कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा यसपटक चुनाव नलड्ने घोषणा


काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

गत वर्ष पुस महिनामै झापामा आफूले चुनाव नलड्ने विषयमा जानकारी गराइसकेको उल्लेख गर्दै शर्माले झापा–१ का कांग्रेस नेता–कार्यकर्तालाई औपचारिक रूपमा जानकारी गराइसकेपछि कार्यसम्पादन समितिको बैठकमा चुनाव नलड्ने निर्णय सार्वजनिक गरेका हुन् ।
महामन्त्री शर्माले पार्टीको महामन्त्रीको जिम्मेवारी प्रभावकारी रूपमा बहन गर्दै अन्य साथीहरूलाई अवसर दिन यो निर्णय लिएको स्पष्ट पारे ।
“म २०७० मा चुनाव लडेँ, २०७४ मा पनि लडेँ र २०७९ मा सानदार ढंगले जितेको हुँ,” शर्माले भने, “स्थानीय तह निर्वाचनमा हामी नौ हजार मतले पछाडि थियौँ, तर प्रतिनिधिसभा निर्वाचनमा १४ हजार मतले जितेका हौँ । यसपटक पनि कांग्रेसले चुनाव जित्छ । चुनाव जिताउन म सक्रिय रूपमा काम गर्नेछु ।”

उनले २०४८ सालदेखि हालसम्म एउटै क्षेत्र नछोड्ने प्रवृत्तिका कारण धेरै कार्यकर्ताहरू अवसरबाट वञ्चित भएको उल्लेख गर्दै नयाँ राजनीतिक संस्कारको सुरुआत गर्न आफूले चुनाव नलड्ने निर्णय गरेको बताए ।

छुटाउनुभयो कि ?

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बास...
बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...