समाचार

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंसंखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो। धक्का संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ।हालसम्म मानवीय वा भौतिक क्षतिको सूचना प्राप्त भएको छैन। दुवै जिल्लाका सुरक्षा निकायले अवस्था सामान्य रहेको र थप जानकारी संकलन भइरहेको बताएका छन् ...
बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई आयोगको पत्र

बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई आयोगको पत्र

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ ।आयोगले बिहीबार (फागुन १४) चुनावका बेलामा विवादित भिडियो ल्याइएको भन्दै हटाउन पत्राचार गरेको हो ।बीबीसीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा भिडियो रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टमा आन्दोलनको क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको भनिएको छ । ...
देशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने

देशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने

Breaking news 3, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपात भईरहेको छ । आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भामामा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा...
बुटवलमा शैक्षिक सामग्रीको नयाँ गन्तव्य: होराइजन एजुकेशनल मार्ट सन्चालनमा ।।

बुटवलमा शैक्षिक सामग्रीको नयाँ गन्तव्य: होराइजन एजुकेशनल मार्ट सन्चालनमा ।।

ताजा अपडेट, विविध, समाचार, स्थानीय
फागुन १४ बुटबल बुटवलमा शैक्षिक सामग्री र पोशाकको एकीकृत सेवा केन्द्रका रूपमा “होराइजन एजुकेशनल मार्ट” आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। बुटबलको होराइजन चोक स्थित यस मार्टले विद्यालय तथा कलेजसँग सम्बन्धित सम्पूर्ण सामग्री एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य लिएको छ।बुटवल–११ मा स्थापित उक्त मार्ट करिब डेढ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको हो। सञ्चालकहरू राम प्रसाद ज्ञवाली, बिनोद पन्त र सन्तोष मरासिनी रहेका छन्। सञ्चालक सन्तोष मरासिनीका अनुसार विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्थाहरूको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतासहित सेवा सुरु गरिएको हो। “हामीले स्टेशनरीदेखि विद्यालय तथा कलेज युनिफर्म, जुत्ता–मोजा, खेलकुद पोशाक, अफिस सप्लाईका सामग्रीसम्म एउटै छानामुनि उपलब्ध गराएका छौं। ग्राहकको विश्वास जित्नु नै हाम्रो प्रमुख लक्...
निर्वाचन अवधिमा सुरक्षा र स्वास्थ्य सम्बन्धि सेवा तयारी अवस्थामा राख्न आयोगको निर्देशन

निर्वाचन अवधिमा सुरक्षा र स्वास्थ्य सम्बन्धि सेवा तयारी अवस्थामा राख्न आयोगको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंफागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सुरक्षा तथा सहजीकरणसम्बन्धी विशेष निर्णय गरेको छ ।निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा योजनाको समीक्षा, वर्तमान सुरक्षा अवस्थाको मूल्यांकन तथा आवश्यक मार्गदर्शनका आधारमा विभिन्न निर्णय गरी कार्यान्वयन गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ ।निर्णयअनुसार फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई गृह मन्त्रालयमार्फत निर्देशन दिइनेछ। निषेध गरिएका गतिविधि भएमा तत्काल कानुनबमोजिम कारबाही गरी आयोगलाई जानकारी गराइने व्यवस्था मिलाइनेछ । त्यसैगरी मतदानको मितिभन्दा सात...
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाई तथा भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवको समुपस्थितिमा सो समझदारी पत्रमा बुधबार नयाँदिल्लीमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदुत डा. शंकरप्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमारले हस्ताक्षर गरेका थिए । उक्त अवसरमा नेपाल र भारत सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको वन मन्त्रालयका प्रवक्ता डा महेश्वर ढकालले जानकारी दिए । नेपाल र भारत संयुक्त राष्ट्र सङ्घअन्तर्गत जैविक विविधतालगायत विभिन्न वातावरण संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको पक्षराष्ट्र हुन् । दुवै राष्ट्रको सीमा जोडिएको क्षेत्रमा संरक्षित क्षेत्र र जैव...
बुटवलमा बिलविहीन १० लाख बढीको मदिरा बरामद, दुई सवारीसाधनसहित नियन्त्रणमा

