बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन


बुटवल

धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनसँग भेट नगर्ने बताएका छन्।
राजनीतिक भेटघाटमा सक्रिय बालेनले बिहीबार साँझ जेनजीको जिम्मा रक्षा बमलाई दिँदै गोपी हमालदेखि हर्क साम्पाङसम्म मिलाउने काम आफूले गर्ने बताएपछि साम्पाङले यसमा आफू सामेल नहुने अडान व्यक्त गरेका हुन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनका बेला प्रधानमन्त्री बन्न दौडधुप गरेका साम्पाङ त्यतिबेला आफूलाई समर्थन र सहयोग नगरेको भन्दै बालेनसँग रुष्ट छन्। त्यसयता उनले बालेनविरुद्ध निरन्तर सामाजिक सञ्जालमा लेखिरहेका छन्।

यसै क्रममा शुक्रबार बिहानै उनले बालेनको नाम नलिईकन फेसबुकमा लेखेका छन्, ‘मिडिया ट्रायल गर्न छोड! जेनजीलाई दुरुपयोग गर्ने र लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन। अफवाह फैलाउन छोड!’

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...