Author: संचार पत्र

रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत 

रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत 

Breaking news 2, समाचार, समाज, स्थानीय
फोटो राजेन्द्र श्रेष्ठ : तम्घास स्थान मन्दिर गुल्मी ४ भदौ, काठमाडौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ । अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ । वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिएको थियो । देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेक...
अष्ट्रेलियाले बनायो नयाँ सुपर कम्प्युटर, मर्दै गरेको ताराको लियो अद्वितीय तस्वीर

अष्ट्रेलियाले बनायो नयाँ सुपर कम्प्युटर, मर्दै गरेको ताराको लियो अद्वितीय तस्वीर

बिज्ञान प्रबिधि, विदेश, विविध
४ भदौ, काठमाडौं । अष्ट्रेलियाले तयार गरेको एक नयाँ सुपरकम्प्युटरले जिवनकालको अन्तिम अवस्थामा पुगेर विस्फोट भएको तारा अर्थात् सुपरनोभाको शानदार तस्वीर खिच्न सफल भएको छ । नयाँ पुस्ताको रेडियो टेलिस्कोपको रुपमा रहेको ASKAP (Australian Square Kilometer Array Pathfinder) लाई सुपर कम्प्युटरमा चल्ने अत्यन्त सक्षम सफ्टवेयरको आवश्यकता पर्दछ । त्यसैले Pawsey Supercomputing Research Center ले सेटोनिक्स नामक एक नयाँ सुपर कम्प्युटर निर्माण गरेको हो । ASKAP रेडियो टेलिस्कोपमा ३६ वटा डिश एन्टिना रहेका छन् जसले एउटै टेलिस्कोपको रुपमा सँगै काम गर्दछन् । उक्त टेलिस्कोपलाई अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी CSIRO ले सञ्चालन गर्दछ । त्यसले संकलन गरेका डाटाहरु उच्चगतिको अप्टिकल फाइबरका माध्यमबाट Pawsey Supercomputing Research Center मा पठाइन्छ, जहाँ डाटालाइ प्रशोधन गरेर तस्वीरमा बदलिन्छ । से...
चीनले बन्द गर्‍यो एप्पल आपूर्तिकर्ताको कारखाना, आइफोन १४ मा ढिलाई हुन सक्ने

चीनले बन्द गर्‍यो एप्पल आपूर्तिकर्ताको कारखाना, आइफोन १४ मा ढिलाई हुन सक्ने

बिज्ञान प्रबिधि, विदेश
४ भदौ, काठमाडौं । स्मार्टफोनलगायत संसारको इलेक्ट्रोनिक्स बजार सामान उत्पादनका लागि चीनमा अत्यधिक निर्भर छ । त्यसैले जब चीनमा केही घटना हुन्छ, त्यसको असर विश्वभरको बजारमा पर्दछ । चीनले तिव्र दरमा बढिरहेको तापक्रमका कारण एक महत्वपूर्ण निर्णय लिएको छ, जसको सिधा असर प्रविधि तथा इलेक्ट्रोनिक कम्पनीमा पर्नेछ । समाचार अनुसार अत्यधिक गर्मीका कारण भैरहेको लोडसेडिङका कारण सिचुआन प्रान्तका विभिन्न प्रमुख कम्पनीहरु बन्द गर्नु परेको छ । चीनले सिचुआन प्रान्तमा विभिन्न ठूला कम्पनीहरु ६ दिनका लागि बन्द गरिएको छ । चीनले सिचुआनमा रहेका कारखानाहरु २० अगष्ट सम्म बन्द गर्न आदेश दिएको छ । त्यसरी बन्द गरिएका कम्पनीको सूचिमा संसारको सबैभन्दा ठूलो इलेक्ट्रिक कारको ब्याट्री निर्माता कम्पनी Contemporary Amperex Technology Co. Limited पनि रहेको छ । त्यसको प्रत्यक्ष असर टेस्ला गाडीका लागि ब्याट्री बना...
प्रशिक्षकबिनै गण्डकीमा नवौं खेलकुदको तयारी

