Author: संचार पत्र

रिट दर्ता अस्वीकारको विरोधमा नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

रिट दर्ता अस्वीकारको विरोधमा नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको विरोधमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानसँग भेटवार्ता गरेपछि बसेको बारको बैठकले सर्वोच्च अदालत प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भएको निष्कर्ष निकाल्दै विरोध कार्यक्रम घोषणा गरेको हो । बारका महासचिव केदार कोइरालाका अनुसार नेपाल बार परिसरमा कानुन व्यवसायीहरूको सहभागितामा न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्दै विरोध प्रदर्शन गरिनेछ । बारले सर्वोच्च अदालतमा दर्ता हुन आएका रिट निवेदनहरू प्रशासनले दर्ता नगरी दरपीठ गरेर फर्काएको भन्दै यसले न्याय प्राप्तिको मार्गमा अवरोध सिर्जना गरेको ठहर गरेको छ ।संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ अनुसार कामु प्रधानन...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंमेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए।उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।प्रसाईंसँग केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए। उनले भने, ‘उहाँसँग केही विषयमा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौँ ।’ प्रसाईं सोमबार नै वीरगञ्ज पुगेका हुन्। ...
अमेरिका–इजरायल र इरानबीच तनाव सुरु हुनुअघिको तुलनामा तेल ५० प्रतिशतभन्दा बढीले बृद्धि

अमेरिका–इजरायल र इरानबीच तनाव सुरु हुनुअघिको तुलनामा तेल ५० प्रतिशतभन्दा बढीले बृद्धि

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिका–इजरायल र इरानबीच तनाव सुरु हुनुअघिको तुलनामा तेल ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लिएर दिएको कडा चेतावनीपछि बजारमा अनिश्चितता बढ्दा तेलको मूल्य उकालो लागेको हो ।ट्रम्पले इरानसँग शान्ति सम्झौताको लागि समय सीमित रहेको संकेत गर्दै समय तीव्र गतिमा सकिँदै गएको बताएका थिए । त्यसपछि सोमबार ब्रेन्ट क्रुड तेल प्रति ब्यारेल ११०.७२ अमेरिकी डलरसम्म पुगेको थियो । त्यस्तै अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड तेल प्रति ब्यारेल १०७.२८ डलरमा कारोबार भएको देखिएको छ ।विश्लेषकहरूका अनुसार ब्रेन्ट क्रुडको मूल्य अमेरिका–इजरायल र इरानबीच तनाव सुरु हुनुअघिको तुलनामा ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ । विशेषज्ञहरूले ट्रम्पको भनाइपछि पश्चिम एसियामा तनाव अ...
प्रथम बुटवल स्काउट क्याम्प सम्पन्न, ७२ विद्यार्थी सहभागी

प्रथम बुटवल स्काउट क्याम्प सम्पन्न, ७२ विद्यार्थी सहभागी

ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटबल ४ , रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ सुख्खानगरस्थित सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय मा स्थानीय स्काउट कार्यालय बुटवलको आयोजनामा प्रथम बुटवल स्काउट क्याम्प सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका को आर्थिक सहयोगमा जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको तीन दिन दुई रातको क्याम्पमा बुटवलका ६ वटा सामुदायिक तथा ४ वटा संस्थागत विद्यालयका गरी ७२ जना विद्यार्थीको सहभागिता रहेको थियो।नयाँ स्काउट सदस्य प्रवेश गराउने तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय ले प्रमाणपत्र, अक्स्फोर्ड माध्यमिक विद्यालय ले खाना प्रतियोगिताका लागि सहयोग तथा न्यू होराइजन आवासीय माध्यमिक विद्यालय ले सांस्कृतिक नृत्य प्रतियोगिताका पुरस्कार सौजन्य गरेको थियो।क्याम्पको पहिलो दिन सहभागी विद्यार्थीहरूलाई मङ्की ब्रिज, टनेल क्रसिङ, ओमेगा जम्प,...
नेताहरुको कार्यविभाजन केन्द्रित एमाले सचिवालय बैठक बस्दै

नेताहरुको कार्यविभाजन केन्द्रित एमाले सचिवालय बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँनेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउसो १ बजे बैठक बस्न लागेको कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो । ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् ।एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायमा जिम्मेवारी बाँडफाँडको तयारी छ । आजको बैठकले फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मितिसमेत तोक्ने ती पदाधिकारीले जानकारी दिए । आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उ...
बुटवल-नारायणघाट सडक निर्माणको काम अन्तिम चरणमा

