प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणबारे सदनलाई गराए जानकारी


काठमाडौँ
प्रधानमन्त्री केपी शर्माओलीले आफू भदौ १४ गतेदेखि १८ गतेसम्म चीनका राष्ट्रपति सी जिन पिङको निमन्त्रणा चीनमा जान लागेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै आफू चीन जाने कार्यक्रमबारे जानकारी गराएका छन् ।
तियानमेनमा आयोजना हुने शाङ्घाइ शिखर सम्मेलनमा सहभागी हुन लागेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति पिङसँग भेट गर्ने जानकारी दिए । सम्मेलनमा सहभागी भएर तियानमिनबाट रेलमार्फत भदौ १७ गते बेइजिङ जानेछन् ।
बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवका कार्यक्रमको परेडमा समेत प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।
चीन भ्रमणका क्रममा आफूले चीन र रुसका साथै भियतनाम, माल्दिभ्स, लाओ पिपुल्स, कम्बोडियाका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग साइडलाइन वार्ता गर्ने तय भएको जानकारी दिए ।

छुटाउनुभयो कि ?

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...
आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...