प्रशिक्षकबिनै गण्डकीमा नवौं खेलकुदको तयारी

खेलकुद, समाचार
४ भदौ, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशमा शुक्रबारदेखि विशेष प्रशिक्षण सुरू भएको छ । पहिलो चरणमा पोखरासहित नवलपुर, बागलुङ, स्याङजा र गोरखामा विभिन्न १४ खेलको विशेष प्रशिक्षण सुरू भएको हो । विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई २० दिन बन्द प्रशिक्षणमा सहभागी बनाएर नवौं संस्करणको राष्ट्रिय खेलकुदका लागि छनोट गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । तर, नवौं राष्ट्रिय खेलकुदमा अधिकांश खेलका खेलाडी भने मुख्य प्रशिक्षकबिनै प्रशिक्षणमा भाग लिनेछन् । ३६ वटा खेल समावेश गरिएको नवौं राष्ट्रियमा मुस्किलले ५ खेलमा मात्रै आधिकारिक प्रशिक्षक रहेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले बताए । शुक्रबार पोखरामा विशेष प्रशिक्षण उद्घाटन कार्यक्रममा उनले नेपालमै प्रशिक्षक उत्पादमा ध्यान नदिइएकाले त्यसको असर गण्डकीले पनि व्यहोर्नु परेको सुनाएका हुन्...
मास हिस्टेरिया : विद्यालयमा छात्राहरु काँप्ने, रुने र बेहोस हुने समस्या

मास हिस्टेरिया : विद्यालयमा छात्राहरु काँप्ने, रुने र बेहोस हुने समस्या

जीवनशैली, समाज
कहिलेकाहीं समाचार आउने गर्छ, ‘विद्यालयका छात्राहरुमा काँप्ने, रुने, कराउने र बेहोस हुने समस्या देखियो’ । एक जना होइन, दुई, तीन वा अरु थुप्रै छात्रामा एकसाथ यस्तो समस्या देखिन्छ । यस किसिमको समस्यालाई देवीदेवता लागेको वा भूतप्रेतले दुःख दिएको समेत भन्ने गरिएको छ । मनोचिकित्सकले भने यसलाई क्षणिक मानसिक समस्या भन्ने गरेका छन् । खासमा यो ‘मास हिस्टेरिया’ हो । काँप्ने, रुने, बेहोस हुने जस्ता समस्या सामूहिक रूपमा देखिन्छ भने त्यसलाई ‘मास हिस्टेरिया’ भनिन्छ । यस्तो समस्या विद्यालय स्तरका छात्राहरूमा बढी देखिने गर्छ । मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । तर आजभोलि हिस्टेरिया भन्ने शब्द त्यति प्रयोगमा ल्याइँदैन । हिस्टेरिया शब्दलाई यौन कुण्ठासँग जोडिने भएकोले यो शब्दलाई अहिले प्रयोग नगरिएको हो । ‘मास हिस्टेरिया’लाई  अहिले ‘मास कन्भर्जन’ भनिन्छ । जसलाई...
किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

जीवनशैली, समाज
काठमाडौं । पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ । भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो । तर अहिले धेरै व्यक्ति भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको पराबैजनी किरणको सम्पर्कमा कमै मात्र आउन पाएका हुन्छन् । किनकि बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरुलाई घाममा बस्ने फुर्सद नै कम छ । सहरका घरहरु एकापसमा जोडेर बनाइएकाले कोठा कोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन । मानव छालाले सूर्यको प्रकाशमा भएको पराबैजनी किरणबाट भिटामिन ‘डी’ को निर्माण गर्छ र शरीरले उसलाई संग्रहित राखेर पछि उपयोग गर्न थाल्छ । छालाले भिटामिन ‘डी’को निर्माण गर्न सकेन भने यसको कमी हुन्छ । भिटामिन डी’ पाइने खाना जस्तै अण्डा, माछाको कम सेवन गर्दा पनि यो समस्या देखा पर्ने स...
चिट पासो थापेर विद्यार्थीमाथि बलात्कार

चिट पासो थापेर विद्यार्थीमाथि बलात्कार

Breaking news 3, अपराध
४ भदौ, विराटनगर । चार महिनाअघि विराट हेल्थ कलेजमा दोस्रो वर्षको फाइनल परीक्षा चलिरहेका बेला अनुशासन प्रमुख (डीआई) सुरज भनिने अमर सुवेदी परीक्षा हलमा प्रवेश गरे । परीक्षा दिइरहेकी १८ वर्षीया किशोरीलाई चिट दिन खोजे, लिन नमानेपछि फालेर बाहिरिए । परीक्षा सकेर किशोरी डेरा गइन् । केही समयपछि कसैले ढोका ढकढकाक्यो । ढोका खोलेपछि सुवेदी कोठाभित्र पसेर पानी मागे । ‘मैले पानी दिएँ, पानी खाइसकेपछि मलाई एक सय रुपैयाँ दिएर चुरोट किन्न पठाउनुभयो,’ पीडित किशोरीले बयानमा भनेकी छन्, ‘चुरोट लिएर आएपछि मलाई पानी पिउन दिनुभयो । पानी खाइसकेपछि चक्कर लागेजस्तो भयो ।’ रिंगटा लागेर भुईँमा ढलेपछि के भयो उनलाई थाहा छैन । उनी होसमा आउँदा भोलिपल्ट बिहान भइसकेको छ । उनले भनिन्, ‘होसमा आउँदा भोलिपल्ट बिहान भइसकेको थियो । कोठामा बियरका बोतल, चुरोटका ठुटा र कागज छरपष्ट थियो, बेडमा रगतको टाटै–टाटा थियो । मेरो जि...

