बुटवलमा बिलविहीन १० लाख बढीको मदिरा बरामद, दुई सवारीसाधनसहित नियन्त्रणमा


बुटवल
बिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न थालिएको लाखौं रुपैयाँ पर्ने मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवल उप(महानगरपालिका वडा नं ८ सुख्खानगर स्थित मैत्रि पथमा राकेर राखिएको २ वटा गाडीबाट १० लाख बढी मूल्यको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।
अबैध मदिराको कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्दा बाटोको किनारामा पार्किङ गरि राखेको बिल बिजक नभएको लु२च ४९३५नं को बलेरो गाडीमा रहेको ५३ पेटि र लु२च ५०७८ नंको छोटा हात्ति गाडीमा रहेको २४ पेटि न्गोल्डेन वाक नामको ७७ पेटी मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुबै गाडीमा रहेको ७७ पेटि (३६९६ पिस) मदिराको अन्दाजी मुल्य रु. १० लाख ७८,००० र दुबै गाडीको मुल्य अन्दाजी १७ लाख कायम गरि बरामद सामान र दुबै सवारी साधन आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको प्रहरीले जानकारी दिएको छ । मदिरा कस्को हो र कहाँबाट आएको भन्ने प्रहरीले खुलाएको छैन ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...