‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक


काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् ।

दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा पनि प्रदीपको चरित्रले महत्व पाएको छ ।

दोस्रो टिजरको बटमलाइन पनि मुख्य पात्रले राजगद्दी वा प्रेममध्ये एक छान्नुपर्ने संघर्ष नै हो । दोस्रो टिजर पनि हिन्दी स्वरांकन र ब्याकग्राउन्ड स्कोरले बलियो बनेको छ ।

निर्माता सन्तोष सेनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताए । तर फिल्म चाहिं असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन तयारीमा छ । सन्तोष सेन र छेतेन गुरुङले फिल्म निर्देशन गरेका हुन् ।प्रदीप र मनिषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको समेत अभिनय छ । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...