निजामती सेवा दिवसमा प्रधानमन्त्रीले दिए शुभकामना सन्देश


प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिएका छन्। प्रधानमन्त्रीले एक शुभकामना सन्देश जारी गर्दै निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई हार्दिक वधाई तथा शुुभकामना दिन चाहन्छु भनेका छन्।

उनले जारी गरेको बिज्ञप्तीमा नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको उल्लेख गरेका छन्। तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका भएका आन्दोलन उल्लेखनीय नै छन्। यस घडीमा म ती संघर्षहरुमा शहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु र पीडितहरुप्रति सहानुभूति प्रकट गर्दछु। कर्मचारीहरुले सहभागिता जनाएका र योगदान पु¥याएका आन्दोलनहरु सफल भएका पनि छन् र कर्मचारीहरुका मागहरु प्नि क्रमशः पूरा हुँदै गएका छन्। प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। 

निजामती सेवा दिवसका लागि प्रधानमन्त्रीको शुभकामना पुर्ण पाठ 

निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई हार्दिक वधाई तथा शुुभकामना दिन चाहन्छु।

नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य छ। तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका भएका आन्दोलन उल्लेखनीय नै छन्। यस घडीमा म ती संघर्षहरुमा शहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु र पीडितहरुप्रति सहानुभूति प्रकट गर्दछु। कर्मचारीहरुले सहभागिता जनाएका र योगदान पु¥याएका आन्दोलनहरु सफल भएका पनि छन् र कर्मचारीहरुका मागहरु प्नि क्रमशः पूरा हुँदै गएका छन्।

आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ। अब हामी जो जहाँ छौं, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ। यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ। यसका लागि आफ्नो दक्षता अभिबृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरुरी छ। यस अवसरमा सम्पूर्ण निजामती कर्मचारीहरुमा उच्च नैतिक आचरण, इमान्दारीता र पेशागत निष्ठा मार्फत् जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने समेत शुभकामना व्यक्त गर्दछु।

नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको छ। लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक हुुँदै गएको छ। लोकतन्त्रका लाभहरुको वितरण आम नागरिकसम्म पु¥याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिबृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ। निजामती सेवाको यस्तो भूमिका मार्फत् नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिन्छ र त्यसैको माध्यमबाट हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु पर्ने छ।

राष्ट्रको यस आकाङ्क्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीहरुले आफ्नो क्षमता अभिबृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नु पर्ने आवश्यकता छ। निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम गुुनासाहरुलाई चिर्दै पेशागत मूल्यमान्यता, व्यावसायिकता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र व्यवहार मार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु पर्ने भएको छ। यो आजको आवश्यकता हो।

मुलुकमा उत्पन्न हुने प्राकृतिक प्रकोपहरु बाढी, पहिरो, आगलागीजस्ता विपद्जन्य घटनाहरुमा राष्ट्रसेवकहरुले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम पनि प्रशंसनीय छ। जनताले अनुुभूत हुनेगरी सेवा प्रवाहलाई सरल, सहज र समयानुकूल बनाउँदै अगाडि बढ्न पनि म यस अवसरमा सबै राष्ट्रसेवकहरुलाई आग्रह गर्न चाहन्छुु।

अन्त्यमा, व्यावसायिक र सिर्जनशील प्रशासन  विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ मनाउन लागिएको २१औं निजामती सेवा दिवसको अवसरमा समस्त राष्ट्रसेवक कर्मचारीहरुमा पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

छुटाउनुभयो कि ?

नेपालको द्वन्द्व र समाधान

नेपालको द्वन्द्व र समाधान

श्रीराम ज्ञवालीअहिले विश्व भूराजनीति नै द्वन्दग्रस्त छ। अधिकांश देशहरुले पुँजीवादको सिद्धान्त अवलम्बन गरेका छन् भने केही समाज...
बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन...
लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

बुटवललुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको स...
गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

बुटवलगर्भपतन गराउने क्रममा बुटवलमा पाल्पाकी एक महिलाको ज्यान गएपछि स्वास्थ्य क्षेत्रमा कति सम्म लापर्वाही हुन्छ भन्ने देखाएको...