समाचार

चिसो मौसममा पनि औद्योगिक प्रदर्शनीमा थेगी नसक्नु भीड

चिसो मौसममा पनि औद्योगिक प्रदर्शनीमा थेगी नसक्नु भीड

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण रहेको लोकदोहोरी प्रतियोगिताको उपाधि खस्यौली रोधी घर बुटवलले जितेको छ ।पुस ३ गतेदेखि संचालन भएको प्रदर्शनीमा मंगलबार भएको फाइनलमा उसले उपाधि जितेर ८८ हजार ८ सय ८८ रुपैयाँसहित प्रमाणपत्र पाएको सांस्कृतिक उपसििमतका संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो । त्यसैगरी दोस्रोमा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश, तेस्रोमा दोहोरी गीत प्रतिष्ठान पाल्पा, सान्तवना दोहोरी गीत प्रतिष्ठान रुपन्देही भएको उहाँले जानकारी दिनुभयो । दोस्रोले ४४ हजार ४ सय ४४, तेस्रोले २२ हजार २ सय २२ र सान्त्वनाले ११ हजार १ सय ११ रुपैयाँ रकम हात पारेका हुन् । त्यसैगरी खुला राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम पन्चायन भजन मण्डली सैनामैना, दोस्रोमा कलौनी कान्तिपुर बोर्डिङ सैनामैना र ...
सरकारको ध्यान निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नुमा केन्द्रित छ: गृहमन्त्री ओमप्रकाश अर्याल

सरकारको ध्यान निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नुमा केन्द्रित छ: गृहमन्त्री ओमप्रकाश अर्याल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
विराटनगरगृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा बस्नु नभई तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन् ।बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको 'कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी' को उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन् । उनले भने- 'निर्वाचन लोकतन्त्र एक असल अभ्यास हो र यो अपरिहार्य छ। निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पुर्‍याई शासनको वैधानिकता प्रदान गर्दछ ।'निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने हुनाले देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन, मन्त्री अर्यालले भने ।गृहमन्त्री अर्यालका अनुसार शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातावरण सृजनामा प्र...
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४९ वर्ष अघि स्वदेश फर्किएका हुन् ।विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ ...
निर्वाचनमा सुरक्षाका हिसाबले तीन भागमा वर्गीकरण गरेर व्यवस्थापन मिलाउने गरी कार्ययोजना

निर्वाचनमा सुरक्षाका हिसाबले तीन भागमा वर्गीकरण गरेर व्यवस्थापन मिलाउने गरी कार्ययोजना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँगृह मन्त्रालयले आयोगबाट तय भएका मतदानस्थल र मतदान केन्द्रलाई सुरक्षा चुनौतीका रुपमा तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाउने गरी सुरक्षा कार्ययोजना बनाएको छ ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएका करिब ११ हजार मतदानस्थलमध्ये एकतिहाइ सुरक्षाका दृष्टिले ‘अति संवेदनशील’ सूचीमा समेटिएका छन् ।२१ फागुन २०८२ मा प्रतिनिधिसभा सदस्यतर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १ सय ६५ प्रत्यक्ष र १ सय १० सिट सिट निर्वाचनबाट टुंगो लाग्ने छ । त्यसका लागि निर्वाचन आयोगले १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले तय भएका मतदानस्थलमध्ये एकतिहाइ अर्थात् ३ हजार ६ सय ८० स्थललाई अति संवेदनशील सूचीमा समेटिएको बताए । आयोगले तय गरेको मतदानस्थल र मतदान केन्द्रलाई सुरक्षा चुनौतीका आधारमा अति संवेदनशील, संवेदनशील ...
शीतलहरले सडक चिप्लो हुंदा दाउन्नेमा सोमबारदेखि यात्रुहरु अलपत्र

शीतलहरले सडक चिप्लो हुंदा दाउन्नेमा सोमबारदेखि यात्रुहरु अलपत्र

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवलशीतलहरले बाटो चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक जाम भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सडक चिप्लो भएपछि सोमबार साँझदेखिनै सवारीको लामो जाम रहेको छ ।दाउन्ने पहाडको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर चल्न सकेका छैनन् । सोमबार साँझदेखिनै यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् । सठक चिप्लो भएपछि सडकमा मालबहाक साधन तथा ठूला सवारीका साधन ठप्पहुँदा साना सवारीका साधनहरु समेत अवरुद्ध हुन पुगेको ट्राफिक प्रहरीले जनाएको छ । निर्माणाधीन बुटवल नारायणगढ ११४ किलोमिटर सडकको अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ । दाउन्नेमा वान वे बनाएर काम गर्दा ओभरलोड गाडी बिग्रिने समस्या भएको छ । ...
सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घट्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौं दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार एकाएक घटेको छ । मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ६२ हजार १ सय रुपैयाँमा कायम भएको छ । आइतबार सुनको भाउ प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । त्यस्तै, चाँदीको भाउ पनि मंगलबार प्रतितोला ३ सय ५ रुपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको थियो । ...
आज तमु ल्होसार पर्व , सार्वजनिक बिदा

आज तमु ल्होसार पर्व , सार्वजनिक बिदा

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंगुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् ।तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । ...
बुटवलमा आजदेखि तीन दिने सडक खाना महोत्सव

बुटवलमा आजदेखि तीन दिने सडक खाना महोत्सव

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलअंग्रेजी नयाँ वर्षको अवसर ‘बुटवल सडक खाना महोत्सव’ हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा मंगलबारदेखि बुटवलमा तीन दिने सडक खाना महोत्सव हुने भएको हो । बुटवल उपमहानगरपालिका वडा नं. ९ तिनकुने चोकदेखि बसपार्क चोकसम्म आयोजना हुने महोत्सवको तयारी पुरा भएको आयोजक संघका अध्यक्ष माधव कुमार खनालले बताए । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित आयोजना गरिने महोत्सवमा स्थानीय रैथाने खानाका परिकार, विभिन्न जातीय समुदायका पहिचान झल्काउने परिकारसँगै स्वदेशी तथा विदेशी स्वादका परिकारहरू प्रस्तुत गरिने उनले बताए । सडकको बिचमा अत्याधुनिक स्टलहरु निमार्ण गरिएको उनले बताए । महोत्सवमा विभिन्न जातजाति र समुदायसँग सम्बन्धित परिकारसँगै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने तथा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको स...
तोकियो प्रतिनिधिसभा उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

तोकियो प्रतिनिधिसभा उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो .आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी...
रवि-बालेन-कुलमान आइपुगे एकै ठाउँ, जेन-जीसँग पनि समझदारीको तयारी

रवि-बालेन-कुलमान आइपुगे एकै ठाउँ, जेन-जीसँग पनि समझदारीको तयारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँवैकल्पिक राजनीतिका तीन प्रमुख समूह अब एउटै पार्टी र चिह्नबाट निर्वाचनमा होमिने भएका छन् ।रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सहमति भएको भोलिपल्टै ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि एकतामा समेटिएको छ । रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको एकताको सहमतिपत्रमा बालेन्द्र साक्षी बनेका छन् । हस्ताक्षरका बेला कुलमान पनि उपस्थित थिए । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, उसकै झन्डा र चुनाव चिह्न कायम रहने सहमतिपत्रमा उल्लेख छ ।सभापति रवि नै रहने र उपसभापतिमा कुलमान, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने भनिएको छ ।उज्यालो नेपाल अभियानलाई अपनत्व लिएर पार्टीका संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा भएका युवा अभियन्ता र अनुभवी वि...