Author: संचार पत्र

बजेटको पुनरावलोकन गर्न रास्वपा सांसद मगरको ध्यानाकर्षण

बजेटको पुनरावलोकन गर्न रास्वपा सांसद मगरको ध्यानाकर्षण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसत्तारुढ रास्वपा सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएकी हुन् ।‘अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ । बजेटको पुनरावलोकन गर्न अनुरोध गर्दछु,’ उनले भनिन् ।साथै, उनले सडक बाटोको अभावमा झापा, हुम्ला, जुम्लालगायतका नागरिकहरुले ठूलो जोखिम उठाउनुपर्ने भएकाले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा ढिलाई गर्न नहुने बताइन् ।‘इलामबाट बतासे हुँदै मदन भण्डारी राजमार्गमा जोडिने रोड, यसले गर्दा ५ सय घरधुरीलाई सहज हुन्छ । नभए उहाँहरुले दुई घण्टा पर गएर फिक्कल हुँदै आउनुपर्छ । तर ...
देशभरका हजारौं औषधि पसलको प्रमाणपत्र रद्द

देशभरका हजारौं औषधि पसलको प्रमाणपत्र रद्द

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंऔषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने प्रावधानअनुसार उक्त निर्णय कार्यान्वयन गरिएको हो । यससँगै अब ती औषधि पसलहरू कानुनी रूपमा औषधि बिक्री–वितरण गर्न अयोग्य भएका छन् । विभागका अनुसार ऐनको दफा ११ को उपदफा (५) ले तोकिएको समयसीमाभित्र नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था छ। त्यस्ता प्रमाणपत्रको अवस्थाबारे सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई जानकारी गराउने दायित्वसमेत कानुनले निर्धारण गरेक...
अनावश्यक ‘एप डाउनलोड’ नगर्न साइबर ब्युरोको आग्रह

अनावश्यक ‘एप डाउनलोड’ नगर्न साइबर ब्युरोको आग्रह

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल प्रहरीको साइबर ब्युरोले विश्वकप फुटबल २०२६ हेर्न सकिने भन्दै प्रचार गरिएका अनावश्यक तथा शङ्कास्पद ‘एपहरू डाउनलोड’ तथा ‘इन्स्टल’ नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीपकुमार गिरीद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न ‘अनलाइन’ माध्यममार्फत विश्वकप २०२६ हेर्न सकिने भन्दै ‘एन्ड्रोइड एप इन्स्टल’ गर्न लगाउने, विभिन्न प्रकारका अनुमति माग्ने र त्यसको दुरुपयोग गरी मोबाइल बैङ्किङ एप ह्याक गरेर आर्थिक ठगी गर्ने गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ । साइबर ब्युरोले एपिके, इएक्सइ, बट, इएचलगायत अनावश्यक तथा अपरिचित फाइलहरू डाउनलोड गरी इन्स्टल नगर्न सचेत पनि गराएको छ । साथै बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना र निर्देशनका आधारमा मात्र बैङ्किङ प्रणाली ‘अपडेट’ गर्न अनुरोध गरिएको छ । ब्युरोले यस विषयसँग सम्बन्...
रुपन्देहीमा महिनामै १ सय ८२ मुद्दा दर्ता, २ सय ४३ जना प्रतिवादी पक्राउ

रुपन्देहीमा महिनामै १ सय ८२ मुद्दा दर्ता, २ सय ४३ जना प्रतिवादी पक्राउ

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलजिल्ला प्रहरी कार्यालय रुपन्देहीले जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अन्य विविध गतिविधिबारे विस्तृत जानकारी गराएको छ। प्रहरीका अनुसार यस महिनामा मात्रै जिल्लाभर कुल १८२ वटा विभिन्न मुद्दाहरू दर्ता भएका छन्। जसमा जघन्य तथा गम्भीर अपराधका २३, महिला तथा बालबालिका सम्बन्धी १४, आर्थिक अपराधका ७५, आत्महत्याका १४, चोरीका ९, सङ्गठित तथा आर्थिक अपराधका ५९ र सामाजिक अपराधका ५२ वटा मुद्दा रहेका छन्। यसै अवधिमा चालू मुद्दाका २४३ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। यस्तै, अदालतको फैसला कार्यान्वयनका क्रममा ४६ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्, जसबाट ५२ लाख ६६ हजार ४१२ रुपैयाँ जरिवाना असुल हुनुका साथै १६ वर्ष ५ महिना २५ दिन कैद सजाय फर्स्योट भएको छ। महिला तथा ज्येष्ठ नागरिक हिंसाका घटनाहरूमा पनि प्रहरीले सक्रियता देख...
सडक र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप

सडक र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको बताएका छन् ।मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले संसद्को आकस्मिक बैठकमा सडक दुर्घटनाका कारण हुने मृत्युका विषयले ठाउँ लिइरहेको भएपनि मन्त्रालयले आवश्यक चासो नदिएको बताएका हुन् । उनले सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसक्नु गम्भीर विषय भएको बताए । उनले भने, ‘संसद्को आकस्मिक बैठकमा धेरै भन्दा धेरै सडक सुरक्षामा मृत्यु भएको विषयले ठाउँ लिइरहेको छ । यस्तो संवेदनसिल विषयमा पनि मन्त्रालय गम्भीर नहुनु दुःखद हो । यस विषयमा उत्तर चाहिएको छ । सडक सुरक्षा विधेयक बनेको पाँचट वर्ष हुँदा पनि संसद्मा पेस गर्न सकेको छैन ।’यातायात मन्त्रालयको जिम्मेवारी घटाउने विषय उठिरहेको अवस्थामा यसलाई गम्भीर रूपमा लिनुपर्ने उ...
पासपोर्ट खरिद प्रकरणमा विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

पासपोर्ट खरिद प्रकरणमा विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमान्डौँ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । उनलाई मंगलबार नियन्त्रणमा लिएर बयान लिन सुरू गरिएको स्रोतले जानकारी दिएको छ । त्यस्तै व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । सिद्धार्थ नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा हुन् । अख्तियारले विभागका प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा र सूचना प्रविधिका निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । ...
रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा रुपन्देहीबाट पनि फिर्ता

रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा रुपन्देहीबाट पनि फिर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलरुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चलेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ। अदालतको यो निर्णयसँगै रविसहित जीवी राई र कुमार रम्तेललगायतका व्यक्तिहरू सहकारी ठगीबाहेकका अन्य अभियोगबाट मुक्त भएका छन्। सोमबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दालाई भने यथावत् राख्दै पछि थपिएका दुई अभियोग फिर्ता लिने आदेश गरेको हो। रुपन्देहीका सरकारी वकिल कार्यालयका प्रमुख प्रकाश मरासिनीका अनुसार महान्याधिवक्ताको कार्यालयबाट प्राप्त परिपत्र र पर्याप्त प्रमाणको अभावमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरिएको हो। यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि लामिछानेविरुद्धका सहकारी ठगीबाहेकका अभियोग फिर्ता लिइसकेका छन्। हाल देशभरका ५ वटा अदालतमा...
ऐतिहासिक,धार्मिक र पुण्यभुमी लुम्बिनी प्रदेशले समग्र राष्ट्रलाई दिशानिर्देश गरोस् : महानिरीक्षक कार्की

ऐतिहासिक,धार्मिक र पुण्यभुमी लुम्बिनी प्रदेशले समग्र राष्ट्रलाई दिशानिर्देश गरोस् : महानिरीक्षक कार्की

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
बुटवलनेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ऐतिहासिक, धार्मिक र पुण्यभुमी लुम्बिनी प्रदेशबाट शान्त र समृद्ध समाज निर्माणको शुरुवात भएको वताएका छन्।नेपाल प्रहरी लुम्बिनी प्रदेशको आयोजनमा जेष्ठ ३० देखि असार १ गते सोमबार तिन दिन सम्म सञ्चालन गरिएको सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ फरक-फरक स्थानमा तीनवटा विशेष कार्यक्रम गरि बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न गरिएको कार्यक्रमको समापनमा आईजिपी कार्कीले गौतम बुद्धको प्रदेशले हरेक हिसाबले अगुवाई गरोस् भन्ने अपेक्षा समेत रहेको वताएका छन्।उनले जानेर बुझेर मात्र दायित्व पूरा नहुने व्यवहारमा अंगाल्नु पर्ने औल्याएका थिए।कार्कीले हरेक नागरिक श्रृजनशील हुन आवश्यक रहेको र हिड्नेलाई ठेस लाग्छ तर हार खान नहुने वताएका थिए।व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामुहिकताको भावना जागृत गर्नु दायित्व...
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले सोमवार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् ।प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ, चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्ष २०८२\०८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो ।सरकारले आगामी वर्षको बजेटमार्फत प्रदेश संरचनाको सुदृढीकरण, संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, प्रादेशिक अर्थतन्त्रको सबलीकरण, वित्तीय सुशासन, सार्वजनिक तथा निजी क्षेत्रको सहभागिता विस्तार र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकत...
रुपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक

रुपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही उद्योग संघमा नयाँ कार्यसमिति गठनसँगै संस्थागत संरचनालाई थप सुदृढ र व्यवस्थित बनाउने कार्य जारीे छ । सोही क्रममा सोमबार पूर्व अध्यक्षहरूको भेलाले पूर्व अध्यक्ष तेजकुमार पाठकको संयोजकत्वमा अध्यक्षीय परिषद् २०८२–२०८४ गठन गरेको छ ।संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भेलाले संघको दीर्घकालीन मार्गदर्शन र संस्थागत सुदृढीकरणका लागि परिषद् गठन गरेको हो ।भेलामा बोल्दै संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बदलिँदो आर्थिक तथा औद्योगिक परिस्थितिअनुसार संघका गतिविधि र कार्यक्रमहरूलाई समयानुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले हालको कार्यसमितिले करिब ६ महिनामा सम्पन्न गरेका महत्वपूर्ण कार्यक्रमहरूको समेत जानकारी गराए ।नवगठित अध्यक्षीय परिषद सदस्यहरुमासंस्थापकअध्यक्ष रणबहादुर शाह, पूर्व अध्यक्षहरूपी.एल. श्रेष्ठ, वेनुराम प्रधान, श्यामबहादुर पा...