प्रतिनिधिसभामा जलन उपचारका लागि अस्पताल स्थापनाको माग


????? ???? ??? ???? ?????????? ????? ?????? ??????? ?????? ?????? ?????? ???????? ? ??????? ???? ?????/????

काठमाडौं

सांसदहरुले पछिल्ला समय जलनका घटना वृद्धि भइरहेकाले सुविधासम्पन्न जलन अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्र भण्डारीले जलनको उपचारमा विशेष प्रबन्ध गर्न सरकारसँग आग्रह गरे ।

सांसद भण्डारीले आफू २ वर्षअघि फागुन ३ गते नै जलनमा परेको र त्यसको भोलिपल्ट सरकारले नेपालमा जलन अस्पताल बनाउने भनी गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गरे । उनले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य जलनमा परेकोमा दुःख व्यक्त गर्दै उनीहरुको स्वास्थ्यलाभको कामना गरे ।

सांसद विन्दाबासिनी कंसाकारले तत्काल जलन विधेयक पारित गरेर जलन उपचार केन्द्र स्थापना गर्न माग गरे । “नेपालमा व्यवसायजन्य सुरक्षालाई ध्यान दिइँदैन, जसका कारण उच्चपदस्थ व्यक्तिसमेत दुर्घटनाको सिकार भइरहेका छन्, सुरक्षा नारामै मात्र सीमित हुनु भएन”, उनले भने, “जलन जसलाई जहाँ पनि हुनसक्छ, सदनमा मैले दर्ता गराएको जलनसम्बन्धी गैरसकारी विधेयक पारित गरौँ, उपचार केन्द्र स्थापना गरौँ ।”

सांसद शोभा ज्ञवालीले बर्दियाको मधुवन नगरपालिकामा पछिल्लो एक महिनामा चितुवाको आक्रमणबाट दुई जनाको ज्यान गएको जनाउँदै मृतकका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकरको ध्यानाकर्षण गराइन् । “जङ्गली जनावरको आक्रमणबाट सयौँले ज्यान गुमाएका छन्, सयौँ घाइते छन्, हजारौँ भेडाबाख्रासहित पुशचौपाया र खेतीबाली नष्ट भएको छ”, उनले भनिन्, “वन्यजन्तु–मानव द्वन्द्व व्यवस्थापनमा उचित ध्यान दिनुपर्छ, तत्काल सो क्षेत्रमा तारजाली र पर्खाल लगाउन सरकारको ध्यानाकर्षण गराउँछु ।”

सांसद अब्दुल खाँनले पछिल्लो समय जङ्गली जनावरले घरखेतमै आएर मानिसलाई आक्रमण गर्ने गरेको जनाउँदै जङ्गली जनावरको आक्रमणबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकरको ध्यानाकर्षण गराए । “काँडेतार र पर्खाल लगाएर हुन्छ वा बस्ती नै सारेर हुन्छ, बर्दियाका नागरिकको जीउधनको रक्षा गर्नुपर्छ”, उनले भने ।

सांसद अच्युत मैनालीले सुधारगृह यातनागृहका रुपमा परिणत भइरहेको हुँदा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद धवलशम्शेर जबराले नेपालमा धर्म परिर्वतनका लागि अमेरिकाबाट ठूलो रकम खर्च भएको भन्ने सुनिएको जनाउँदै त्यसबारेमा छानबिन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद चित्रबहादुर केसीले अमेरिकामा लुकीछिपी बसेका नेपाली नागरिकको मानवअधिकार रक्षामा नेपाल सरकारले तत्काल उचित संवाद गर्नुपर्नेमा जोड दिए । “अमेरिकामा गैरकानुनी तबरबाट लुकीछिपी बसेका छन्भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछु”, उनले भने ।

छुटाउनुभयो कि ?

सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट

सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट

रुपन्देही भारतमा किनमेल गर्न जानेहरु अहिले आक्रोशित भएका छन् । बालेन सरकारले स्थानिय उपभोक्ता लक्षित नियम ल्याएको भन्दै स्...
बुटवलमा एकैदिन ४८ ईरिक्सा ,प्रहरीको कारबाहिमा

बुटवलमा एकैदिन ४८ ईरिक्सा ,प्रहरीको कारबाहिमा

बुटवलबुटवलमा शुक्रबार एकै दिन ४८ जना ईरिक्सा चालक कारबाहीमा परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले सवारी दुर्घटना न्यूनिकर...
विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

काठमाडौंसरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विकास आयोजनामा थ्रेस होल्डको व्यवस्था गर्ने भएको छ । अर्थ मन्त्रालयले...
टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

काठमाडौँनेपाल क्रिकेट संघ (क्यान) ले टी-२० र एकदिवसीय खेलका लागि अलग अलग कप्तान बनाएको छ । दिपेन्द्र सिंह ऐरीलाई टी-२० को कप्...