बुटवल-नारायणघाट सडक निर्माणको काम अन्तिम चरणमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार
बुटवलपूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणघाट सडक खण्डको सास्ती छिटै हट्ने गरी काम अघि बढेको छ। सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार नागढुंगा नौबिसे र नारायणघाट सडकखण्डको स्थलगत अनुगमन गरेको थियो। अनुगमनपश्चात् सडक विभागले निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको हो।महानिर्देशक डा. जैसीले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको बताए। उनकाअनुसार हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन्। नागढुंगा–नौबिसे तथा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अनुगमन गरेपछि उनले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्। ‘नारायणघाट बुटवल सडक लामो समयदेखि समस्याग्रस्त थियो। अहिले निर्माणको यो हाम...
मोटरसाइकल दुर्घटनाबाट गुल्मीमा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनाबाट गुल्मीमा २ जनाको मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
गुल्मीगुल्मीको काली गण्डकी कोरिडोर अन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा जिल्ला कालिगण्डकी गाउँपालिका –३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर सारुले जानकारी दिएका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका –१ ठुलाबगर छल्दी स्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका थापाको टाउकोमा गम्भीर चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । उनीहरू दुवै जनाको उपचारको...
बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलभूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय भेला बुटवलमा सुरू भएको छ। सरकारले व्यवस्थापन बिना नै आफूहरूका घर टहरामा डोजर चलाएर हटाउन खोजेको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्। सोही क्रममा आइतबार बुटवलमा राष्ट्रिय भेला आयोजना गरेका हुन्। आइतबार दिउँसो बुटवलको राजमार्ग चौराहाबाट र्‍याली सहितको प्रदर्शन गरेका थिए। विभिन्न प्रदेश र २२ वटा जिल्लाबाट सहभागी भएका भूमिहीन सुकुम्बासीहरूको उक्त र्‍याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो।चर्को गर्मीबीच छाता ओढेर महिला तथा वृद्धवृद्धाहरू समेत उक्त र्‍यालीमा सहभागी भएका थिए। उनीहरूले सरकारले विकल्प बिना आफूहरूका घर टहरामा डोजर चलाएर हटाउने, लखेट्ने कार्य गरेकाले विरोधमा प्रदर्शन गरिएको बताए। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीका सल्लाहकार वीरेन...
व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन : मुख्यमन्त्री आचार्य

व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन : मुख्यमन्त्री आचार्य

Breaking news 2, राजनीति, शिक्षा, समाचार, समाज
बुटवललुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीलाई थुनेर र हतोत्साहित गरेर मुलुकको अर्थतन्त्र सुदृढ हुन नसक्ने बताएका छन् ।निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला संघीय सरकारका गतिविधिका कारण व्यवसायी निरुत्साहित हुने अवस्था सिर्जना भएको मुख्यमन्त्री आचार्यले बताए ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्र मुलुकको आर्थिक मेरुदण्ड भएकाले त्यसको संरक्षण, प्रवर्द्धन र विकासमा प्रदेश सरकार सधैं साथमा रहने बताए । उनले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकारले सक्रिय भूमिका खेलिरहेको उल्लेख गर्दै उद्योगहरूको लाइन काटिएको विषयमा प्रदेश सरकारले अग्रसरता नलिएको भए समस्या थप जटिल बन्ने अवस्था आउने बताए । सातै प्रदेश र प्रधानमन्त्रीसँग छलफल गरेर समस्या ...
रुपन्देही उद्योग संघको टोली लमजुङ र गोरखामा संस्थागत अवलोकन भ्रमण गरी फिर्ता

रुपन्देही उद्योग संघको टोली लमजुङ र गोरखामा संस्थागत अवलोकन भ्रमण गरी फिर्ता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देही उद्योग संघको टोली लमजुङ, गोरखामा संस्थागत अवलोकन भ्रमण गरेर फर्केको छ । वैशाख ३० गते बुटवलबाट निस्केको टोलीले लमजुङ उद्योग वाणिज्य संघसँग संस्थागत रुपमा छलफल गरेको छ भने विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रको अवलोकन गरेको छ ।रुपन्देहीका उद्योगहरुबाट उत्पादन हुने धेरै सामान पुग्ने लमजुङ र गोरखामा उद्योगीहरु आफै पुगेर त्यहाँका व्यवसायी तथा उपभोक्तासँग छलफल तथा बजार क्षेत्रको अवलोकन गरेका हुन् । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेको संयोजनमा निस्केको भ्रमण टोलीमा निवर्तमान अध्यक्ष दिलिप सापकोटा, सल्लाहकार हिरामणी भट्टराई, ऋषि भण्डारी, ज्ञानप्रसाद अर्याल, लालहरि पाण्डे,रामप्रसाद आचार्यसहित पदाधिकारी, सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी रहेका थिए।रुपन्देही उद्योग संघको टोलीलाई लमजुङ उद्योग वाणिज्य संघले बेसीशहरमा न्या...