‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक


काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् ।

दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा पनि प्रदीपको चरित्रले महत्व पाएको छ ।

दोस्रो टिजरको बटमलाइन पनि मुख्य पात्रले राजगद्दी वा प्रेममध्ये एक छान्नुपर्ने संघर्ष नै हो । दोस्रो टिजर पनि हिन्दी स्वरांकन र ब्याकग्राउन्ड स्कोरले बलियो बनेको छ ।

निर्माता सन्तोष सेनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताए । तर फिल्म चाहिं असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन तयारीमा छ । सन्तोष सेन र छेतेन गुरुङले फिल्म निर्देशन गरेका हुन् ।प्रदीप र मनिषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको समेत अभिनय छ । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...