलसहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा आयाेजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द "विप्लव " , माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा " प्रभाकर" तथा नेकपा एकीकृत समाजवादीका महासचिव घनस्याम भुसालले नेपालका कम्युनिस्ट पार्टिहरुमा दासत्व, भ्रष्टाचार जस्ता विकृति माैलाएकाेले कम्युनिस्ट पुनर्गठन आवस्यक रहेकाे वताएका छन्। दिग्दर्शन भुलेर दिग्भ्रममा नेपालका कम्युनिस्ट पार्टी : विप्लव नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालका कम्युनिस्ट पार्टीहरु समाजवाद हुँदै साम्यवादमा पुग्ने दिग्दर्शन भुलेर वेतिथि, भ्रष्टाचार जस्ता विकृतिको दिग्भ्रममा परेकाे बताएका छन् । विप्लवले भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थलमा एकै दिन ५० लाख घुस खाने गरिएको प्रसंग उल्लेख गर्दै विप्वले यस्तो बताएका हुन् । ‘हामील...
सोचेजति नभएको हो, देशमा केही त अवस्य हुँदैछ: मनाेज गजुरेल

सोचेजति नभएको हो, देशमा केही त अवस्य हुँदैछ: मनाेज गजुरेल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
बुटवलरत्नपार्कमा ट्राफिकले ‘नमस्कार’ गर्दै गाडी रोक्नुभयो । लाईसेन्स, ब्लुबुक जाँच्नुभयो र वाकीटकीमा सोध्नुभयो- सर गाडीको कसुर ? जवाफ आयो ,लापरवाहीपुर्वक गाडी चलाएको ।मैले सोधेँ- कस्तो लापरबाही !भन्नुभयो- गाडी हाँक्दै मोबाईल चलाएको । थप्नुभयो-क्यामेरा र सादा पोशाकमा ट्राफिकहरु तपाईँलाई नियालिरहेकाछन्, जहाँ जहिले पनि कारवाहीमा पर्न सक्नुहुन्छ ।फेरी प्रश्न गर्नुभयो- नागरिक एप चलाउनुहुन्छ ? एप देखाएपछि भन्नुभयो- अहिले जान सक्नुहुन्छ, पछि एप चेक गर्नुहोला ! म दङ्ग पर्दै हिंडेँ । तर, बेलुका नागरिक एपमा ५ सय रुपैयाँ जरिवानाको नोटिस आएको रहेछ ! कारण, लापरवाही पुर्वक गाडी चलाएको ! मैले ईसेवाबाट जरिवाना तिरेँ, खुसीसाथ मन्जुपनि खुसी भईन्, किनकी गाडी हाँक्दा मोबाईलमा बोल्ने मेरो बानीबाट उनि पनि आजीत भएकी थिईन् । ‘लातोंका भुत बातोंसे नही मानता’ भनेको सही रहेछ ! जरिमानाले मेरो ड्राईभ एण्ड मो...
बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा हुने

बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै  जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ । देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव ९डेब्रिज फ्लो०को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको स...
भाद्र शुक्ल पञ्चमी : आज सप्त ऋषिको पूजाआराधना गरिँदै

भाद्र शुक्ल पञ्चमी : आज सप्त ऋषिको पूजाआराधना गरिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
बुटवल भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचनद्र गौतमले बताए । यसरी स्नान गरेपछि अरुन्धत...
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा असोज २७ गते हुने

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा असोज २७ गते हुने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभाको मिति तय गरिएको छ । कार्यसमिति बैठकले संघको ७२ औं वार्षिक साधारण सभा आगामी असोज २७ गते सोमबारका दिन गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए।संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । साधारण सभामा सहभागि सदस्यहरुलाई वितरण गर्ने किट व्याग व्यवस्थापनका लागि कार्यसमिति सदस्य जगन्नाथ न्यौपाने, खाना तथा खाजा व्यवस्थापनका लागि कार्यसमिति सदस्य उमेश अमात्य र स्वागत तथा सत्कारका लागि कार्यसमिति सदस्य रेनु श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।त्यसैगरी मतसर्वेक्षणका लागि कार्यसमिति सदस्य सुनिता शर्मा वञ्जाडे, प्रस्ताव लेखनमा कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे, मञ्च तथा हल व्यवस्थापनका लागि कार्यसमिति...