पर्यटन र वन ऐन पर्यटन व्यवसायका बाधक, व्यवसायीबीचकै सहकार्य, बनेका संरचनाको प्रयोग तथा पर्यावरण संरक्षणमा अग्रह
बुटवलपर्यटनको नीतिगत सुधारका साथै बजेटको सही प्रयोग गर्नुपर्ने सो क्षेत्रका विज्ञ तथा सरोकारवाला निकायले सुझाव दिएका छन् । उनीहरुले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरु बीचको सहज पहुँच बनाउनुपर्ने, धार्मिक स्थानहरु सोही खालका पर्यटकीय वातावरण बनाउन आग्रह गरेका छन् ।रुपन्देही उद्योग संघले संचालन गरेको १६ औं औद्योगिक प्रदर्शनीको अवसरमा आयोजित पर्यटकीय प्रवेशद्वार र पूर्वाधार लुम्बिनी समृद्धिको आधार विषयक पर्यटन बहसमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।उनीहरुले पर्यटकीय संघसंस्थाहरुबीच समन्वय र सहकार्यको वातावरण बनाउन सुझाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय अभियान तथा टुरप्याकेज संचालन गर्न, भारतीय पर्यटकहरुको सम्मानपूर्व व्यवहार गर्न सुझाव दिएका छन् ।सहभागी अधिकांशले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनका लागि सरकारसँगै निजी क्षेत्र पनि थप अग्रसर हुनुपर्ने आग्रह ...








