अष्ट्रेलियाले बनायो नयाँ सुपर कम्प्युटर, मर्दै गरेको ताराको लियो अद्वितीय तस्वीर


४ भदौ, काठमाडौं । अष्ट्रेलियाले तयार गरेको एक नयाँ सुपरकम्प्युटरले जिवनकालको अन्तिम अवस्थामा पुगेर विस्फोट भएको तारा अर्थात् सुपरनोभाको शानदार तस्वीर खिच्न सफल भएको छ ।

नयाँ पुस्ताको रेडियो टेलिस्कोपको रुपमा रहेको ASKAP (Australian Square Kilometer Array Pathfinder) लाई सुपर कम्प्युटरमा चल्ने अत्यन्त सक्षम सफ्टवेयरको आवश्यकता पर्दछ । त्यसैले Pawsey Supercomputing Research Center ले सेटोनिक्स नामक एक नयाँ सुपर कम्प्युटर निर्माण गरेको हो ।

ASKAP रेडियो टेलिस्कोपमा ३६ वटा डिश एन्टिना रहेका छन् जसले एउटै टेलिस्कोपको रुपमा सँगै काम गर्दछन् । उक्त टेलिस्कोपलाई अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी CSIRO ले सञ्चालन गर्दछ । त्यसले संकलन गरेका डाटाहरु उच्चगतिको अप्टिकल फाइबरका माध्यमबाट Pawsey Supercomputing Research Center मा पठाइन्छ, जहाँ डाटालाइ प्रशोधन गरेर तस्वीरमा बदलिन्छ ।

सेटोनिक्सले मर्दै गरेको तारा अर्थात् सुपरनोभा G261.9+5.4 को निकै सुन्दर तस्वीर खिचेको हो । उक्त सुपरनोभा करीब १० लाख वर्ष पूरानो हुनसक्ने बताइउको छ जुन पृथ्वीभन्दा १० हजार देखि १५ हजार प्रकाशवर्ष टाढा छ ।

CSIRO स्थित रेडियो खगोल वैज्ञानिक एरिक आर हिलले सन् १९६७ मा पहिलोपटक हम्रो आकाशगंगामामा रहेको उक्त सुपरनोभा पहिलोपटक पत्ता लगाएका थिए, मरेको ताराको रुपमा । समाप्त भैसकेको सुपरनोभा मर्दै गरेको ताराको शक्तिशाली विस्फोटको अवशेष हो ।SNR G261.9+05.5 को तस्वीर देख्दामा भलै सुन्दर छ, तर AKSAP को खगोलीय सर्भेबाट डाटा प्रोसेसिंग पनि सुपर कम्प्युटर सिस्टमलाई जाँच्ने एक शानदार तरिका हो ।

सुपर कम्प्युटरबाट डाटा प्रोसेसिंग निकै जटिल हुन्छ । तर सेटोनिक्ससँग यो प्रकारको गहन प्रोसेसिंगका लागि पर्याप्त संसाधन छ । सेटोनिक्सका लागि यो कदम दुई चरणमध्ये केवल पहिलो हो । दोश्रो चाहीँ यहीँ वर्षको अन्त्यमा पूरा पूरा हुने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...