सेयर बजारमा लगानीले बीमा कम्पनीको नाफामा धक्का


४ भदौ, काठमाडौं । सेयर बजारमा गरेको लगानी घाटामा जाँदा गत आर्थिक वर्ष २०७८/७९ मा अधिकांश बीमा कम्पनीको नाफामा धक्का लागेको छ । सेयरको लगानीकै कारण व्यवसायको हिसावले दुई ठूला जीवन बीमा कम्पनीहरुले त गत आर्थिक वर्षमा खुद नोक्सानीमा रहेको प्रारम्भिक वित्तीय विवरण प्रकाशित गर्नुपरेको छ ।

जीवन बीमा कम्पनीको वास्तविक नाफा बिमाङकीय मूल्यांकनपछि यकिन हुन्छ । बीमा कम्पनीहरुले जीवन बीमा कोषमा रहेको रकमबाट एक वर्षमा विभिन्न क्षेत्रमा लगानी गरेर प्राप्त भएको रकममध्ये केही हिस्सा जीवन बीमा कम्पनीको नाफामा आउने गर्छ । त्यसले गर्दा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्यांकनपछि मात्रै वास्तविक नाफा देखिन्छ । यद्यपि प्रारम्भिक वित्तीय विवरण प्रकाशित गर्दा बीमा कम्पनीको नाफा प्रभावित भएको देखिन्छ ।

बीमा समितिले २०७४ मा एकसाथ १० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । नयाँ जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तारसँगै सामान्य नोक्सानीको लागि व्यवस्थामा केही रकम छुट्याएपनि नाफा बढेको छ ।

नयाँ जीवन बीमा कम्पनीले नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम न्यून हुँदा नाफा बढेको देखिएपनि पुराना कम्पनीको भने अधिकांशको नाफा घटेको छ ।

पुराना जीवन बीमा कम्पनीहरु नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको प्रारम्भिक वित्तीय विवरण नोक्सानीमा जाँदा एसियन, सूर्या, प्राइम तथा नयाँ कम्पनीमा युनियन लगायतका कम्पनीको नाफामा गिरावट भएको छ ।

गत आर्थिक वर्षको प्रारम्भिक वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीले २ अर्ब ५१ करोड ६५ लाख खुद नाफा कमाएका छन् । रहेको छ । जबकी आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा यस्तो नाफा ३ अर्ब ७६ करोड ७९ लाख रहेको थियो । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आवमा ३३.२१ प्रतिशतले नाफामा गिरावट भएको छ ।

किन घट्यो नाफा ?

जीवन बीमा कम्पनीले सेयर बजारमा गरेको लागानी घाटामा जाँदा त्यसको नोक्सानी व्यवस्थापनमा रकम छुट्याउनुपर्ने व्यवस्थाले गर्दा नाफा घटेको नेपाल लाइफ इन्स्योरेन्सको पूर्वप्रमुख कार्यकारी अधिकृत विवेक झा बताउँछन् ।

‘बीमा कम्पनी सबैले सेयर किनेका छन् । गत आवमा ३ हजार २०० को बिन्दुसम्म पुगेको नेप्से घटेर दुई हजारमा आउँदा करिब ४० प्रतिशतको गिरावट भयो,’ उनले भने, ‘यस्तो बेलामा सेयरमा लगानी गर्दा मूल्य तुलनात्मक रुपमा कम गिरावट भएको कम्पनीमा लगानी गर्दा कम नोक्सानी व्यवस्था लगर्दा भयो भने घाटा धेरै भएमा सोही अनुसारको नोक्सानी व्यवस्था गर्नुपर्छ ।’

सोही सेयरमा गरेको लगानीको लागि नोक्सानी व्यवस्था गर्दा नाफा घटेको उनले बताए । जीवन बीमा कम्पनीले आव २०७७/७८ मा नोक्सानीको लागि ९ करोड ८९ लाख व्यवस्था गरेका थिए । गत आव २०७८/७९ मा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम बढेर १ अर्ब ८५ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

सोही कारण जीवन बीमा कम्पनीको आम्दानीमा वृद्धिको बावजुत पनि नाफा संकुचन भएको हो ।

बीमा समितिले बीमा कम्पनीलाई कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्नसक्ने व्यवस्था गरेको छ । जीवन बीमा कम्पनीको ‘टेक्निकल रिजभर्’मा बीमाङकीय मूल्यांकन प्रतिवेदन बमोजिमको म्याथमेटिकल रिजर्भ, बोनसको लागत, अकस्मिक व्यवस्था, तत्काल भुक्तानी गर्नुपर्ने दाबीको व्यवस्था, बीमालेखसँग सम्बन्धित अन्य दायित्व र व्यवस्था, खुद दाबी भुक्तानी बापतको व्यवस्था र अवधि समाप्तिबापत भुक्तानी गर्नु नपर्ने बीमाको असमाप्त जोखिम बापतको व्यवस्था रकमको योग समावेश हुने बीमा समितिले जनाएको छ ।

