निर्वाचन अवधिमा सुरक्षा र स्वास्थ्य सम्बन्धि सेवा तयारी अवस्थामा राख्न आयोगको निर्देशन


काठमाडौं
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सुरक्षा तथा सहजीकरणसम्बन्धी विशेष निर्णय गरेको छ ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा योजनाको समीक्षा, वर्तमान सुरक्षा अवस्थाको मूल्यांकन तथा आवश्यक मार्गदर्शनका आधारमा विभिन्न निर्णय गरी कार्यान्वयन गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
निर्णयअनुसार फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई गृह मन्त्रालयमार्फत निर्देशन दिइनेछ। निषेध गरिएका गतिविधि भएमा तत्काल कानुनबमोजिम कारबाही गरी आयोगलाई जानकारी गराइने व्यवस्था मिलाइनेछ ।

त्यसैगरी मतदानको मितिभन्दा सात दिनअघि देखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइने भएको छ । मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन तथा अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालन गर्न रोक लगाइने निर्णय गरिएको छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित सञ्चालनमा रहने जनाइएको छ। वैध टिकट भएका यात्रुलाई विमानस्थल आवतजावतका लागि निजी वा सम्बन्धित वायुसेवा कम्पनीले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाइनेछ ।

निर्देशिकाअनुसार निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाइनेछ । साथै मतदानका लागि जाँदा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात साथमा लिएर जानुपर्ने विषयमा सुरक्षाकर्मी र कर्मचारीलाई स्पष्ट सूचना प्रवाह गरिनेछ ।

मतदानको दिन सवारी अनुमति वितरणलाई व्यवस्थित गर्न आयोगको सचिवालय परिसरमा पास वितरण इकाइ स्थापना गरिनेछ, जहाँ आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी खटाइने जनाइएको छ । निर्वाचनको प्रभावकारी सुरक्षा र सहज सञ्चालनका लागि आवश्यक समन्वय र सहयोग गर्न आयोगले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

निर्वाचन अवधिमा स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न आयोगको आग्रह
निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न स्वास्थ्य सेवासम्बन्धी विशेष तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

आयोगले स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनको व्यवस्थापकीय कार्य निरन्तर अघि बढिरहेको जनाएको छ। मतदाताको सार्थक सहभागिता सुनिश्चित गर्न मतदानको दिनअगाडि र पछाडि गरी तीन दिन सार्वजनिक बिदा दिने सिफारिस आयोगबाट भएको र नेपाल सरकारबाट सोबमोजिम निर्णयसमेत भइसकेको उल्लेख गरिएको छ।

मतदान प्रक्रियालाई व्यवस्थित बनाउन तहगत सरकार तथा सरोकारवालासँगको सहकार्यअन्तर्गत मतदान केन्द्र कायम गरिएका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका सरकारी संरचना र तिनमा रहेका भौतिक सम्पत्ति फागुन १९ गतेदेखि २१ गतेसम्म उपयोग गर्न सकिने व्यवस्था मिलाइदिन आयोगले नेपाल सरकारमार्फत सम्बन्धित मन्त्रालय र स्थानीय तहमा अनुरोध गरेको थियो । सोहीअनुसार गृह मन्त्रालयबाट सम्बन्धित निकायमा पत्राचार भइसकेको जनाइएको छ ।

त्यसैगरी, सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई लेखी पठाइएको आयोगले जनाएको छ । आपतकालीन तथा अत्यावश्यक उपचार सेवा सुनिश्चित गर्न देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि पत्राचार गरिएको जानकारी दिइएको छ ।

आयोगले निर्वाचनको सफल सम्पन्नताका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...