अर्थमन्त्री र मेयर घाइते घटना छानवीन गर्न गृहले बनायो विज्ञसहित ८ सदस्यीय समिति


बुटवल

पोखरामा प्रज्ज्वलनशील बेलुन बिस्फोट भई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ।

गृहमन्त्रीस्तरीय रमेश लेखकले आइतबार आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको हो।

जसमा चार वटै सुरक्षा निकायका जिल्ला प्रमुख, विष्फोटक पदार्थ सम्बन्धि विज्ञ सम्मिलित छन्। त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई सदस्य सचिवसमेत तोकिएको छ।

घटना कसरी भयो भनेर स्थलगत छानबिन, दोहोरिन नदिन के–कस्तो उपाय अपानाउनुपर्ने विषयमा विस्तृत छानबिन गरी सुझाव पेश गर्न गृहमन्त्री लेखकले समिति सदस्यहरूलाई निर्देशन दिएका छन्। उक्त समितिले आजैदेखि काम समेत थालिसकेको छ। प्रतिवेदन १५ दिनभित्र पेस गर्न भनिएको छ।

शनिबार पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य पुगेका थिए। उद्घाटन गर्नेक्रममा नजिकै रहेको प्रज्ज्वलनशील रसायन भरिएको बेलुनमा स्पार्किङ लाइटले छोएपछि विस्फोट भएको थियो।

आगलागीबाट पौडेल र आचार्य घाइते छन्। उनीहरूलाई शनिबार नै हेलिकप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइएको थियो। हाल दुबै जनाको उपचार भइरहेको छ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...