हैदरावादी बिरयानीले भन्यो :सोझो र सिधा व्यवसायीलाई सिध्याउन खोजियो


बुटवल

बुटवल उपमहानगर वडा नम्बर ६ नेपालगञ्ज रोडमा २०७८ सालदेखि गुणस्तरीय र स्वादिष्ट बिरायनी लगायतका खानाका परिकारको सेवा दिँदै आएको हैदरावादी बिरायनी सेन्टरका सञ्चालक जनक खड्काले आफूले गुणस्तरहिन खाना बेचेर धेरै पैसा कमाउने चाहना नरहेको बताएका छन् ,उनले परदेशमा सिप सिकेर स्वदेशमा बुटवल लगायत अन्य ५ स्थानमा बिरायनी लगायतका परिकार खुवाउँदै आएको र ग्राहककाे मन जित्दै आएकाे वताउंछन्। सञ्चालक खड्काले सस्तो लोकप्रियताका लागि मिडियाबाजी गरेर सोझो र सिधा व्यवसायीलाई सिध्याउन खोजेको प्रेस विज्ञप्ति मार्फत जनाएका छन्।

बिरयानी सेन्टरले एक विज्ञप्ति सार्वजनिक गर्दै भदौ २० गते बुटवल उपमहानगरको एक टोलीले अनुगमन गरेको सत्य भएपनि समाचारमा आएका अन्य विषयमा सत्यता नभएको जनाएको हो ।

खासगरी बिरयानीमा कुहिएको मासु र छाला प्रयोग गरिएको भनेर कसैले पुष्टी नगरेको सरासर झुट कुरा दुस्प्रचार गरिएकोमा सेन्टरले दुख व्यक्त गरेको छ ।

सो दिन अरु कुनै होटेलमा अनुगमन नगरी आफ्नो होटेलमा मात्र अनुगमन गर्नु, अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रतिनिधि वा उपमहानगरको खाद्य निरीक्षकको अनिवार्य उपस्थिति हुनुपर्नेमा उनीहरुको उपस्थितिविनैै अनुगमन हुनु आफैमा नमिल्ने कुरा हो भन्ने लागेको बिरयानी सेन्टरले भनेको छ ।

‘अनुगमनपछि उपमहानगरको टोलीले बिरयानी बनाउंदा कुहिएको मासु र छाला प्रयोग भएको भनेर भनेकै थिएन ।  गर्दै नगरेको र कल्पना पनि गर्न नसकिने कुरा गरेको भन्ने कुरा पनि भएन बरु खाना बनाउने र भांडा माझ्ने ठाउं नजिक रहेकाले सरसफाईमा ध्यान दिनुपर्ने, फ्रिजमा राखिएको मासु फिनेल राखेर नष्ट गरेर तीन दिनभित्र उपमहानगरमा आउन र एक हप्ता भित्र किचनको अवस्था सुधार गरी सेवा सुचारु गर्न सुझाव दिएको थियो’–बिरयानी सेन्टरका सञ्चालक जनक खड्काले भने्–‘अनुगमन टोलीले दिएको सुझाव, होटेल सञ्चालकको भनाई जस्ता वास्तविक  तथ्यलाई  नजरअन्दाज गरी एकतर्फीरुपमा उपमहानगरको कर्मचारी समेत नरहेका व्यक्तिको हुंदै नभएका कुरा जोडेर उनका भनाईलाई मात्र अतिरन्जित गरी मिडियाबाजी गरिनुले आफूलाई सिध्याउन खोजिएको त हैन भन्ने आशंकाले  मानसिकरुपमा विक्षिप्त भएको छु ।’

 बिरयानी बनाउन ल्याइएको मासुबाट बिरयानीमा नराखिने मासुको छाला,टाउको लगायतका भाग अलग गरेर बाहिर राख्दा दुर्गन्ध हुन्छ भनेर फ्रिजमा राखिएको स्पष्ट पार्दै कुनै भ्रममा नपर्न सबैमा आग्रह गरेको छ ।  

धेरै ग्राहक आउने ठाउंमा सरसफाईका सवालमा कमी कमजोरी हुनसक्ने कुरामा आफू सचेत रहेको तर ग्राहकले गुणस्तरमा गुनासो नगरेको विज्ञप्तिमा उनले भनेका छन् ।

‘म रोल्पाको सामान्य परिवारको मान्छे हुं,ग्राहकलाई गुणस्तरहीन खाना बेचेर धेरै पैसा कमाउने मेरो उद्देश्य कहिल्यै थिएन र छैन । भारतमा रेष्टुरेन्टमा काम गर्दा मेरो लामो अनुभव यही क्षेत्रमा भएकाले भारतबाट फर्केर विगत ४ वर्षदेखि बुटवलमा ग्राहकलाई गुणस्तरीय, स्वस्थकर र स्वादिस्ट बिरयानी पस्केर उहांहरुको मन जितेको छु , आफ्नै घरका ५ जनाले काम गर्दै बांकी १० जनालाई रोजगारी दिएको छु, ग्राहकै माया र साथले नै म बुटवलमा टिकेको हुं ’– खड्काले भनेका छन्–‘तर मलाई ठूलै नाफाखोर व्यवसायी जस्तै गरी मिडियाबाजी भएको देख्दा अचम्म परेको छु । म माथि अन्याय भएको र एक्लो बनाइएको ठानेर निराश भएको छु ।’  

  बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले हैदरावादी बिरयानीमा भएको अनुगमनका विषयमा धेरैतिरबाट प्रश्न र जिज्ञासा आएकाले यसबारे आन्तरिकरुपमा पनि अध्ययन गरिने बताए ।  ‘होटेलको साहुजीलाई आज आइतबार अफिसमा बोलाएका छौं, त्यहां पनि बुझ्छौं,हामी कसैलाई अन्याय हुन हुंदैन भन्नेमा स्पष्ट छौं’–उनले भने ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले   अनुगमनका क्रममा उपमहानगरको टोलीले दिएको पत्र र मिडियामा भएको प्रचारबाजी ठिक उल्टो देखिएको भन्दै  कतै स्वार्थ बाझिएको छ भन्ने आशंका उत्पन्न भएको बताए ।

‘मिडियाको  कारणले कसैको परिवारको बिचल्ली नहोस् कोही  आफ्नो पेसा ब्यबसायबाट पलायन हुने अवस्था सृजना नहोस्’–अध्यक्ष पोखरेलले भने । होटेल तथा पार्टी प्यालेस व्यवसायी समुन्द्र जीसी अनुगमन समितिमा रहेर अनुगमनका क्रममा विषयविज्ञ प्राविधिक भन्दा बढी हावी भएको, मिडियाबाजी गरेको विषयमा स्वार्थ बाझिएको हुन सक्ने भन्दै चौतर्फी आलोचना हुने गरेको छ । उपभोक्ता अधिकारकर्मीहरुका अनुसार होटेल व्यवसायीले सोही व्यवसायको अनुगमनमा सहभागी हुनु  नैतिक हिसाबले अनुचित र गलत हो  । अनुगमन समितिमा व्यवसायी होइन, गैर व्यवसायी र निस्वार्थ व्यक्ति हुनुपर्ने आवाज चर्कोरुपम उठेको छ । यसतर्फ उपमहानगरको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ । 

छुटाउनुभयो कि ?

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन...
लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

बुटवललुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको स...
गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

बुटवलगर्भपतन गराउने क्रममा बुटवलमा पाल्पाकी एक महिलाको ज्यान गएपछि स्वास्थ्य क्षेत्रमा कति सम्म लापर्वाही हुन्छ भन्ने देखाएको...
नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हि...