अष्ट्रेलियाले बनायो नयाँ सुपर कम्प्युटर, मर्दै गरेको ताराको लियो अद्वितीय तस्वीर


४ भदौ, काठमाडौं । अष्ट्रेलियाले तयार गरेको एक नयाँ सुपरकम्प्युटरले जिवनकालको अन्तिम अवस्थामा पुगेर विस्फोट भएको तारा अर्थात् सुपरनोभाको शानदार तस्वीर खिच्न सफल भएको छ ।

नयाँ पुस्ताको रेडियो टेलिस्कोपको रुपमा रहेको ASKAP (Australian Square Kilometer Array Pathfinder) लाई सुपर कम्प्युटरमा चल्ने अत्यन्त सक्षम सफ्टवेयरको आवश्यकता पर्दछ । त्यसैले Pawsey Supercomputing Research Center ले सेटोनिक्स नामक एक नयाँ सुपर कम्प्युटर निर्माण गरेको हो ।

ASKAP रेडियो टेलिस्कोपमा ३६ वटा डिश एन्टिना रहेका छन् जसले एउटै टेलिस्कोपको रुपमा सँगै काम गर्दछन् । उक्त टेलिस्कोपलाई अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी CSIRO ले सञ्चालन गर्दछ । त्यसले संकलन गरेका डाटाहरु उच्चगतिको अप्टिकल फाइबरका माध्यमबाट Pawsey Supercomputing Research Center मा पठाइन्छ, जहाँ डाटालाइ प्रशोधन गरेर तस्वीरमा बदलिन्छ ।

सेटोनिक्सले मर्दै गरेको तारा अर्थात् सुपरनोभा G261.9+5.4 को निकै सुन्दर तस्वीर खिचेको हो । उक्त सुपरनोभा करीब १० लाख वर्ष पूरानो हुनसक्ने बताइउको छ जुन पृथ्वीभन्दा १० हजार देखि १५ हजार प्रकाशवर्ष टाढा छ ।

CSIRO स्थित रेडियो खगोल वैज्ञानिक एरिक आर हिलले सन् १९६७ मा पहिलोपटक हम्रो आकाशगंगामामा रहेको उक्त सुपरनोभा पहिलोपटक पत्ता लगाएका थिए, मरेको ताराको रुपमा । समाप्त भैसकेको सुपरनोभा मर्दै गरेको ताराको शक्तिशाली विस्फोटको अवशेष हो ।SNR G261.9+05.5 को तस्वीर देख्दामा भलै सुन्दर छ, तर AKSAP को खगोलीय सर्भेबाट डाटा प्रोसेसिंग पनि सुपर कम्प्युटर सिस्टमलाई जाँच्ने एक शानदार तरिका हो ।

सुपर कम्प्युटरबाट डाटा प्रोसेसिंग निकै जटिल हुन्छ । तर सेटोनिक्ससँग यो प्रकारको गहन प्रोसेसिंगका लागि पर्याप्त संसाधन छ । सेटोनिक्सका लागि यो कदम दुई चरणमध्ये केवल पहिलो हो । दोश्रो चाहीँ यहीँ वर्षको अन्त्यमा पूरा पूरा हुने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...