लुम्विनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्वोधन : ‘हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं
बुटवल
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सकिने बताएका छन्। उनले संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
आज लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको बताए।
'करिब ७/८ वर्षभित्र राजधानी कसरी निर्माण गर्न सकिन्छ। आफ्नै सभाहलमा कसरी सभा गर्न सकिन्छ। आफ्नै मुख्यमन्त्री कार्यलय, सभामुख निवास,सभामुखको कार्यालय, मन्त्रीहरूको कार्यालयदेखि यावत संरचना निर्माण गर्न कसरी सकिन्छ भन्ने दृष्टान्त दिएको छ।राजधानीमात्रै विकास गरेको छैन। कसैले विश्वास नगरेको ठाउँमा राजधानी स्थापना भएको छ,' उनले भने।
प्रधानमन्त्री ओलीले राजधानी बनाउनमात्रै प्रदेश सरकार केन्द्रीत नभएको पनि बताए।
'यसबीचमा यस...