किन लगातार विवादित हुँदैछिन् करिश्मा ?

फिल्मी, मनोरञ्जन
काठमाडौं । जतिबेलासम्म करिश्मा मानन्धरलाई ‘सदावहार’ नायिका मानिन्थ्यो, विवाद उनीबाट पर थियो । सौन्दर्यको चर्चा धेरै हुन्थ्यो । तर यतिबेला करिश्माको चर्चा फिल्म र सौन्दर्यभन्दा राजनीतिक र सामाजिक विषयप्रति उनका विचारलाई लिएर भइरहेको छ । उनी लगातार विवादित भइरहेकी छन् । डा. बाबुराम भट्टराईको त्यतिबेलाको राजनीतिक दल नयाँ शक्ति ज्वाइन गरेपछि करिश्मा विवादित बन्न थालिन् । त्यसयता उनले राजनीति र भाइरल विषयवस्तुमा पनि लगातार टिप्पणी गरिरहेकी छन् । एमाले प्रवेश गरेपछि उनको चर्चा चुलिएको छ । न्वारनको नाम पनि सूर्यकुमारी बताएपछि त दर्शकले उनलाई करिश्माभन्दा सूर्यकुमारी नामले नै ट्रोल गरिरहेका छन् । तर भाइरल विषयवस्तुमा टिप्पणी गरिहाल्ने र लगत्तै अडान त्याग्ने कारणले करिश्मा विवादित बनेकी हुन् । शुक्रबार उनले निहारिका राजपुतको अदालतमा विचाराधीन मुद्दाबारे आफ्नो दृष्टिकोणबाट केही शब्द ले...

‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

मनोरञ्जन
काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् । दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा पनि प्रदीपको चरित्रले महत्व पाएको छ । दोस्रो टिजरको बटमलाइन पनि मुख्य पात्रले राजगद्दी वा प्रेममध्ये एक छान्नुपर्ने संघर्ष नै हो । दोस्रो टिजर पनि हिन्दी स्वरांकन र ब्याकग्राउन्ड स्कोरले बलियो बनेको छ । निर्माता सन्तोष सेनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताए । तर फिल्म चाहिं असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन तयारीमा छ । सन्तोष सेन र छेतेन गुरुङले फिल्म निर्देशन गरेका हुन् ।प्रदीप र मनिषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुर...

सेयर बजारमा लगानीले बीमा कम्पनीको नाफामा धक्का

ताजा अपडेट, पत्रपत्रिका, फिचर
४ भदौ, काठमाडौं । सेयर बजारमा गरेको लगानी घाटामा जाँदा गत आर्थिक वर्ष २०७८/७९ मा अधिकांश बीमा कम्पनीको नाफामा धक्का लागेको छ । सेयरको लगानीकै कारण व्यवसायको हिसावले दुई ठूला जीवन बीमा कम्पनीहरुले त गत आर्थिक वर्षमा खुद नोक्सानीमा रहेको प्रारम्भिक वित्तीय विवरण प्रकाशित गर्नुपरेको छ । जीवन बीमा कम्पनीको वास्तविक नाफा बिमाङकीय मूल्यांकनपछि यकिन हुन्छ । बीमा कम्पनीहरुले जीवन बीमा कोषमा रहेको रकमबाट एक वर्षमा विभिन्न क्षेत्रमा लगानी गरेर प्राप्त भएको रकममध्ये केही हिस्सा जीवन बीमा कम्पनीको नाफामा आउने गर्छ । त्यसले गर्दा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्यांकनपछि मात्रै वास्तविक नाफा देखिन्छ । यद्यपि प्रारम्भिक वित्तीय विवरण प्रकाशित गर्दा बीमा कम्पनीको नाफा प्रभावित भएको देखिन्छ । बीमा समितिले २०७४ मा एकसाथ १० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । नयाँ जीवन बीमा कम्पनीह...