लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा
बुटवललुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको बार्षिक कार्य प्रगतिमा संसाधनको बृद्धिले सडकमा हुने घटना, दुर्घटनाको अभिलेख राख्न र कामकारवाही अंगाडी वढाउन सहयोग पुगेको वताएको छ ।लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरूमा गत एक वर्षको अवधिमा भएका सवारी दुर्घटनामा परी ५ सय ८५ जनाले ज्यान गुमाएका छन्। नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण अनुसार प्रदेशभर कुल ४हजार ७ सय ९७ वटा सवारी दुर्घटना भएका छन्।
कार्यालयले आयोजना गरेको सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सवारी दुर्घटना, मृत्यु तथा घाइते हुनेहरूमा पुरुषको संख्या अत्यधिक रहेको छ भने दुर्घटनामा संलग्न सवारी साधनहरूमध्ये मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै देखिएको छ। रिपोर्ट अनुसार कुल दुर्घटनामध्ये ६८ दशमलव ७ प्रतिश...








