बुटवल देशकै आर्थिक केन्द्र हो: उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह


बुटवल

नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवल इतिहासदेखि वर्तमानसम्म र भोलिका दिनहरूमा पनि आर्थिक केन्द्रकै रुपमा रहने बताए।

बुटवल उपमहानगरको ६६ औँ स्थापना दिवसको मूल समारोहमा बोल्दै मन्त्री सिंहले बुटवल इतिहासदेखि नै व्यापारिक केन्द्र रहेको र अहिले पनि औद्योगिकग्राम ,पर्यटन ,देशको मध्यभागमा अवस्थित ,भारत नेपालको नाका नजिक रहेको जस्ता कारण आर्थिक केन्द्र रहेको बताए । उनले बुटवल लगायत यस क्षेत्रमा हुँदै गरेका सुरुङमार्ग, केवलकार ,औद्योगिक क्षेत्र ,अन्तर्राष्ट्रिय विमानस्थल ,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायतका आधारहरूले आगामी समयमा थप आर्थिककेन्द्र बन्ने देखेको बताए। मन्त्री सिंहले अहिले गाउँबाट नागरिकहरू शहरतिर रोजगार, शिक्षा, स्वास्थ्य लगायतका सुविधाका हिसाबले आउने क्रम रहेकाले शहरलाई दीर्घकालीन रुपमा हरेक हिसाबले व्यवस्थित गरी अगाडि बढ्न आवश्यक रहेको बताए। उनले अहिलेको सरकार स्थिरता, विकास समृद्धि र संविधान कार्यान्वयन र आवश्यक नीति नियम संशोधन गरी देश र नागरिकको जीवन स्तर उठाउन बनेको बताए ।

उनले सरकारले देश र जनताका लागि हितकर अध्यादेशका बारेमा केही विकास विराेधि र अग्रगमन नचाहने र आफू सरकारमा बस्न नपाएको रिसले भ्रमहरू पैदा गर्न खोजेको बताए । साथै उनले सरकारले सुशासन प्राथमिकतामा राखेको बताए।

लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले जनप्रतिनिधि , राजनीतिक दलहरू, आमनागरिक बीच समन्वय भएमा विकासले गति लिने बताए । उनले तीन तहका सरकारको आपसी सम्वन्वयबाट र सक्रियताबाट मात्र देश र नागरिकको उन्नति हुने भन्दै प्रदेश सरकारलाई आवश्यक अधिकार दिनुपर्ने बताए। श्रेष्ठले बुटवलको विकासका लागि स्थानीय साधन ,स्रोत ,जनशक्ति पहिचान र परिचालन गरी अगाडि बढेमा नगर समृद्ध बन्ने धारणा राखे । साथै उनले बुटवलमा हिजोका दिनदेखि नै सुकुम्बासी समस्या रहेकोले यसलाई यथाशक्य छिटो समाधान गर्न आवश्यक रहेको बताए।

विराटनगर महानगरका नगरप्रमुख नागेश कोइरालाले बुटवल उपमहानगर आर्थिक तथा सामाजिक हिसाबले समृद्ध रहेको आफूले अनुभवबाट पाएको बताए।

बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले मानव सभ्यताको सुरुवातदेखि अहिलेसम्म नगरलाई योगदान गर्ने सम्पूर्ण व्यक्तिहरूको कदर गर्दै यसमा इटा थप्ने काम गर्न आफू लागि परेको बताए। उनले बुटवललाई आर्थिक र सामाजिक हिसाबले समुन्नत बुटवल बनाउन आफूले कामहरू गरिरहेको बताए।

कार्यक्रममा बोल्दै तिनाउ गाउँपालिका पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठ, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे ,पूर्व नगर प्रमुख शिवराज सुवेदी ,नगर उपप्रमुख सावित्रा अर्याल ,पूर्व जनप्रतिनिधिको तर्फबाट रामेश्वर श्रेष्ठ,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल , पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले बुटवलमा विकासका प्रशस्त सम्भावना रहेकोले जनप्रतिनिधि, राजनीतिकदल ,नागरिक, सराेकारवाला सबैको सहकार्यबाट थप समृद्धि हासिल हुने धारणा राखेका थिए।

नगरसभामा नगरलाई योगदान पुर्‍याएका राजनीतिक दल ,पत्रकार ,समाजसेवी ,कला संस्कृति लगायतका व्यक्ति, संघ ,संस्थालाई सम्मान तथा पुरस्कृत गरिएको कार्यक्रम पत्रकारहरु सुमन श्रेष्ठ र सञ्जु पाैडेलकाे कलात्मक शैलिले थप मनमेाहक वनेकाे थियो ।

छुटाउनुभयो कि ?

सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट

सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट

रुपन्देही भारतमा किनमेल गर्न जानेहरु अहिले आक्रोशित भएका छन् । बालेन सरकारले स्थानिय उपभोक्ता लक्षित नियम ल्याएको भन्दै स्...
बुटवलमा एकैदिन ४८ ईरिक्सा ,प्रहरीको कारबाहिमा

बुटवलमा एकैदिन ४८ ईरिक्सा ,प्रहरीको कारबाहिमा

बुटवलबुटवलमा शुक्रबार एकै दिन ४८ जना ईरिक्सा चालक कारबाहीमा परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले सवारी दुर्घटना न्यूनिकर...
विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

काठमाडौंसरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विकास आयोजनामा थ्रेस होल्डको व्यवस्था गर्ने भएको छ । अर्थ मन्त्रालयले...
टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

काठमाडौँनेपाल क्रिकेट संघ (क्यान) ले टी-२० र एकदिवसीय खेलका लागि अलग अलग कप्तान बनाएको छ । दिपेन्द्र सिंह ऐरीलाई टी-२० को कप्...