भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो


काठमाण्डौ —  काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ ।

१८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ । नाडाले आफ्नो ५०औँ वार्षिकोत्सवको अवसरमा यसपटक नेपालकै अहिलेसम्मकै ठूलो मोबिलिटी प्रदर्शनी हुने जानकारीसमेत दिएको छ ।

२०३२ सालमा स्थापना भएको नाडाले ५० वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा दुई सयभन्दा धेरै स्टल तथा १५० भन्दा धेरै ब्रान्डहरू रहने आयोजकले जनाएको छ ।

मेलामा २३ वटा चारपाङ्ग्रे (यात्रुवाहक) ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ ।

यसका साथै पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसम्बन्धी झन्डै ७० वटा कम्पनीका साथै १० वटा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीहरू सहभागी हुने नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताउनुभयो ।

यसअघि गएको साउन अन्तिम हप्ता काठमाण्डौको भृकुटीमण्डपमै नाइमा मोबिलिटी एक्स्पो चलेको थियो

छुटाउनुभयो कि ?

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

बुटवलनेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग...
आकासिँदै तरकारी र खाद्यान्नको मुल्य, दसैंमा मर्कामा उपभोक्ता

आकासिँदै तरकारी र खाद्यान्नको मुल्य, दसैंमा मर्कामा उपभोक्ता

काठमाडौँचाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ । सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नस...
पोखरामा स्कुल बस दुर्घटना : ५ को मृत्यु

पोखरामा स्कुल बस दुर्घटना : ५ को मृत्यु

पोखराकास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटनामा मृत्यु भएका ५ मध्ये ४ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा १५ वर्षीया म...
काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदै

काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदै

काठमाडौंनेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आज हुने भएको छ । यसअघि विहिबार हुने भनिएको मतदान के...