देशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने


काठमाडौँ
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपात भईरहेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भामामा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

छुटाउनुभयो कि ?

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति दुई दिन सारिएको छ। सोमबार बसेको संघको कार्यसमिति ...
कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

काठमाडौंकांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय ...
दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

बुटवललुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभर स्पिड) देखिएको छ । चालू आर्थिक वर्षको दुई महिनामा प्रदेशभर...
आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस...