चीनले बन्द गर्‍यो एप्पल आपूर्तिकर्ताको कारखाना, आइफोन १४ मा ढिलाई हुन सक्ने


४ भदौ, काठमाडौं । स्मार्टफोनलगायत संसारको इलेक्ट्रोनिक्स बजार सामान उत्पादनका लागि चीनमा अत्यधिक निर्भर छ । त्यसैले जब चीनमा केही घटना हुन्छ, त्यसको असर विश्वभरको बजारमा पर्दछ ।

चीनले तिव्र दरमा बढिरहेको तापक्रमका कारण एक महत्वपूर्ण निर्णय लिएको छ, जसको सिधा असर प्रविधि तथा इलेक्ट्रोनिक कम्पनीमा पर्नेछ ।

समाचार अनुसार अत्यधिक गर्मीका कारण भैरहेको लोडसेडिङका कारण सिचुआन प्रान्तका विभिन्न प्रमुख कम्पनीहरु बन्द गर्नु परेको छ । चीनले सिचुआन प्रान्तमा विभिन्न ठूला कम्पनीहरु ६ दिनका लागि बन्द गरिएको छ । चीनले सिचुआनमा रहेका कारखानाहरु २० अगष्ट सम्म बन्द गर्न आदेश दिएको छ ।

त्यसरी बन्द गरिएका कम्पनीको सूचिमा संसारको सबैभन्दा ठूलो इलेक्ट्रिक कारको ब्याट्री निर्माता कम्पनी Contemporary Amperex Technology Co. Limited पनि रहेको छ ।

त्यसको प्रत्यक्ष असर टेस्ला गाडीका लागि ब्याट्री बनाउने CATL, एप्पलका पाटपुर्जा बनाउने फक्सकन, टोयोटा, टेक्सास इन्स्ट्रुमेन्ट, फक्सवागन, अनसेमी लगायतका विभिन्न कम्पनीहरुमा परेको छ ।

चीनमा हाल ६० वर्ष यताकै सबैभन्दा विषम हिटवेभ अर्थात् तातो हावाको लहर चलिरहेको छ । जसका कारण विभिन्न सहरमा तापक्रम ४० डिग्री भनदा माथि पुगेको छ । गर्मी अत्यधिक बढेकाले एयर कन्डिसनरको प्रयोग बढ्दा विजुलीको आपूर्ति प्रभावित भइरहेको छ ।

अधिकारीहरुका अनुसार कारखानाहरु बन्द गरेर त्यस इलाकामा बस्ने मानिसहरुका लागि बिजुली बचाउने कोशिस भइरहेको छ । उक्त क्षेत्र धेरै हदसम्म जलविद्युतमा निर्भर छ र गर्मी बढेसँगै नदीहरुमा पानी कम हुँदा जलविद्युत उत्पादनमा समेत समस्या भएको छ ।

ब्याट्री तथा सेमीकण्डक्टरको हब

चीनको उक्त क्षेत्र केवल प्रविधि तथा अटोमोबाइल कम्पनीका लागि मात्र होइन सेमीकन्डक्टर तथा सोलार प्यानल उद्योगका लागि समेत निकै महत्वपूर्ण छ ।

त्यहाँ लिथियम माइनिङको काम पनि हुन्छ । लिथियमको प्रयोग विद्युतीय कार तथा स्मार्टफोनको ब्याट्रीमा हुन्छ ।

रिपोर्ट अनुसार पछिल्लो बन्दले लिथियमको आपूर्ति घट्दा त्यसले एप्पलको प्रमुख सप्लाएर फक्सकनलाई असर पर्नेछ । यसबाट एप्पलको आगामी आइफोन १४ बजारमा ल्याउन ढिलाई हुनसक्ने अनुमान गरिएको छ । तर कम्पनीले भने सिचुआनको उक्त कारखानामा केवल आइप्याड मात्रै तयार हुने भएकाले आइफोन १४ को लन्चिङमा कुनै असर नपर्ने दाबी गरेको छ । एजेन्सीको सहयोगमा

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...