चिट पासो थापेर विद्यार्थीमाथि बलात्कार


४ भदौ, विराटनगर । चार महिनाअघि विराट हेल्थ कलेजमा दोस्रो वर्षको फाइनल परीक्षा चलिरहेका बेला अनुशासन प्रमुख (डीआई) सुरज भनिने अमर सुवेदी परीक्षा हलमा प्रवेश गरे । परीक्षा दिइरहेकी १८ वर्षीया किशोरीलाई चिट दिन खोजे, लिन नमानेपछि फालेर बाहिरिए । परीक्षा सकेर किशोरी डेरा गइन् ।

केही समयपछि कसैले ढोका ढकढकाक्यो । ढोका खोलेपछि सुवेदी कोठाभित्र पसेर पानी मागे । ‘मैले पानी दिएँ, पानी खाइसकेपछि मलाई एक सय रुपैयाँ दिएर चुरोट किन्न पठाउनुभयो,’ पीडित किशोरीले बयानमा भनेकी छन्, ‘चुरोट लिएर आएपछि मलाई पानी पिउन दिनुभयो । पानी खाइसकेपछि चक्कर लागेजस्तो भयो ।’

रिंगटा लागेर भुईँमा ढलेपछि के भयो उनलाई थाहा छैन । उनी होसमा आउँदा भोलिपल्ट बिहान भइसकेको छ । उनले भनिन्, ‘होसमा आउँदा भोलिपल्ट बिहान भइसकेको थियो । कोठामा बियरका बोतल, चुरोटका ठुटा र कागज छरपष्ट थियो, बेडमा रगतको टाटै–टाटा थियो । मेरो जिउमा भित्री बस्त्र समेत थिएन ।’

किशोरीका अनुसार सुवेदीले बलात्कार गरेको उनले भोलिपल्ट बिहानमात्र थाहा पाइन्, यो त पहिलो घटनामात्र थियो ।

किशोरीले बताएअनुसार करणीको भिडियो देखाएर सुवेदीले धम्क्याउँदै कहिले डेरामा त कहिले होटलमा लगेर करणी गरे । उनी सुरक्षितस्थल खोज्दै चार पटक कोठा सरिन्, तर उनको नियती रोकिएन ।

किशोरीलाई सुवेदीले खाँदबारीमा लगेर पनि बलात्कार गरे । ‘मलाई मिति र समय याद भएन, जेठ अन्तिमतिर धरान आइज भन्दै धम्काएपछि म बस चढेर धरान गएँ,’ किशोरीले बयानमा भनेकी छन्, ‘धरान पुगेपछि त्यतैबाट मोटरसाइकलमा राखेर संखुवासभाको खादबारीमा लगेर भेनस होटलमा ३ दिन राखी पटक पटक जवरजस्ती करणी गरे ।’

चार महिनामा तीन पटक कोठा सरेकी किशोरीलाई पछिल्लो पटक असार २८ गते डेरामै पुगेर सुवेदीले बलात्कार गरे ।

चार महिनादेखि चलेको यो शृङ्खलामा विराटनगरका जग्गा कारोबारी विनोद राउत पनि जोडिएका छन् । जेठ अन्तिम साता किशोरीलाई बेलुका सुवेदीले विराट होटलमा बोलाएका थिए । १०४ नम्बर कोठामा राउत पनि पुग्छन् ।

दुवैजनाले करणी गरेपछि राति नै होटलबाट बाहिरिएको पीडित किशोरीले बताएकी छन् । मानसिक रुपमा विछिप्त किशोरीलाई होटलमा लगेको समय याद नभएको र होटलको रेकर्डमा नाम पनि नभेटिएका कारण समय खुलेको छैन ।

सुवेदी र राउत साथी हुन् । उनीहरु दुवै राष्ट्रिय खेलकुद परिषद्को मोरङको कराते प्रशिक्षक पनि हुन् ।

छोरासँग गुहार

डीआईले पटक पटक करणी गरेपछि मानसिक रुपमा विछिप्त किशोरी गत चैतदेखि नियमित कलेज गएकी थिइनन् । तर पनि सुवेदीले पिछा गर्न छाडेनन् । त्यसपछि पीडित किशोरीले सुवेदीका छोरालाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर आफूमाथि भएको जवर्जस्ती सुनाउँदै बुबालाई सम्झाउन आग्रह गरिन् ।

सुवेदीका कारण आफ्नो जीवन बर्बाद भएको भन्दै उनले सन्देशमा लेखेकी छन्, ‘लास्ट गर्दै हुनुहुन्छ, के गर्नु म ? प्लिज मेरो लास्ट होप तपाईंमात्रै हो अब ।’

तर उनले बुबालाई सम्झाउन नसक्ने जवाफ फर्काए । किशोरीले आमा (सुरजको श्रीमती) को फोन नम्बर पनि मागेकी थिइन् । तर ममीलाई पनि हर्ट हुने भन्दै फोन नम्बर दिएनन् । पीडित किशोरी मानसिक रुपमा विक्षिप्त भइन् ।

६ साउन कलेजबाट पीडित किशोरीको घरमा फोन गएपछि भने घटनाले नयाँ मोड लियो । उनी लामो समयदेखि कलेज नै नगएको खबर पाएपछि अभिभावकले सोधीखोजी गरे ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...