बुटवलमा बिलविहीन १० लाख बढीको मदिरा बरामद, दुई सवारीसाधनसहित नियन्त्रणमा

Breaking news 3, समाचार, समाज, स्थानीय
बुटवलबिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न थालिएको लाखौं रुपैयाँ पर्ने मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवल उप(महानगरपालिका वडा नं ८ सुख्खानगर स्थित मैत्रि पथमा राकेर राखिएको २ वटा गाडीबाट १० लाख बढी मूल्यको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।अबैध मदिराको कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्दा बाटोको किनारामा पार्किङ गरि राखेको बिल बिजक नभएको लु२च ४९३५नं को बलेरो गाडीमा रहेको ५३ पेटि र लु२च ५०७८ नंको छोटा हात्ति गाडीमा रहेको २४ पेटि न्गोल्डेन वाक नामको ७७ पेटी मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ । दुबै गाडीमा रहेको ७७ पेटि (३६९६ पिस) मदिराको अन्दाजी मुल्य रु. १० लाख ७८,००० र दुबै गाडीको मुल्य अन्दाजी १७ लाख कायम गरि बरामद सामान र दुबै सवारी साधन आवश्यक कारवाहीको लागी राजश्व अनुसन्...
रुपन्देहीका पाँचै क्षेत्रमा एमाले पहिलो रहेको सचिव विश्वकर्मा नेतृत्वको अनुगमनको निचोड, उम्मेदवारमा आत्मविश्वास बढ्दै

रुपन्देहीका पाँचै क्षेत्रमा एमाले पहिलो रहेको सचिव विश्वकर्मा नेतृत्वको अनुगमनको निचोड, उम्मेदवारमा आत्मविश्वास बढ्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माको नेतृत्वको टोलीले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा अनुगमन गर्दा सबै क्षेत्रमा उम्मेदारहरु जित्ने पूर्णआत्मविश्वासका साथ मैदानमा घटिएको र अहिलेको वातावरणले सबै क्षेत्र जित्ने बलियो आधार बनेको निचोड निकालेको छ ।सचिव विश्वकर्मासँगको टोलीमा रुपन्देहीका पूर्व इन्चार्ज रहेका नेता लिला गिरी, नेता गोपाल भट्टराई र जिल्ला अध्यक्ष यज्ञ गैरेले सबै निर्वाचन क्षेत्रका उम्मेदार, निर्वाचन परिचालन कमिटी र ती क्षेत्रमा रहेका विभिन्न कार्यक्रमसमेतको अवलोकन गरेर उम्मेदारसहित त्यहाँको पार्टी नेतृत्वलाई आगामी रणनीतिबारे निर्देशन गरेको थियो । जिल्ला अध्यक्ष गैरेका अनुसार सबै क्षेत्रका उम्मेदारसँग घरदैलोकै क्रममा प्रत्यक्ष संवाद, निर्वाचन परिचालन कमिटीको नेतृत्वसँग छलफल तथा क्षेत्रीय रुपमा आयोजित घरदैलो, प्रचार र्यालीसहितका कार्यक्रम अनुगमन गरिएको हो ।...
यि हुन् बुधबार सार्वजनिक गरिएका मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यि हुन् बुधबार सार्वजनिक गरिएका मन्त्रिपरिषद् बैठकका निर्णयहरु

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंमंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार सार्वजनिक गरिएका छन् । बुधबार सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले प्रेस ब्रिफिङमार्फत निर्णयहरु सार्वजनिक गरेका हुन् ।जस अन्तरगत सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन । यसैगरी निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी घाइते भएमा त्यसको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो । सरकार प्रवक्ता एवं गृह...
बिष्णु पौडेल बिकास, समन्वय र एकताका सुत्राधार

बिष्णु पौडेल बिकास, समन्वय र एकताका सुत्राधार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार
टेकराज गौतम२०३३ सालतिर बिष्णु पौडेल कलेज पढ्न भिनाजु गोपीरमण उपाध्यायको घरमा आएका थिए। उपाध्यायको घरमा तत्कालीन कोअर्डिनेशन केन्द्र र मुक्ति मोर्चाको बैठक हुन्थ्यो।जेल बे्रक गरेर भुमिगत हुदै उपाध्यायको घरमा पुगेका प्रदिप नेपालले बुर्जुवा शिक्षा बहिस्कार गरेर राजनीतिमा आउनु पर्छ भनेपछि १७ बर्षिय पौडेल पढाइ छोडेर कम्युनिस्ट आन्दोलनमा होमिएका थिए।माक्र्सबादी दर्शनका ज्ञाता भिनाजु गोपीरमणको प्रेरणा र प्रदिप नेपालको सुझावले बुर्जुवा शिक्षा बहिस्कार गरेका पौडेल नेपाली कम्युनिष्ट आन्दोलनको दोश्रो पुस्तामा निर्विकल्प नेता बनेर उदाएका नेता हुन्।लामो समय लुम्विनी अन्चलका बिभिन्न जिल्लामा भुमिगत भएर काम गरेका पौडेलले २०३७ सालमा मोदनाथ प्रश्रीतहरु संगै भैरहवा जेलब्रेक गरेका थिए। २०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि छद्म नामको प्रयोग गरेर ...