अर्थमन्त्री र मेयर घाइते घटना छानवीन गर्न गृहले बनायो विज्ञसहित ८ सदस्यीय समिति


बुटवल

पोखरामा प्रज्ज्वलनशील बेलुन बिस्फोट भई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ।

गृहमन्त्रीस्तरीय रमेश लेखकले आइतबार आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको हो।

जसमा चार वटै सुरक्षा निकायका जिल्ला प्रमुख, विष्फोटक पदार्थ सम्बन्धि विज्ञ सम्मिलित छन्। त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई सदस्य सचिवसमेत तोकिएको छ।

घटना कसरी भयो भनेर स्थलगत छानबिन, दोहोरिन नदिन के–कस्तो उपाय अपानाउनुपर्ने विषयमा विस्तृत छानबिन गरी सुझाव पेश गर्न गृहमन्त्री लेखकले समिति सदस्यहरूलाई निर्देशन दिएका छन्। उक्त समितिले आजैदेखि काम समेत थालिसकेको छ। प्रतिवेदन १५ दिनभित्र पेस गर्न भनिएको छ।

शनिबार पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य पुगेका थिए। उद्घाटन गर्नेक्रममा नजिकै रहेको प्रज्ज्वलनशील रसायन भरिएको बेलुनमा स्पार्किङ लाइटले छोएपछि विस्फोट भएको थियो।

आगलागीबाट पौडेल र आचार्य घाइते छन्। उनीहरूलाई शनिबार नै हेलिकप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइएको थियो। हाल दुबै जनाको उपचार भइरहेको छ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...