बुटवलमा शैक्षिक सामग्रीको नयाँ गन्तव्य: होराइजन एजुकेशनल मार्ट सन्चालनमा ।।


फागुन १४ बुटबल

बुटवलमा शैक्षिक सामग्री र पोशाकको एकीकृत सेवा केन्द्रका रूपमा “होराइजन एजुकेशनल मार्ट” आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। बुटबलको होराइजन चोक स्थित यस मार्टले विद्यालय तथा कलेजसँग सम्बन्धित सम्पूर्ण सामग्री एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य लिएको छ।
बुटवल–११ मा स्थापित उक्त मार्ट करिब डेढ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको हो। सञ्चालकहरू राम प्रसाद ज्ञवाली, बिनोद पन्त र सन्तोष मरासिनी रहेका छन्। सञ्चालक सन्तोष मरासिनीका अनुसार विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्थाहरूको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतासहित सेवा सुरु गरिएको हो।


“हामीले स्टेशनरीदेखि विद्यालय तथा कलेज युनिफर्म, जुत्ता–मोजा, खेलकुद पोशाक, अफिस सप्लाईका सामग्रीसम्म एउटै छानामुनि उपलब्ध गराएका छौं। ग्राहकको विश्वास जित्नु नै हाम्रो प्रमुख लक्ष्य हो,” उनले बताए।
मार्टमा कापी, किताब, ब्यागलगायत सम्पूर्ण स्टेशनरी सामग्रीका साथै विद्यालय तथा कलेज युनिफर्म, जुत्ता–मोजा, खेलकुद पोशाक, अफिससम्बन्धी सामग्री र गार्मेन्ट उद्योगमार्फत तयार गरिएका पोशाकसमेत उपलब्ध हुने जनाइएको छ।
करिब २५ हजार विद्यार्थीलाई प्रत्यक्ष सेवा पुग्ने लक्ष्यसहित सञ्चालनमा आएको यस मार्टबाट करिब ४० जनाले रोजगारीसमेत पाउने छन। साथै, निकट भविष्यमा बुटवल बाहिरका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना रहेको सञ्चालक पक्षले जनाएको छ। शुभारम्भको अबसरमा ३ दिन सम्म सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई उपस्थितिका लागि आग्रह गरिएको छ। बुटवल क्षेत्रमा शैक्षिक सामग्री र पोशाकको सहज तथा गुणस्तरीय उपलब्धताका लागि “होराइजन एजुकेशनल मार्ट” उपयोगी केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...