रवि-बालेन-कुलमान आइपुगे एकै ठाउँ, जेन-जीसँग पनि समझदारीको तयारी


काठमाडौँ
वैकल्पिक राजनीतिका तीन प्रमुख समूह अब एउटै पार्टी र चिह्नबाट निर्वाचनमा होमिने भएका छन् ।
रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सहमति भएको भोलिपल्टै ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि एकतामा समेटिएको छ ।

रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको एकताको सहमतिपत्रमा बालेन्द्र साक्षी बनेका छन् । हस्ताक्षरका बेला कुलमान पनि उपस्थित थिए ।

एकतापछि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, उसकै झन्डा र चुनाव चिह्न कायम रहने सहमतिपत्रमा उल्लेख छ ।
सभापति रवि नै रहने र उपसभापतिमा कुलमान, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने भनिएको छ ।
उज्यालो नेपाल अभियानलाई अपनत्व लिएर पार्टीका संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा भएका युवा अभियन्ता र अनुभवी विज्ञलाई समुचित समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ । जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...