कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा यसपटक चुनाव नलड्ने घोषणा


काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

गत वर्ष पुस महिनामै झापामा आफूले चुनाव नलड्ने विषयमा जानकारी गराइसकेको उल्लेख गर्दै शर्माले झापा–१ का कांग्रेस नेता–कार्यकर्तालाई औपचारिक रूपमा जानकारी गराइसकेपछि कार्यसम्पादन समितिको बैठकमा चुनाव नलड्ने निर्णय सार्वजनिक गरेका हुन् ।
महामन्त्री शर्माले पार्टीको महामन्त्रीको जिम्मेवारी प्रभावकारी रूपमा बहन गर्दै अन्य साथीहरूलाई अवसर दिन यो निर्णय लिएको स्पष्ट पारे ।
“म २०७० मा चुनाव लडेँ, २०७४ मा पनि लडेँ र २०७९ मा सानदार ढंगले जितेको हुँ,” शर्माले भने, “स्थानीय तह निर्वाचनमा हामी नौ हजार मतले पछाडि थियौँ, तर प्रतिनिधिसभा निर्वाचनमा १४ हजार मतले जितेका हौँ । यसपटक पनि कांग्रेसले चुनाव जित्छ । चुनाव जिताउन म सक्रिय रूपमा काम गर्नेछु ।”

उनले २०४८ सालदेखि हालसम्म एउटै क्षेत्र नछोड्ने प्रवृत्तिका कारण धेरै कार्यकर्ताहरू अवसरबाट वञ्चित भएको उल्लेख गर्दै नयाँ राजनीतिक संस्कारको सुरुआत गर्न आफूले चुनाव नलड्ने निर्णय गरेको बताए ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...