Author: संचार पत्र

तिलोत्तमामा तीज सांस्कृतिक महोत्सव हुँदै, बाढीपीडितलाई सहयोग गर्ने घोषणा

तिलोत्तमामा तीज सांस्कृतिक महोत्सव हुँदै, बाढीपीडितलाई सहयोग गर्ने घोषणा

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, स्थानीय
रुपन्देहीरुपन्देहीको तिलोत्तमा स्थित मधवलियामा कोटिहवा तीज सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। तीज पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको महोत्सवमा मनोरञ्जनसँगै बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यसमेत रहेको आयोजकले जनाएको छ।तिलोत्तमाको मधवलिया चोकबाट करिब एक सय मिटर दक्षिणपश्चिम हाइवे नजिक खाली जग्गा क्षेत्रमा आयोजना हुने महोत्सव यहि भदौ २८ गतेदेखि शुरु भई असोज ८ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा दर्शकको रोजाइमा परेका कलाकारहरु ख्यातिप्राप्त गायक तथा र्यापर आशिष राना मगर (लाहुरे), त्रिशला गुरुङ, ज्योति मगर, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी, सिर्जना खत्री ‘हाउरे माया’, प्रकाश सपुत, श्याम राना, प्रकाश दुतराज, प्रीति आले, डान्सर प्रीति पासवान, गंगु क्षेत्री लगायत राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकार, गायक–गायिका र डान्सरहरूको प्रस्तुति रहनेछ। आयोजक राधाकृष...
‘अशान्तिपूर्ण एआई युग आइसकेको छ,हामीले गर्ने निर्णयहरू अत्यन्तै महत्वपूर्ण छन्’: बिल गेट्स

‘अशान्तिपूर्ण एआई युग आइसकेको छ,हामीले गर्ने निर्णयहरू अत्यन्तै महत्वपूर्ण छन्’: बिल गेट्स

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँमाइक्रोसफ्टका संस्थापक बिल गेट्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूले सो प्रविधिको वास्तविक जोखिम स्वीकार नगरेको भन्दै चेतावनी दिएका छन्। करिब दुई हप्ताअघि एक निबन्ध प्रकाशित गर्दै उनले ती जोखिम सामना गर्नु विश्वको सर्वोच्च प्राथमिकता हुनुपर्छ भनेका छन्। उनले लेखेका छन्, 'अशान्तिपूर्ण एआई युग आइसकेको छ। अहिले हामीले गर्ने निर्णयहरू अत्यन्तै महत्वपूर्ण छन्।' एआई अहिलेसम्म आविष्कार गरिएको सबभन्दा ठूलो समानता ल्याउने माध्यम वा अन्यायको सबभन्दा खराब स्रोत बन्न सक्ने पनि उनले औंल्याएका छन्। यस विषयमा सिएनएनका वरिष्ठ पत्रकार एण्डरसन कुपरसँग कुरा गर्दै उनले एआई प्रणालीहरूले साइबर आक्रमणको जोखिम, जैविक आतंकवादको जोखिम र मनोसामाजिक जोखिम समेत निम्त्याउन सक्ने बताएका छन्। त्यसलाई व्याख्या गर्दै उनले खराब नियत भएका मानिसहरूले अरूलाई ठगी गर्ने, साइबर आक्रमण गर्ने वा...
रोटरी क्लब बुटवल चौतारीको आठौँ चार्टर्ड डेसंगै प्रधानमन्त्री राहत कोषमा सहयोग

रोटरी क्लब बुटवल चौतारीको आठौँ चार्टर्ड डेसंगै प्रधानमन्त्री राहत कोषमा सहयोग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो आठौँ चार्टर्ड डे मनाउँदै प्रधानमन्त्री राहत कोषमा एक लाख ६७ हजार ४२४ रुपैयाँ सहयोग गरेको छ । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानमार्फत क्लबले विपद् तथा कठिन परिस्थितिमा रहेका नागरिकलाई राहत पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको हो । बुटवलस्थित होटल टुलिपमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष बसुदेव भुसालले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा सहयोग गरिएको बताए । उनले क्लबले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, मानवीय सेवा, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा सेवा गतिविधिलाई निरन्तरता दिने बताए । सन् २०१९ सेप्टेम्बर ९ मा ४० जना चार्टर सदस्यबाट स्थापना भएको क्लबले आठ वर्षको अवधिमा विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबले शिक्षा र स्वास्थ्यका साथै विपद् व्यवस्थापन,...
हानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाफ

हानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाफ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाललाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको हानि तथा जोखिम सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एन्ड ड्यामेज) ले जवाफ पठाएको छ। १० भदौको रसुवा बाढीमा जलवायु परिवर्तन कारक भएको भन्दै नेपालले आपतकालीन रकम उपलब्ध गराउन माग राखेर १५ भदौमा पत्राचार गरेको थियो । हानि तथा जोखिम सम्बोधन कोषको बोर्डलाई नेपालले पठाएको पत्रको जवाफ एक हप्तापछि प्राप्त भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।बोर्डले २४ भदौमा पठाएको जवाफमा नेपालले तत्काल सहयोगको अनुरोधलाई यथासम्भव छिटो सम्बोधन गर्न बोर्डसँग छलफल तथा समन्वय भइरहेको उल्लेख छ।कोषका सहअध्यक्षद्वय क्यामिला मिनर्भा रोड्रीगिज तावरेज र जर्ज ब्रोस्टिनले पठाएको पत्रमा भनिएको छ, ‘यस क्रममा, हाम्रो प्रतिक्रिया यथासम्भव शीघ्र र अर्थपूर्ण बनाउन हानी तथा जोखिम सम्बोधन कोषका विद्यमान कार्यादेश, संरचना, ढाँचा, नीति तथा क...
आज कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंकुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले बताउछन् । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । पितृसम्मान दिवसयसै अवसरमा आज छोराछोरी...
‘रसुवा बाढीपछिको उद्धार र राहतमा सरकार असफल देखियो’ : सांसदहरु

‘रसुवा बाढीपछिको उद्धार र राहतमा सरकार असफल देखियो’ : सांसदहरु

Breaking news 3, राजनीति, समाचार, समाज
काठमाडौँरसुवाको भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरेको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा सांसदहरुले असन्तुष्टी जनाएका छन् ।अर्थ समितिमा सांसदहरूले बाढीपछिको उद्धार तथा राहत वितरणमा सरकार असफल भएको बताएका हुन् । उनीहरुले सरकारको बाढीपीडितहरुलाई तत्काल राहत दिन, बेपत्ताको खोजी गर्न, अस्थायी बसोवास र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानकर्षण गराएका छन् । बैठकमा नेपाली काँग्रेसका सांसद खडकबहादुर बुढाले तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको बताउनु भयो ।बाढीपछि आफू करिव चार दिन प्रभावित क्षेत्रमा बसेर अवस्थाको प्रत्यक्ष अवलोकन गरेको उल्लेख गर्दै उहाँले प्रभावित क्षेत्रका प्रतिनिधिसभा सदस्यसँग समेत पर्याप्त समन्वय नभएको बताए । उनले राजनीतिक पहुँच र निकटताका आधारमा सामाजिक संघसंस्थाहरूलाई मात्रै राहत वितरण गर्न दिएको आरोप लगाए । उनले केही जलविद्युत आयोजनामा टनेल उ...
आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार
काठमाण्डौ – वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ । धार्मिक मान्यताअनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ । आजका दिन उखेलिएको कुश वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । कुशेऔँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृसम्मान दिवसका रूपमा पनि मनाइन्छ । यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्छन् र बाबुको आशीर्वाद लिने चलन छ । बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने र सिदादान गर्ने गर्छन् । ...
आज १६१ औँ मोती जयन्ती मनाइँदै

आज १६१ औँ मोती जयन्ती मनाइँदै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विस १९२३ भदौ कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो । युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।  ...
उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्न उनलाई सिफारिस गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । साहलाई मन्त्री पदमा आजै शपथ गराउने कार्यक्रम रहेको जनाइएको छ । ...
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार
काठमाडौंमन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज (बिहीबार) बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो।सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने १० गते स्वदेश फर्किनेछ। ...