Author: संचार पत्र

एमाले लुम्बिनीद्वारा जनस्तरमा पार्टी कमजोरीका कारण पत्ता लगाउन नेतृत्वको आग्रह

एमाले लुम्बिनीद्वारा जनस्तरमा पार्टी कमजोरीका कारण पत्ता लगाउन नेतृत्वको आग्रह

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
रुपन्देहीनेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले आफ्नो पार्टीबाट प्रदेश अन्र्तगत विभिन्न पालिकामा निर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई सामुहिक प्रशिक्षणको आयोजना गरेको छ ।प्रदेश कार्यालय बुटवलमा शुक्रबार आयोजित यो प्रशिक्षणमा सहभागी जनप्रतिनिधिले आफ्ने क्षेत्रका सबल र कमजोरी पक्षका विषयमा नेतृत्वलाई सुनाएका थिए । उनीहरुले स्थानीय तहमा काम गर्दाका समस्या, पार्टी नेतृत्वबीच बढेका असमझदारीले झेल्नुपरेका चुनौती, निर्वाचनअघि भएका गठबन्धनले कार्यसम्पादनमा पारेका प्रभाव, कतिपय पालिकामा अल्पमतमा हुँदा कार्यान्वयन गर्न नसकेका विषय र कार्यअवधिको अन्तिम वर्षमा गर्नुपर्ने रणनीतिका विषयमा नेतृत्व तथा अन्य सहभागीलाई सुनाएका थिए भने पार्टी नेतृत्वले पार्टीको तर्फबाट उम्मेदार बनेर जितेपछि पार्टीसँगको सहकार्यका देखिएको कमजोरी, स्थानीय स्तरमा पार्टीको जनमत कम हुनुका कारण तथा अब पुरानो जनमत कसरी कायम गर्ने व...
बुटवल उपमहानगरको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई प्राथमिकता

बुटवल उपमहानगरको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई प्राथमिकता

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई केन्द्रमा राख्दै महत्त्वाकांक्षी नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आजकै दोस्रो बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो।नीति तथा कार्यक्रममा बुटवलको दीर्घकालीन सोच “समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर” लाई कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। यसका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापारको समुन्नतिसँगै सूचना प्रविधिमैत्री, हरियालीयुक्त, सुरक्षित र सुशासित शहर निर्माणलाई प्राथमिकतामा राखिएको छ।नगरले “पढाइसँगै रोजगार” अभियानलाई थप विस्तार गर्ने, युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने तथा निजी क्षेत्रसँगको सहकार्यलाई विकासको मुख्य आधार बनाउने नीति अघि सारेको छ। बुटवललाई आर्थिक तथा पर्यटकीय क...
विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।  मेक्सिकोको ग्वादालाहारा रङ्गशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाका ह्वाङ इबोनले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८०औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको जीत सुनिश्चित गरे ।  खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपरेको हो । लगातार १२औँ पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरुआत गरेको छ भने चेक रिपब्लिक सन्...
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार
काठमाण्डौ - सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध एकै दिन तीन वटा अदालतमा मुद्दा दायर भएको छ ।  हिजो जिल्ला अदालत काठमाण्डौ, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो । जिल्ला अदालत काठमाण्डौमा बीमा ऐन, २०७९ अन्तर्गत आर्थिक हिनामिना गरेको अभियोगमा गोल्छा, भट्ट, अग्रवालसहित ४२ जनाविरूद्ध मुद्दा दायर भएको छ । यसैगरी धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसारको कसुरमा ८१ जना जनाविरूद्ध पनि जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।  सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ । यसैगरी उच्च अदालत पाटनमा भट्ट, शाहिल अग्रवाल, शुलभ र शंकरलाल अग्रवालविरुद्ध बैङ्किङ कसुरको मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध नेपालको धितोपत...
अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै

अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
२८ जेठ, काठमाडौं । फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात् युनिभर्सल गेम (विश्वव्यापी खेल) । विश्वका दुई सय भन्दा बढी देशले फुटबल खेल्ने तथ्यले पनि यो खेलको पपुलारिटी कति छ भन्ने पुष्टि गर्छ । फुटबलको लोकप्रियता विश्वभर नै फैलिएको छ । त्यस्तो खेलको विश्वकप हुँदा झन् चर्चा नहुने कुरै भएन । अहिले सबैतिर चर्चा फिफा विश्वकप २०२६ कै छ । त्यही खेलको सबैभन्दा ठूलो विश्वकप आज रातिदेखि उत्तर अमेरिकामा शुरु हुँदैछ । मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरुको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे शुरु हुनेछ । विश्व फुटबलकै सबैभन्दा ठूलो मेला, अझ भनौं विश्व खेलकुदकै ठूलो प्रतियोगिता र धेरैले फलो गर्ने हेर्ने फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता र विश्वभरका अर्बौँ समर्थहरुको भावनासँग जोडिएको फिफा वि...
बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
पसलको बिमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ अमरपथमा सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसलमा यही जेठ १७ गते चोरी भएको घटनामा स्वयं पसलका सञ्चालकको संलग्नता देखिएको हो । घटनामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बुटवल उपमहानगरपालिका–३ पुलचोकका ४१ वर्षीय दीपक विक नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  प्रहरीका अनुसार पसल सञ्चालक विक जेठ १६ गते बिहान पोखरा गएको अवस्थामा  एक करोड ४६ लाख ९४ हजार, ७०० रुपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा निज विक त्यही साँझ बुटवल फर्किएर १७ गते बिहान करिब १:०० बजेको समयमा आफ्नै पसलका...
देशका धेरैजसो ठाउँमा वर्षा

देशका धेरैजसो ठाउँमा वर्षा

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा गएराति पानी परेको छ ।  पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै झापामा ८५ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापासहित दाङ, तनहुँ, काठमाण्डौमा पनि मध्यमसम्म वर्षा भएको छ । पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ ।  आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ । आज पनि देशका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै ठाउँहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई ठाउँहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।  आउने शुक्रवार र शनिवार भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । जल तथा म...
विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाण्डौ - नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारमा रहेको कार्यकक्षमा पुगेर हिजो मन्त्री पुनले पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओएनएम) तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । उहाँले संरचना र कार्यदिशा तय गर्नै बाँकी रहेको भन्दै शून्यबाट अगाडि बढ्ने बताउनुभएको छ ।  मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री पुनले आफू तीन वर्षसम्म मात्र मन्त्रालयको नेतृत्व गर्ने र मन्त्रालयलाई संस्थागत आधारमा अघि बढाएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना रहेको पनि बताउनुभएको छ । स्वतन्त्र सांसद पुन दोस्रो पटक मन्त्री बन्नुभएक...
रास्वपाको प्रदेश अधिवेशन आजदेखि

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरु हुन लागेको हो । अहिलेसम्म ५६ जिल्लामा जिल्ला अधिवेशन सकिएको रास्वपाले जनाएको छ । पार्टीका अनुसार बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ । रास्वपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ ।रास्वपाको पहिलो महाधिवेशन आउँदो असार ६ र ७ गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ । ...
स्थापनाको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा तुराङ बहुप्राविधिक शिक्षालय

स्थापनाको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा तुराङ बहुप्राविधिक शिक्षालय

Breaking news 2, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानं ८ मजुवामा रहेको तुराङ बहुप्राविधिक शिक्षालय स्थापना भएको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा पुगेको छ।सम्मानित रोजगारी र सुनिश्चित भविष्यको लागि प्राविधिक शिक्षाको मुलनारा लिएर गुल्मीको मजुवामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीको आफ्नै आंगिक सरकारी शिक्षालयको रूपमा २०७८सालमा सम्वन्धन प्राप्त भएर अंगाडी बढेको हो।यस शिक्षालयमा ३बर्षे कृषि वाली विज्ञान तथा पशु विज्ञान संचालनमा रहेको छ।उक्त शिक्षालय देशभरका सिटिइभिटीको आङ्गिक ६६ सरकारी शिक्षालय हरु मध्येकै महत्वपूर्ण शिक्षालय हो। यस शिक्षालयमा प्रयोगात्मक अभ्यासका लागि शिक्षालयको आफ्नै कृषि फिल्ड तथा पशु फार्म रहेको छ।नविनतम खोज ,सिकाई, अध्यायन,अध्यापन हुन्छ। शान्त बातावरण,स्मार्ट वोर्ड तथा कम्प्युटर सहित प्रविधि मैत्री वातावरण रहेको छ। विषय विज्ञ तथा अनुभवी प्रशिक्षकबाट...