Author: संचार पत्र

नेपाली सेनाको कमाण्ड आजदेखि सिग्देलले सम्हाल्दै

नेपाली सेनाको कमाण्ड आजदेखि सिग्देलले सम्हाल्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका
नेपाली सेनाको कमाण्ड आजदेखि औपचारिक रुपमा अशोकराज सिग्देलले सम्हाल्दै छन् । उनलाई आज बिहान १० बजे राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्ने छन् । त्यसपछि जंगी अड्डामा आएर उनले कार्यभार सम्हाल्नेछन् । सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन् । निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सिग्देलले सेनाको कमाण्ड सम्हाल्ने अवसर पाएका हुन् । राष्ट्रपति पौडेलले १२ भदौमा सिग्देललाई २४ भदौदेखि लागु हुने गरी प्रधानसेनापति नियुक्त गरेका थिए । नेपाली सेनामा चार दशक बिताएका शर्मा २४ साउनदेखि बिदामा बसेका थिए । जंगी अड्डाले आजै बेलुका उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखेको छ । को हुन् सिग्देल ? ३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका सिग्देलको स्थायी घर भैरहवा हो । उनले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय र चीनको रा...
सहकारीपीडितको आन्दोलन स्थगित, सरकारसँग ८ बुँदे सहमति

सहकारीपीडितको आन्दोलन स्थगित, सरकारसँग ८ बुँदे सहमति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बचत रकम फिर्ता गर्ने सम्बन्धमा सरकारसँग ८ बुँदे सम्झौता भएपछि सहकारी पीडितले १०८ दिनदेखि गर्दै आएको अनशन स्थगित गरेका छन् ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा सहकारी पीडित बचतकर्ता अभियानको नामबाट आन्दोलनरत सहकारीपीडित बचतकर्ता समूहका प्रतिनिधिबीच भएको छलफलमा ८ बुँदे सहमति गरिएको हो । सम्झौताअनुसार समस्यामा परेका सहकारी संघसंस्थाका पीडितको बचत फिर्ता र ऋण असुलीलगायत विषयको पहिचान तथा समाधानमा आवश्यक तथ्यांक संकलन र विश्लेषणलगायत कार्यमा निरन्तर सहयोग गर्नका लागि क्षेत्रगत कार्यादेशसहित सहकारी विभागका उपरजिस्ट्रारको संयोजकत्वमा एक समिति गठन भएको छ । समितिमा सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका प्रतिनिधि सदस्य रहनेछन् । समितिले समस्याउन्मुख सहकारी संघ संस्थाको निरीक्षण अनुगमन गरी ...
हैदरावादी बिरयानीले भन्यो :सोझो र सिधा व्यवसायीलाई सिध्याउन खोजियो

हैदरावादी बिरयानीले भन्यो :सोझो र सिधा व्यवसायीलाई सिध्याउन खोजियो

ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल बुटवल उपमहानगर वडा नम्बर ६ नेपालगञ्ज रोडमा २०७८ सालदेखि गुणस्तरीय र स्वादिष्ट बिरायनी लगायतका खानाका परिकारको सेवा दिँदै आएको हैदरावादी बिरायनी सेन्टरका सञ्चालक जनक खड्काले आफूले गुणस्तरहिन खाना बेचेर धेरै पैसा कमाउने चाहना नरहेको बताएका छन् ,उनले परदेशमा सिप सिकेर स्वदेशमा बुटवल लगायत अन्य ५ स्थानमा बिरायनी लगायतका परिकार खुवाउँदै आएको र ग्राहककाे मन जित्दै आएकाे वताउंछन्। सञ्चालक खड्काले सस्तो लोकप्रियताका लागि मिडियाबाजी गरेर सोझो र सिधा व्यवसायीलाई सिध्याउन खोजेको प्रेस विज्ञप्ति मार्फत जनाएका छन्। बिरयानी सेन्टरले एक विज्ञप्ति सार्वजनिक गर्दै भदौ २० गते बुटवल उपमहानगरको एक टोलीले अनुगमन गरेको सत्य भएपनि समाचारमा आएका अन्य विषयमा सत्यता नभएको जनाएको हो । खासगरी बिरयानीमा कुहिएको मासु र छाला प्रयोग गरिएको भनेर कसैले पुष्टी नगरेको सरासर झुट कुरा दुस्प्रचार गरिएको...
आज ऋषि पञ्चमी,सप्तऋषिको पूजा गरी मनाइदैं

आज ऋषि पञ्चमी,सप्तऋषिको पूजा गरी मनाइदैं

Breaking news 2, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
आज भाद्र २३ गते अर्थात् ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्यको लागि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज)को व्रत एवं पूजा आजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले उल्लेख गरेको छ । रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघाति...
बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु

बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, समाचार
१२५ मेगावाट बिजुली बिहारमा निर्यात गर्ने स्वीकृति पाएकामा ४० मेगावाट कटैया प्रसारण लाइनबाट बिक्री सुरु, नेपालले प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा पाउने नेपालले पहिलो पटक भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न सुरु गरेको छ । गत बिहीबारदेखि बिहारमा बिजुली निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुष्टि गरे । ‘कटैया–कुशहवा प्रसारण लाइनबाट ४० मेगावाट निर्यात गर्न सुरु गरेका छौं,’ उनले भने, ‘बिहारमा १२५ मेगावाट बिजुली निर्यात गर्ने स्वीकृति पाइसकेका छौं । बिस्तारै परिमाण बढाउँदै लैजान्छौं ।’ १४.४ मेगावाट क्षमताको मोदी, १४.४५३ मेगावाटको मायाखोला र ११.६४ मेगावाटको दूधकुण्ड आयोजनाको बिजुली निर्यात गर्न थालिएको प्राधिकरणले जनाएको छ । स्वीकृत अन्य आयोजनाको बिजुली पनि बिस्तारै निर्यात...
जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न मुख्यमन्त्री आचार्यको आह्वान

जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न मुख्यमन्त्री आचार्यको आह्वान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न  निजामती कर्मचारीहरुलाइ आह्वान गरेका छन्।  निजामती सेवा दिवस २०८१ अवसरमा जिल्ला प्रशासन कार्यालयले शनिवार अर्घाखाँचीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त, छिटो छरितो, विश्वासिलो र जनउत्तरदायी बनाउन आह्वान गरेका हुन्। कर्मचारीहरु प्रति समाजले हेर्ने दृृष्टिकोणमा परिवर्तन आउन थालेको भन्दै सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहमा पारदर्शिता, जवाफदेही र उत्तरदायीपूर्ण हुनुपर्ने भनाइ मुख्यमन्त्री आचार्यको छ। हरेक क्षेत्रमा पारदर्शिता, जवाफदेही अनि उत्तरदायित्व आवश्यक पर्छ। कर्मचारीले दिने सेवामा यी बिषय महत्त्वपूर्ण हुने भएकाले ध्यान दिन जरुरी छ उनले भने कर्मचारी प्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सेवा प्रव...
निजामती सेवा दिवसमा प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

निजामती सेवा दिवसमा प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिएका छन्। प्रधानमन्त्रीले एक शुभकामना सन्देश जारी गर्दै निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई हार्दिक वधाई तथा शुुभकामना दिन चाहन्छु भनेका छन्। उनले जारी गरेको बिज्ञप्तीमा नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको उल्लेख गरेका छन्। तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका भएका आन्दोलन उल्लेखनीय नै छन्। यस घडीमा म ती संघर्षहरुमा शहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु र पीडितहरुप्रति सहानुभूति प्रकट गर्दछु। कर्मचारीहरुले सहभागिता जनाएका र ...
सहकारीसम्बन्धी संसदीय विशेष समितिले माग्यो सरकारको धारणा

सहकारीसम्बन्धी संसदीय विशेष समितिले माग्यो सरकारको धारणा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
शुक्रबार बसेको समितिको बैठकले सहकारी मन्त्रालय र सम्बद्ध निकायका जिम्मेवारहरूसँग प्रतिवेदनकेन्द्रित अन्तिम सुझाव अविलम्ब लिखित रूपमा उपलब्ध गराउन निर्देशन गरेको समितिका सभापति सुर्य थापाले जानकारी दिए । उनका अनुसार समितिले शुक्रबारको बैठकमा सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको छानविन गरिरहेको विषयमा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सम्बद्ध निकायहरूहरूसँग प्रतिवेदनमा समेट्ने विषयवस्तु केन्द्रित छलफल गरेको हो । छलफलमा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उक्त मन्त्रालयका सचिव अर्जुन पोखरेल, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण गौतम लगायत सहभागी थिए । समितिले सहकारीमन्त्री अधिकारीलाई सहकारीपीडितहरूको भावनामा चोट पुग्ने गरी भड्किलो अभिव्यक्ति नदिन सचेत समेत गराएको छ&n...
बुटवल रूपन्देहीको तीज विशेष

बुटवल रूपन्देहीको तीज विशेष

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, स्थानीय
बुटवल सुनौलो बिहानी फुर्तिलो समूह बुटवलको तीज विशेष हरितालिका तीजको अवसरमा सुनौलो बिहानी फुर्तिलो समूह बुटवलले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले बुटवल वाड न .७ सिद्धेश्वरी प्राङ्गणमा "योग गरौं स्वस्थ बनाैं"भन्ने नाराका साथ दैनिक रुपमा योग व्यायाम कार्यक्रम गर्दै आएको छ। उक्त संस्थाले तीजको अवसरमा मौलिक ,सांस्कृतिक, मनोरञ्जन र नाचगानबाट शरीर फुर्तिलो स्वस्थ बनाउने उद्देश्यका साथ हरितालिका तीजको दिन कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बोल्दै बुटवल उप-महानगरका नगरप्रमुख खेलराज पाण्डेले हिजोका दिन बुटवलमा पानीका लागि इनारबाट पानी निकालेर खाएको स्मरण गर्दै युग र जनताको मागअनुसार विकास भइरहेकोले ती र साेहि प्रकारका दु:खका कुराहरु गर्नु नपर्ने अवस्थामा पुगेको बताए। तीजको शुभकामना दिँदै उनले आफू जस्ता जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा पूरा गरेमा मात...
जलवायु परिवर्तनको मुद्दाको नेतृत्व वामपन्थीहरूले गर्नुपर्छ: प्रदीप ज्ञवाली

जलवायु परिवर्तनको मुद्दाको नेतृत्व वामपन्थीहरूले गर्नुपर्छ: प्रदीप ज्ञवाली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई  वामपन्थीहरूले गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक विचार गोष्ठीमा बोल्दै उनले त्यस्तो बताएका हुन्। उनले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगिएको भन्दै ती मुद्दाहरू उठाउने कामको अगुवाइ वामपन्थीहरूले गर्नुपर्ने बताए।उनले जलवायु संकटका एकमात्र कारक दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्था नै रहेको बताए।  ‘केही नयाँ मुद्दाहरू आएका छन्। जुन मुद्दाको अगुवाइ वामपन्थीहरूले, समाजवादीहरूले लिनुपर्छ। जलवायु परिवर्तनबाट हामी जलवायु संकटको तहमा पुगेका छौं। त्यसले ढोका ढक्ढक्याउन थालिसकेको छ। त्यो मुद्दाहरूको अगुवाइ हामी वामपन्थीहरूले गर्नुपर्छ। किनभने जलवायु संकटको एकमात्र कारक भनेका दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्था हो...