चीनले बन्द गर्‍यो एप्पल आपूर्तिकर्ताको कारखाना, आइफोन १४ मा ढिलाई हुन सक्ने


४ भदौ, काठमाडौं । स्मार्टफोनलगायत संसारको इलेक्ट्रोनिक्स बजार सामान उत्पादनका लागि चीनमा अत्यधिक निर्भर छ । त्यसैले जब चीनमा केही घटना हुन्छ, त्यसको असर विश्वभरको बजारमा पर्दछ ।

चीनले तिव्र दरमा बढिरहेको तापक्रमका कारण एक महत्वपूर्ण निर्णय लिएको छ, जसको सिधा असर प्रविधि तथा इलेक्ट्रोनिक कम्पनीमा पर्नेछ ।

समाचार अनुसार अत्यधिक गर्मीका कारण भैरहेको लोडसेडिङका कारण सिचुआन प्रान्तका विभिन्न प्रमुख कम्पनीहरु बन्द गर्नु परेको छ । चीनले सिचुआन प्रान्तमा विभिन्न ठूला कम्पनीहरु ६ दिनका लागि बन्द गरिएको छ । चीनले सिचुआनमा रहेका कारखानाहरु २० अगष्ट सम्म बन्द गर्न आदेश दिएको छ ।

त्यसरी बन्द गरिएका कम्पनीको सूचिमा संसारको सबैभन्दा ठूलो इलेक्ट्रिक कारको ब्याट्री निर्माता कम्पनी Contemporary Amperex Technology Co. Limited पनि रहेको छ ।

त्यसको प्रत्यक्ष असर टेस्ला गाडीका लागि ब्याट्री बनाउने CATL, एप्पलका पाटपुर्जा बनाउने फक्सकन, टोयोटा, टेक्सास इन्स्ट्रुमेन्ट, फक्सवागन, अनसेमी लगायतका विभिन्न कम्पनीहरुमा परेको छ ।

चीनमा हाल ६० वर्ष यताकै सबैभन्दा विषम हिटवेभ अर्थात् तातो हावाको लहर चलिरहेको छ । जसका कारण विभिन्न सहरमा तापक्रम ४० डिग्री भनदा माथि पुगेको छ । गर्मी अत्यधिक बढेकाले एयर कन्डिसनरको प्रयोग बढ्दा विजुलीको आपूर्ति प्रभावित भइरहेको छ ।

अधिकारीहरुका अनुसार कारखानाहरु बन्द गरेर त्यस इलाकामा बस्ने मानिसहरुका लागि बिजुली बचाउने कोशिस भइरहेको छ । उक्त क्षेत्र धेरै हदसम्म जलविद्युतमा निर्भर छ र गर्मी बढेसँगै नदीहरुमा पानी कम हुँदा जलविद्युत उत्पादनमा समेत समस्या भएको छ ।

ब्याट्री तथा सेमीकण्डक्टरको हब

चीनको उक्त क्षेत्र केवल प्रविधि तथा अटोमोबाइल कम्पनीका लागि मात्र होइन सेमीकन्डक्टर तथा सोलार प्यानल उद्योगका लागि समेत निकै महत्वपूर्ण छ ।

त्यहाँ लिथियम माइनिङको काम पनि हुन्छ । लिथियमको प्रयोग विद्युतीय कार तथा स्मार्टफोनको ब्याट्रीमा हुन्छ ।

रिपोर्ट अनुसार पछिल्लो बन्दले लिथियमको आपूर्ति घट्दा त्यसले एप्पलको प्रमुख सप्लाएर फक्सकनलाई असर पर्नेछ । यसबाट एप्पलको आगामी आइफोन १४ बजारमा ल्याउन ढिलाई हुनसक्ने अनुमान गरिएको छ । तर कम्पनीले भने सिचुआनको उक्त कारखानामा केवल आइप्याड मात्रै तयार हुने भएकाले आइफोन १४ को लन्चिङमा कुनै असर नपर्ने दाबी गरेको छ । एजेन्सीको सहयोगमा

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...