‘नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न सकिनेछ’ बीमा समितिले जारी गरेको बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५ मा भनिएको छ ।

सोही आधारमा बीमा कम्म्पनीले सेयर बजारमा लगानी गरेका हुन् । पुराना जीवन बीमा कम्पनीहरुको व्यवसायको आकारसँगै सोही अनुसार ‘टेक्निकल रिजर्भ’ पनि बढ्दै जाँदा उनीहरुको लगानी क्षमता बढी र नयाँ कम्पनीको कम हुँदा सेयर बजारमा लगानी गर्ने स्रोत पनि कम हुने हुन्छ ।

नेपाल लाइफ र एलआईसी बढी प्रभावित

बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले खुद नोक्सानी नै ब्यहोरेका छन् । नेपाल लाइफले ३५ करोड २८ लाख नोक्सानी रहेका वित्तीय विवरण सार्वजनिक गरेको छ ।

अघिल्लो आव २०७७/७८ मा ५३ करोड ५९ लाख नाफामा रहेको प्रारम्भिक वित्तीय विवरण सार्वजनिक गरेको थियो । गत आवमा कम्पनीले नोक्सानी व्यवस्थाको लागि ७७ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । जसले कम्पनी खुद नोक्सानीमा पुगेको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले नोक्सानी व्यवस्थाको लागि छुट्याउँदा ८ करोड ७४ लाख रुपैयाँले नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले आव २०७७/७८ मा नोक्सानी व्यवस्थाको लागि ५९ लाख छुट्याउँदा १९ करोड १० लाख खुद नाफा कमाएको थियो ।

यता सेयरमा गरेको लगानीको लागि ८६ लाख रुपैयाँ मात्रै नोक्सानी व्यवस्था गरेको नेशनल लाइफको नाफा भने सामान्य बढेर ४० करोड ८८ लाख पुगेको छ । आव २०७७/७८ मा कम्पनीले नोक्सानीको लागि कुनै व्यवस्था नगर्दा ४० करोड १२ लाख खुद नाफा कमाएको थियो ।

२०७४ बाट सञ्चालनमा आएको युनियन लाइफले २० करोड ६९ लाख रुपैयाँ नोक्सानी व्यवस्थाको लागि छुट्याएको छ । जसले कम्पनीको नाफा १३ करोड ३ लाखबाट १ करोड २७ लाखमा झरेको छ । पूर्ण सरकारी स्वामीत्वको राष्ट्रिय बीमा संस्थान र मेट लाइफ नेपालले नोक्सानीका लागि रकम व्यवस्था गरेका छैनन् । त्यस्तै एशियन लाइफले ११ करोड ५९ लाख, सुर्या लाइफले १३ करोड ४५ लाख, सिटिजन्स लाइफले २ करोड ४१ लाख, प्राइम लाइफले ८ करोड ९७ लाख, रिलायबल लाइफले ४ करोड २६ लाख, ज्योति लाइफल २ करोड ४६ लाख रुपैयाँ नोक्सानी व्यवस्थाको लागि छुट्याएको छ ।

आईएमई लाइफले २ करोड १८ लाख, सन नेपाल लाइफले २ करोड ८० लाख, रिलायन्स लाइफले ७६ लाख, गुराँस लाइफले ६७ लाख, प्रभु लाइफले ५ करोड ७९ लाख, सानिमा लाइफले ३४ लाख र महालक्ष्मी लाइफले ८७ लाख रुपैयाँ नोक्सानी व्यवस्थाको लागि छुट्याएको छ ।

बीमा कम्पनीले सेयर बजारमा गिरावट हुँदा उक्त रकम नोक्सानी व्यवस्थाको लागि छुट्याएको भएपनि सेयर मूल्य बढेर नाफा भएपछि उक्त नोक्सानी व्यवस्था पुनः नाफामा जाने एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । समितिले दिएको दायराभित्रै रहेक बीमा कम्पनीले उक्त लगानी गरेको उनको बताए । बीमा कम्पनीले सेयर बजारमा गरेको लगानीबाट भएको घाटाअनुसार नोक्सानीको लागि व्यवस्था गरेको उनको तर्क छ ।

छुटाउनुभयो कि ?

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हि...
नेपाल र युएईबीचको दोस्रो टी-२० खेल आज हुदै

नेपाल र युएईबीचको दोस्रो टी-२० खेल आज हुदै

काठमाडौँनेपाल र युएईबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजेदेखि ...
भारतको चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

भारतको चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

काठमाडौंभारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका ...
अमेरिकी नौसैनिकद्वारा इरानी कार्गो जाहाज नियन्त्रण,द्वन्द्व बढ्ने संकेत

अमेरिकी नौसैनिकद्वारा इरानी कार्गो जाहाज नियन्त्रण,द्वन्द्व बढ्ने संकेत

काठमाडौंअमेरिकाले इरानी झण्डा बोकेको एक मालवाहक जहाज नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार ‘...